Techie IT
  • २६ असोज २०८१, शनिबार
Jhilko

संसद बोलाउन नेकपाका वहुमत सांसदको माग


नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षले बानेश्वरमा गरेको सांसदहरुको भेलाले संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ ।

भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई अस्वीकार गरेको घोषणा गर्दै संसद्को नियमित अधिवेशन बोलाउन माग गरेको हो । भेलामा विघटित प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसद्हरु उपस्थित थिए ।

भेलामा उपस्थितिका लागि भनेर गरिएको हस्ताक्षर संकलनमा विघटित प्रतिनिधिसभाका ९० र राष्ट्रिय सभाका २४ सांसदले हस्ताक्षर गरेका छन् । बुधबारलाई फेरि संसदीय दलको बैठक बोलाउने निर्णय पनि भेलाले गरेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट