Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

आलु र प्याजमा मूल्य अभिवृद्धि कर लगाउनु अव्यावहारिक


काठमाण्डौं, २९ जेठ । नेपाल कृषिउपज आलु प्याज आयत निर्यात तथा थोक बिक्रेता सङ्घले आर्थिक ऐन २०८० अन्तर्गत आलु तथा प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउनु अव्यावहारिक भएको बताएको छ । सोमवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी सङ्घले भान्सामा दिनहुँ प्रयोग हुने अत्यावश्यक वस्तुहरू आलु तथा प्याजको कारोबारमा भ्याट लगाउनु उपयुक्त नभएको बताएको हो । पत्रकार सम्मेलनमा सङ्घका महासचिव प्रकाश गजुरेलले सरकारले जेठ १५ गते प्रस्तुत गरेको आउँदो आर्थिक वर्ष २०८०/८१ बजेट वक्तव्यको एक बुँदा र सँगै प्रस्तुत भएको आर्थिक ऐन २०८० ले व्यवसाय तथा उपभोक्तालाई समेत प्रतिकूल असर पर्ने बताए । उनले देशमा महँगी बढिरहेको बेला आलु, प्याजजस्ता अत्यावश्यक कृषिजन्य सामग्रीमा भ्याट लगाउनु भनेको सामान्य व्यक्तिलाई जीवन निर्वाह गर्न अझै कठिन बनाउनु भएको जिकिर गरे । महासचिव गजुरेलले अहिले आलु, प्याजमा नौ प्रतिशत कृषि सेवा शुल्क र अग्रिम आयकर पाँच प्रतिशत गरी १४ प्रतिशत कर तिर्दै आएको पनि बताए । उनले यस्तो अवस्थामा थप १३ प्रतिशत कर बुझाउनु भनेको प्रत्यक्ष वा अप्रत्यक्षरूपमा दैनिक भान्सामा लाग्ने खर्च बढाउनु रहेको जिकिर गरे । यस्तो नीतिले व्यवसाय सङ्कुचित हुने र १३ प्रतिशत भ्याट लगाउँदा आलु, प्याज एक तिहाइले महँगिने उनको भनाइ छ । सङ्घले आलु तथा प्याजको कारोबारमा भ्याट आकर्षित गर्नु अनुचित, अव्यावहारिक, अनावश्यक, अन्यायपूर्ण र महँगीलाई मलजल गर्ने काम भएको भन्दै आर्थिक ऐन २०८० बमोजिम आलु तथा प्याजमा भ्याट आकर्षित गर्ने उपभोक्ता हित विरोधी काम नगर्न सरकारसँग आग्रह गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट