Techie IT
  • २०८१ वैशाख २२, शनिबार

गाजामा इजरायलले गरिरहेको हमलाको विरोधमा अमेरिकाका विभिन्न विश्वविद्यालयमा प्रदर्शन


गाजामा इजरायलले गरिरहेको हमलाको विरोधमा अमेरिकाका विभिन्न विश्वविद्यालयमा प्रदर्शन भएका छन् । गए राति भएका विशाल प्रदर्शनका क्रममा प्रहरीले सयौँ जनालाई पक्राउ गरेको बीबीसीले जनाएको छ । येल र कोलम्बिया विश्वविद्यालयमा भएका प्रदर्शनका कारण पढाइ नै ठप्प भएको खबरमा उल्लेख छ ।

बार्कली, एमआईटी र देशका अन्य ठूला विश्वविद्यालय र क्याम्पसहरूमा विद्यार्थीले प्रदर्शन गरिरहेका छन् । इजरायलले गाजामा युद्ध लडेको नभई नरसंहार गरिरहेकाले अमेरिकाले इजरायललाई साथ दिन नहुने विद्यार्थीको माग छ । केही विद्यार्थी भने इजरायलको पक्षमा छन् । 

गएको हप्ता पनि न्युयोर्क प्रहरीले कोलम्बिया विश्वविद्यालय परिसरबाट एक सय जनाभन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको थियो । न्युयोर्क विश्वविद्यालको छेउमा विद्यार्थीले पाल टाँगेरै प्रदर्शन गरेका छन् । उनीहरूले अमेरिकाले इजरायलाई मान्छे मार्ने लाइसेन्स र हतियार दिएको भन्दै चर्को विरोध गरेका छन् ।

विश्वविद्यालयहरूमा भइरहेको विरोध प्रदर्शनका बारेमा सोध्दा राष्ट्रपति जो बाइडेनले यहुदीविरुद्ध आन्दोलन गर्ने र प्यालेस्टाइनमा के भइरहेको छ भन्ने कुरा नबुझ्नेहरू दुवैको निन्दा गर्ने बताउनुभएको छ । यहुदी समर्थक र विरोधी दुवैको विरोध बढ्दै जाँदा विभिन्न विश्वविद्यालयमा हिंसाको डर बढेको छ । प्यालेस्टाइन समर्थक प्रदर्शनकारीले  केही दिनअघि अमेरिकाभरका प्रमुख सडकहरू अवरुद्ध गरेका थिए ।

गएको अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो भने दुई सय ५३ जनालाई बन्धक बनाएको थियो । त्यसको जवाफमा इजरायलले गाजामा गरिरहेको आक्रमणमा ३४ हजार जनाभन्दा धेरै मारिएका छन् । मारिनेमा धेरैजसो बालबालिका र महिला रहेका छन् ।

 


 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट