Techie IT
  • २०८१ वैशाख ६, बिहीबार

खोलिएला वामपन्थी एकताको ढोका ?


फणीन्द्र फुयाल ज्वाला

वामपन्थी भनेका देशका क्रान्तिकारी शक्तिहरु हुन् । क्रन्तिकारीहरु पुरानो र सानो उपलब्धिमा रमाएर बस्दैनन् । उनीहरु नयाँ नयाँ बैज्ञानिक खोज, अनुसन्धान, प्रयोग र परिणाममुखि कार्यमा आफ्नो समय, शक्ति, र सिप लगाउँछन् । सोही अनुरुप भर्खरै भएको एमाले–माओवादीको सहकार्यले पनि वामपन्थी एकताको दैलो आधा खुला गरेको छ । यदि सरकारको यो एकता बाह्य शक्तिले गराइदिएको भए यसमा गर्व गर्नुपर्ने कुनै नौलो कुरा छैन, तर आफ्नै चेतना, बिवेक र सत्बुद्धिले पच्रण्ड–ओली बीच सहकार्य गरिएको हो भने यो एकता टिकाऊ हुनेमा विश्वास लिनुपर्छ । यसलाई थप मलजल गर्न अन्य वामपन्थि शक्तिहरुले पनि होस्टेमा हैँसे थप्नुपर्छ ।

भर्खरै नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमालें सँगको गठबन्धनमा आउनु वामपन्थीहरुको एकताका लागि आधा दैलो खुलेको घटनाका रुपमा लिन सकिन्छ । सत्ता स्वार्थको दृष्टिकोणलाई अलि पर राखेर हेर्ने हो भने यो अत्यन्तै सकारात्मक र स्वागतयोग्य कार्य हो । 

तत्कालीन नेकपा विभाजन भएयता जसरी नेपालको राजनीतिमा एकाएक नयाँ परिवर्तन आएको छ, यो सकारात्मक पक्ष हो । जनताले चाहेको एकता, सुशासन, पारदर्शीता र विकास हो । वामपन्थी सहकार्य र एकता त झन सबै परिवर्तनकामी जनताको आकांक्षा नै हो । चार दल चारतिर फर्किएर सुखि नेपाली र समृद्ध नेपाल बन्दैन । आखिर देशको सम्पूर्ण नीति नै राजनीतिमा निर्धारित भएपछि जनताले पनि दलहरु मिलेकै देख्न चाहेका छन् । दलहरुबीचको दुरी जति बढ्दै जान्छ, विकास, सुशासन, सुख पनि जनताको घर–आँगनबाट टाढिदै जान्छ ।

वामपन्थी भनेका देशका क्रान्तिकारी शक्तिहरु हुन् । क्रन्तिकारीहरु पुरानो र सानो उपलब्धिमा रमाएर बस्दैनन् । उनीहरु नयाँ नयाँ बैज्ञानिक खोज, अनुसन्धान, प्रयोग र परिणाममुखि कार्यमा आफ्नो समय, शक्ति, र सिप लगाउँछन् । सोही अनुरुप भर्खरै भएको एमाले–माओवादीको सहकार्यले पनि वामपन्थी एकताको दैलो आधा खुला गरेको छ । यदि सरकारको यो एकता बाह्य शक्तिले गराइदिएको भए यसमा गर्व गर्नुपर्ने कुनै नौलो कुरा छैन, तर आफ्नै चेतना, बिवेक र सत्बुद्धिले पच्रण्ड–ओली बीच सहकार्य गरिएको हो भने यो एकता टिकाऊ हुनेमा विश्वास लिनुपर्छ । यसलाई थप मलजल गर्न अन्य वामपन्थि शक्तिहरुले पनि होस्टेमा हैँसे थप्नुपर्छ ।

विगतमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच चरम उतारचढावपूर्ण सम्बन्धबीच बिग्रेको सहकार्य पुनः अघि बढेको छ । अहिले बनेको गठबन्धन वाम तथा देशभक्त प्रगतिशीलहरुको हो । पोहोर चुनावको म्यान्डेटअनुसार माओवादी सरकार बनाउने तयारीमा थियो । अन्तिम समयमा कांग्रेसले एमालेसँग सहकार्य गर्ने निष्कर्षमा पुगेपछि त्यसबेला बाध्यतात्मक अवस्थामा एमाले–माओवादीबीच वाम सहकार्य भयो । तर त्यो पछि टिकेन ।

अहिलेको वाम सहकार्य भने देखावटी मात्र हुनुहुँदैन । यो सहकार्यले राजनीतिक स्थिरतासँगै सुशासन, सेवा प्रवाह र आर्थिक विकासको प्रत्याभूति दिलाउन सक्नुपर्छ । यो सहकार्य फेरि पनि सत्तास्वार्थकै सिलसिलामा सिमिति हुनुहुँदैन । कांग्रेस–माओवादी सत्ता गठबन्धन तोडिनुमा कांग्रेसका केही नेताको व्यक्तिगत हठले पनि काम गरेको कांग्रेसकै नेताहरुले बताइरहेका छन् ।

कांग्रेससँगको दरार 
पछिल्लो समय कोशीमा मुख्यमन्त्री चुनाव, राष्ट्रियसभा चुनाव आदिमा कांग्रेसको कारण माओवादीसँगको सहकार्यमा दरार आयो । अविश्वास बिस्तारै बढ्दै गयो । कांग्रेसको महासमिति बैठकमा तीनवटा कुरा आए । संविधानको रक्षा र कार्यान्वयनमा प्रश्न उठाउने गरी धर्मनिरपेक्षतामा प्रश्न बहुमतबाटै उठ्ने अवस्था बन्यो, जसबाट माओवादीका कार्यकर्तामा एउटा मनोविज्ञान बन्यो ।

अर्को, कांग्रेसले रुखबाहेक अन्त भोट नहाल्ने भन्यो । भविष्यका लागि यो उसको स्वभाविक प्रस्ताव भए पनि आजै माओवादीलाई सरकारमा नबस भनिएको जस्तो व्यवहार भयो । तेस्रो, कांग्रेस सभापति शेरबहादुर देउवाका तर्फबाट पेश गरिएको नीतिगत प्रस्तावमा जनयुद्ध आवश्यक थिएन, असान्दर्भिक र ध्वंशात्मक थियो, क्षति भयो भनेर चर्चा भयोे । शान्ति प्रक्रियाको सहयात्री मानेकै शक्तिले शान्ति प्रक्रियामा समेत प्रश्न उठाउन खोजेको अनुभूति माओवादीलाई भयो । त्यसले गर्दा यी दुई दलहरुबीच सरकारमा सँग बस्न नसकिनेतर्फ वातावरण धुमिल हुँदै गयो । सेवा प्रवाह, विकासको क्षेत्रमा काम गर्न प्रधानमन्त्रीले चाहेपनि त्यसका लागि कांग्रेसले सहयोग गर्न नखोजेको जस्तो, खासगरी युवा पुस्तामा पनि आशा जगाउने गरी तीन महिनायता काम गर्न खोज्दा नसकिने अवस्था भयो । सत्तामा परिणाममुखि काम गर्न नसकेर बसिराख्नुको मात्रै अर्थ नदेखिएकाले गर्दा सरकार निर्माणको कोर्स परिवर्तन नै गर्नुपर्ने आवश्यकता बढेको घाम जत्तिकै छर्लङ्ग छ । यी सबै पृष्ठभूमिमा विकास, राजनीति र सोच मिल्नेहरुको बीचमा विकास, सेवा प्रवाह र सुशासनमा काम गर्नेहरुबीच समझदारी बनेको देख्न सकिन्छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री प्रचण्डलाई नै बाइपास गरेर एकलौटी तरिकाले काम गर्न खोज्नु, चिनियाँ अनुदान अस्वीकार गर्नु पनि अन्य कारक तत्त्हरु रहेको माओवादी केन्द्रका नेताहरुले बताउने गरेका छन् । आफूलाई कांग्रेसले घेरोबन्दीमा परेकाले गठबन्धनलाई लात्ताले हानेर आफू बाहिर निस्किएको प्रधानमन्त्री प्रचण्डले प्रतिकृया दिइसक्नु भएको छ ।

त्यसोतः पुरानो गठबन्धनमा दक्षिणपन्थी शक्तिको प्रभुत्व थियो । त्यसले आम जनतामा देखिएको निराशा चिर्न सकेको थिएन । प्रतिगामी, पुनरुत्थानवादी शक्तिहरूको चलखेल पनि रोक्न पनि त्यसले सकेको थिएन । संविधान, संघीयता, धर्मनिरपेक्षता विरोधी भावना बढेर गएको थियो । मुखले सुशासन भनेपनि व्यवहारमा भ्रष्टाचार र कुशासन मौलाएर गएको थियो । समाजवादको दिशा समात्नुपर्नेमा उदारवादलाई ज्यादा सेकताप गर्ने काम भइरहेको थियो । तर अहिलेको गठबन्धनमा वामपन्थी बर्चस्व छ । यो कत्तिको उदारतापूर्वक प्रस्तुत हुन्छ, आफ्ना नीति, कार्यक्रम कत्तिको प्रगतिशील र रुपान्तरणमुखी बनाउन सक्छ यसैले वामपन्थी एकताको दैलो पुरै खोल्ने कि ढप्क्याउने निर्भर गर्छ ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट