Techie IT
  • २०८१ वैशाख १४, शुक्रबार

भारतको एचडीएफसी बैंक बन्यो विश्वकै सातौँ ठूलो बैंक


काठमाडौं। भारतको सबैभन्दा ठूलो निजी बैंक एचडीएफसी बैंकले एचडीएफसी लिमिटेडसँग मर्जर भएपछि इतिहास रचेको छ।

एचडीएफसी बैंकले सोमबार १०० अर्ब डलरको बजार पुँजीकरण भएको कम्पनीहरुको क्लबमा सामेल भएर विश्वकै सातौँ ठूलो बैंक बनेको छ। सोमबार बैंकको बजार पुँजीकरण १५० अर्ब डलर नाघेको छ। यो बैंकभन्दा अगाडि मोर्गन स्टेनली, गोल्डम्यान साक्स र बैंक अफ चाइना छन्।

हाल जेपी मोर्गन ४३८ अर्ब डलरको बजार पुँजीकरणका साथ विश्वकै सबैभन्दा ठूलो बैंक रहेको छ। त्यसपछि दोस्रो र तेस्रो स्थानमा बैंक अफ अमेरिका (२३२ अर्ब डलर) र चीनको आईसीबीसी (२२४ अर्ब डलर) रहेका छन्।

एचडीएफसी बैंक र यसको मूल कम्पनी एचडीएफसी लिमिटेडको मर्जर जुलाई १ मा सम्पन्न भएको थियो।

एचडीएफसी बैंकले सोमबार आएको जुन त्रैमासिक नतिजामा वार्षिक आधारमा ३० प्रतिशतको वृद्धिका साथ ११ हजार ९५१।७० करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा नाफाको ९ हजार १९६ करोड रुपैयाँ थियो। –एजेन्सी

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट