Techie IT
  • २०८१ वैशाख २२, शनिबार

हेटौँडामा दुई चिकित्सकमाथि कुटपिट


काठमाण्डौं, २८ भदौ । उपचारमा लापरबाही गरेको भन्दै हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत दुई जना डाक्टरमाथि कुटपिट भएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि हिजो बिहान कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुमाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

झण्डै एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गी भएका हेटौँडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तले डाक्टरमाथि कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

अस्पतालका अनुसार डेङ्गी पुष्टि भएका प्रधानलाई आराम गर्ने भनेर घर लगिएको थियो । तर, केही दिनपछि उनको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको थियो । प्रहरीका अनुसार उनको उपचारका क्रममा ज्यान गएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट