चिनियाँ कम्पनी एक्सपेङले अमेरिकीमा डेढ अर्ब डलरको सार्वजनिक शेयर खुला गर्ने
काठमाडौ । चीनको विद्युतीय वाहन बनाउने कम्पनी एक्सपेङएक्सपेभडटएनले अमेरिकामा आफ्नो सार्वजनिक शेयर (आइपिओ) डेढ अर्ब अमेरिकी डलर बराबरको खुला गर्ने भएको छ ।
रोयर्टसले यो मामिलासम्बन्धी दुई स्रोतको हवाला दिँदै यो समाचार छापेको हो । स्रोतका अनुसार यो कम्पनीले १.४९ अर्ब बराबरको आइपिओ आकार बढाउन लागेको हो ।
कम्पनीले एक शेयरको मूल्य १५ डलर राख्ने भएको छ ।शुक्रबार सम्झौता सम्पन्न भए यो शेयर शुरूवातमा ११ देखि१३ डलरको बीचमा बिक्री गरिने बुझिएको छ ।
एक्सपेङ कम्पनीलाई चिनियाँ इकमर्सको ठूलो कम्पनी अलिबाबालाई सहयोग गर्ने कम्पनीहरू मध्ये एक मानिन्छ ।
शुरूमा एक्सपेङले १.११ अर्ब अमेरिकी डलर बराबरको आइपिओ खुला गर्ने योजना बनाएको थियो ।
यसले ८ करोड ५० करोड मानिसमा यो शेयर बेच्ने योजना बनाएको थियो । तर मागको अवस्थालाई हेरेर विस्तार गर्ने योजना बनायो । यसबारे एक्सपेङले केही खुलाएको छैन ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking