नेपाल र एडीबीबीच २ सय मिलियन डलर सहुलियत ऋण तथा अनुदान सम्झौता

काठमाण्डौ । नेपाल र एसियाली विकास बैंक (एडीबी) बीच दुई सय मिलियन डलर बराबरको सहुलियत ऋण र अनुदानमा सम्झौता भएको छ । नेपालले एडीबीबाट एक सय ९० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋणको लागि सम्झौता भएको हो ।
सम्झौता अनुसार एक सय ५० मिलियन डलर नेपालका विमानस्थलको क्षमता विस्तारमा खर्च हुनेछ । जसमा त्रिभुवन विमानस्थलको ट्याक्सी वे, ह्यांगर र एप्रोनको विस्तार हुनेछ ।
यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणमा पनि यो रकम खर्च गरिनेछ ।
यस्तै एडीबीले दिने ४० मिलियन डलरको सहुलियतपूर्ण ऋणबाट बाढी रोकथाम तथा प्रभावित क्षेत्रका बासिन्दाको आर्थिक आयआर्जनका कार्यक्रम सञ्चालन हुनेछन् । यसै कामको लागि एडीबीले नेपाललाई १० मिलियन डलर अनुदान पनि दिने सम्झौता भएको छ ।
सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एडीबीका नेपाल मिसन प्रमुख रुदी लुइस हेन्ड्रुक्स भान्देलले हस्ताक्षर गरेका छन्।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया