Techie IT
  • २०८१ वैशाख २०, बिहीबार

बलिउड अभिनेता जुनियर महमूदको निधन


काठमाण्डौ । बलिउड अभिनेता जुनियर महमूदको निधन भएको छ । चौथो चरणको पेटको क्यान्सरबाट पीडित महमूदको उपचारका क्रममा ६७ वर्षको उमेरमा गएराति निधन भएको हो । उनी मुम्बईको परेलस्थित टाटा मेमोरियल अस्पतालमा उपचाररत् थिए ।

महमूदका छोरा हसनेनले बुवाको निधनबारे पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अभिनेता महमूदले हाथी मेरे साथी, मेरा नाम जोकर, हरे राम, हरे कृष्णलगायतका चर्चित फिल्ममा अभिनय गरेका थिए । उनले अभिनय गरेको हरे राम, हरे कृष्ण फिल्म नेपालमा पनि छायाँकन भएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट