Techie IT
  • २०८१ वैशाख १६, आइतबार

सिर्जनशील बस्ती टोल सुधार समितिले ५५ घरमा जोड्यो आगो निभाउने यन्त्र


काठमाडौं महानगरपालिका वडा नम्बर १६, बनस्थली स्थित सिर्जनशील बस्ती टोल सुधार समितिले सेफ्टी एण्ड सेक्यूरिटी सम्बन्धि एकदिने कार्यशाला गोष्ठीसहितको तालिम सम्पन्न गरेको छ । हिमालयन सेफ्टी एण्ड सेक्यूरिटी कम्पनीको सहकार्यमा सम्पन्न उक्त तालिमबाट टोलभित्रका ५५ घरमा बसोबास गर्ने नागरिकलाई तालिम प्रदान गरिएको हो ।

​जसअन्तर्गत भान्सा सुरक्षा, घर सुरक्षा, ग्याँस सिलिण्डरको जोखिम र सुरक्षा, एस्टिङगिजरको प्रयोग र आगलागीका बेला जीवनरक्षा सम्बन्धि विषयमा तालिम दिइएको टोल सुधार समितिका अध्यक्ष राजेन्द्रप्रसाद लामिछानेले जानकारी दिए । ‘पछिल्लो समय हाम्रा घर भित्र र बाहिर विभिन्न कारणले गर्दा हुने असुरक्षालाई ध्यानमा राखी टोलबासीलाई तालिम प्रदान गरेका हौँ,’ उनले भने, ‘यसबाट टोलमा अकस्मात हुने दुर्घटनाबाट कसरी बच्ने उपायका बारेमा विज्ञमार्फत टोलबासीलाई सुसूचित गराएका हौं।’

​तालिम पश्चात टोलभित्र रहेका ५५ वटै घरमा आगो निभाउन प्रयोग गरिने यन्त्र फायर एस्टिङगिजर समेत जडान गरिएको उनले बताए । ‘एउटा टोल सुधार समितिले गरेको यो काम सम्भवतः नेपालमै पहिलोपटक हुनसक्छ,’ उनले भने, ‘आगामी दिनमा अन्य सुरक्षा कवचका लागि पनि हामीले प्रयास गरिरहेका छौँ ।’

​तालिम समापन कार्यक्रमका प्रमुख अतिथि एवम् काठमाडौं महानगरपालिका वडा नम्बर १६ का कार्यबाहक वडाध्यक्ष पुष्प महर्जनले टोल सुधार समितिले गरेको कामलाई प्रशंसा गरे । साथै, वडाले पनि टोल सुरक्षामा विशेष ध्यान दिइरहेको र आगामी दिनमा टोल सुधार समितिहरुसँग सहकार्य गरी अझै नवीन कार्यहरु गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । समितिले गरेको बाटो ढलान, खाने पानीको लाइन व्यवस्थापन, ढल व्यवस्थापनको कार्य, सढक बत्ती जडानका कार्यहरु काठमाडौं महानगर पालिकाकै उदाहरणीय कार्य भएको वडा सदस्य हर्कबहादुर खाँतीको भनाइ छ । टोल विकास समितिले गरेका कार्यहरु सबैका लागि अनुकरणीय देखिन्छ । टोलमा कतै पनि असुरक्षा, फोहोर देखिदैन । साँझको समय त सढक बत्तीका कारण टोल झनै सुन्दर देखिन्छ । टोलको बसाई राम्रो रहेको डा रामचन्द्र पाण्डे र पूर्व सिडियो हरिकृष्ण पौडेलको भनाइ छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट