Techie IT
  • २०८१ वैशाख २०, बिहीबार

संघीय लोकतान्त्रीक गणतन्त्रको जग ‘जनयुद्ध’

सन्दर्भ : जनयुद्ध दिवस


जनयुद्धकालिन समयमा विभिन्न राजनीतिक उतार चढाव, राष्ट्रिय अन्तर्राष्ट्रिय कठोर संर्घष वेहोर्दै नेपालको माओवादी आन्दोलनलाई राष्ट्रिय रुपमा विस्तार र अन्तर्राष्ट्रिय रुपमा प्रभाव फैलाउँदै लगेको माओवादीले दुई वटा भरुवा बन्दुकबाट जनयुद्ध शुरु गरी ०६१/६२ सम्म आइपुग्दा राज्यको हेलिकप्टर खसाउने तहसम्म पुगेको सबै सामु छर्लङ्गै छ ।

पृष्ठभूमि 
तत्कालिन नेपाल कम्युनिस्ट पार्टी माओवादीले २०५२ सालफागुन १ गतेदेखि जनयुद्धको थालनी गर्‍यो । जनयुद्ध नेपालको सशस्त्र द्वन्द्व थियो । जुन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र नेपाल सरकारबीच २०५२ साल देखि २०६३ सम्म चलेको थियो । युद्धको अवधिमा यो सशस्त्र द्वन्द्वकालको रुपमा परिचित थियो ।जनयुद्धकालिन समयमा विभिन्न राजनीतिक उतार चढाव, राष्ट्रिय अन्तर्राष्ट्रिय कठोर संर्घष वेहोर्दै नेपालको माओवादी आन्दोलनलाई राष्ट्रिय रुपमा विस्तार र अन्तर्राष्ट्रिय रुपमा प्रभाव फैलाउँदै लगेको माओवादीले दुई वटा भरुवा बन्दुकबाट जनयुद्ध शुरु गरी ०६१/६२ सम्म आइपुग्दा राज्यको हेलिकप्टर खसाउने तहसम्म पुगेको सबै सामु छर्लङ्गै छ ।

विद्रोही नेकपा–माओवादीले यस आन्दोलनलाई २०५२ फागुन १ गते नेपाली राजतन्त्रलाई समाप्त र जनगणतन्त्र स्थापनागर्ने उद्देश्यकासाथ सुरुवात गरेको थियो ।विसं २०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँग यो युद्ध समाप्त भएको थियो । उक्त विद्रोहको परिणाम स्वरूप नागरिक, विद्रोही, सेना र प्रहरी लगायतका १७ हजार भन्दा बढी व्यक्तिहरूको मृत्यु भएको थियो र अधिकांश रूपमा हजारौँ ग्रामीण भू–भागका मानिसहरूको आन्तरिक विस्थापन पनि भएको थियो । बेपत्ता पारिएका मानिसहरुका लागि बेपत्ता छानबिन र सत्य निरुपणका लागिदुई छुट्टाछुट्टै आयोग बनेका थिए ।सत्य निरुपण तथा मेलमिलाप आयोगमा यस सम्बन्धित ६४ हजार वटा उजुरीहरु दर्ता भएका थिए जसमध्ये झन्डै चार हजारको मात्रै प्रारम्भिक अनुसन्धानको काम सम्पन्न भएको बताइएको छ । बेपत्ता आयोग अन्तर्गत परेका तीन हजार भन्दा बढी उजुरीहरुमा पनि छानबिन भइरहेको बताइएको छ ।

सुरुवाती चरण
वि.सं २०४६ सालमा निर्दलीय पञ्चायती शासनको अन्त्यहुँदै बहुदलीय व्यवस्था आएको थियो। तात्कालिक समयको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र यसको वैधानिक मञ्च संयुक्त जनमोर्चा र अन्य सङ्गठनहरूले राजतन्त्रको विरुद्धमा विभिन्न कार्यक्रमहरु गर्दै आएका थिए। सशस्त्रद्वन्द्वको माध्यमबाट राजतन्त्रको अन्त्यगर्नु र नयाँ जनवादी व्यवस्था कायम गर्ने उद्देश्कासाथ जनयुद्धको घोषणा २०५२ सालफागुन १ गते भयो ।विद्रोह सुरु गर्नु अगाडि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे माग राख्दै जनयुद्धको सङ्खघोष गरिएको थियो। रोल्पा, रुकुम, सिन्धुली, रामेछाप लगायतका पहाडी जिल्लाहरूमा आधार इलाका बनाएको माओवादीले देशव्यापी रूपमा विभिन्न स्थानमा रहेका प्रहरी चौकी, साना किसान बैंक र सरकार अन्य संयन्त्रहरूमा आक्रमण गरेको थियो। जनयुद्धको प्रभाव देशव्यापी रुपमा पर्न गएको थियो जसका कारण तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले दमनको रणनीति लिएर अगाडि बढेको थियो । युद्धरत नेताहरुको टाउकाको मुल्य समेत तत्कालिन सरकारले निर्धारण गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले गुलेलीले हानेर युद्ध लड्ने माओवादीको दिवा सपना भएको भन्दै जनयुद्ध लडछु भन्नु हाँस्यास्पद भएको भन्दै सामान्य ढंगले लिएका थिए ।जब माओवादी जनयुद्ध एकपछि अर्को शक्तिशाली र प्रभावकारी बन्दै गयो तब तत्कालिन सरकार माओवादी आन्दोलन र शक्तिसंग सशंकित हुन थाल्यो । जब माओवादीले रोल्पा, रुकुम, सिन्धुली, गोरखा लगायतका केही जिल्लाहरुमा आफ्नो आधार क्षेत्र बढाउँदै लग्यो र देशभर जनयुद्धको प्रभाव र हस्तक्षेप बढाउँदै देशका विभिन्न जिल्लामा रहेका प्रहरी चौकी र सरकारी संयन्त्रमा धावा बोल्दै लगेपछि सरकार एकाएक झस्कियो र माओवादीलाई वार्तामा बोलाउने योजनामा पुग्यो ।
माओवादी विद्रोहलाई वार्ताको माध्यमबाट समाधानगर्ने भन्दै ०५८ मा सरकार र विद्रोही माओवादीबीच पहिलो चरणको वार्ताका लागि वातावरण तय गरियो । पहिलो चरणको वार्ताको अभ्यास सफलहुन सकेन, दोस्रो पटक पुनःवार्ताका लागि सरकार र विद्रोही पक्षबीच सहमति भयो तर दोस्रो चरणको वार्तामा समेतकुनै सहमति हुन सकेन ।

जनयुद्ध : अधिकार प्राप्तिको आन्दोलन
तत्कालिन माओवादीले थालनी गरेको जनयुद्ध वास्तवमा नोकरसाही, पुँजीपति, दलाल, शासकका विरुद्धमा गरिनुका साथै दलित, जनजाती, आदिवासी, थारु मुस्लिम, महिला, मजदुरको उन्मुक्तिका लागि थियो । यति मात्र होइन, यो आन्दोलन संविधानसभाबाट संविधान जारी गर्ने, देशमा संघीयताको विकास गर्ने, केन्द्रिकृत राज्य सत्तालाई विकेन्द्रिकरण मार्फत जनताको घरदैलोसम्म पु¥याउनुपनि रहेको थियो । लोकतन्त्र, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता जस्ता मुल मुद्धाहरु पनि माओवादी आन्दोलनबाट नै सुरुवात भएर आजका दिनमा क्रमिक रुपमा रुपान्तरण पनिहुँदै गइरहेका छन् । १० वर्षसम्म चलेको यो युद्ध वास्तवमा एकतन्त्रीय शासन व्यवस्थाको अन्त्यगर्दै रुपान्तरित शासन व्यावस्थाको सुरुवात गर्नु नैं माओवादीको आन्दोलन थियो । माओवादीको आन्दोलन सरकार पक्ष र माओवाादी पक्षका बिचमा भएको हुँदा सरकार पक्षका सुरक्षाकर्मीहरु, माओवादी जनशेना, विभिन्न पार्टिका नेता तथा कार्यकर्ता, आमजनतामा धेरैले सहादत पनि प्राप्तगरे । हजारौँ अंगभंग भए, सयौँ नागरिक अझै बेपत्ताकै स्थितिमा छन् । 

त्यो बेलामा सरकार पक्षबाट बिभिन्न सर्वसाधारण जनतामाथि दुःखदायी एवम् कष्ठपूर्ण यातनासहित धेरैको संख्यामा हातहात पनि भएका थिए भने माओवादी पक्षबाट नोकरसाही, पुँजीपति, दलाल, शासक र राजसंस्था अन्त्य गर्नेका लागि माओवादीबाट पनि धरै हातहात भए ।

माओवादीको आन्दोलनले सिंहदरबारमा केन्द्रित जनताको अधिकारलाई अहिले जनताका गाउँ, नगरसम्म पु¥याउन सकेको छ । अहिले सिंहदरबारको अधिकार गाउँमापुगेको छ । यो जनयुद्धकै देनहो । माओवादी आन्दोलन हिजोको दिनमात्यति सजिलो भने थिएन, जुननिकै गारो र कठिन कामथियो । जब राजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गतेकादिन सम्पूर्ण राज्यसत्ता आफ्नो हातमा लिइसकेपछि विकसित भएको नयाँ रुपले गर्दा माओवादी, नेपाली कांग्रेस, नेकपा(एमाले)लगायत अन्यविभिन्न पार्टीहरुलाई एक ढिक्का बन्नु पर्ने अवस्था र बाध्यता सिर्जना भयो ।

माओवादी आन्दोलन हुँदै गर्दा राजतन्त्रको आफ्नै व्यावहारले पनि नेपालमा गणतन्त्र स्थापनाको बाटो अपनाएको हाम्रो इतिहास साक्षी छ । जब राजा महेन्द्रले २०१७ सालको प्रतिगमले २०४६ सालसम्म, करिब ३० वर्षसम्म निरंकुश राजतन्त्रको अभ्यास गर्ने वातावरण त बनायो तर त्यो अभ्यासले राजतन्त्रलाई एकाएक कमजोर पनि बनाउँदै लग्यो र पुन २०४७ सालको संविधानले पूर्णतः राजालाई सार्वभैेम बनाउँदै लग्यो । र जब नेपालका राजा ज्ञानेन्द्रद्धारा २०६१ माघ १९ गते सम्पुर्ण सत्ता आफनो हातमा लिइसकेपछि विकसित भएको नेपालको राजनीतिले थपअर्कौ रुप दिन सुरु ग¥यो । राजाले एकलौटी सत्ता हातपारे पश्चात नेपाली कांग्रेस, नेकपा(एमाले) र नेकपा(माओवादी)लाई नजिक हुने अवसर पनि त्यो बेलानै भयो । राजसंस्थाको अन्त्यका लागि सबै दलहरु सडकमा दरबार विरुद्ध उत्रिन थाले । १९दिने आन्दोलनले थप उग्र रुप लिन थालेपछि सरकार पक्ष एकाएक कमजोर हुँदै गयो ।अन्ततः राजा ज्ञानेन्द्रले ‘जनताको नाशो जनतालाई नैं फिर्ता’दिएको उद्घोष गर्न बाध्य भए । यसरी राजसंस्थाको जरो नेपालबाट अन्त्यभई गणतन्त्रको स्थापन हुन गयो । जुन माओवादीले १० वर्ष अघिदेखिनैं सशस्त्र रुपमा आन्दोलन गर्दै उठाको प्रमुख मुद्दा थियो ।

माओवादीले सडकमा तिव्र रुपमा आन्दोलनगर्दै जाँदा, राजसंस्थाको अन्त्यहुनु पर्ने माग राख्दा ‘यो बयलगाडामा चढेर अमेरिका पुग्नखोज्नु हो’ भन्दै कुर्लिनेहरु पनि थिए । यसैले गर्दा पनि माओवादी आन्दोलनमा आम नेपाली जनताको साथ, समर्थन, सहयोग र सहभागिताले आज देशले काँचुली फेर्दै गइरहेका छ । 

माओवादीले सडकमा तिव्र रुपमा आन्दोलनगर्दै जाँदा, राजसंस्थाको अन्त्यहुनु पर्ने माग राख्दा ‘यो बयलगाडामा चढेर अमेरिका पुग्नखोज्नु हो’ भन्दै कुर्लिनेहरु पनि थिए । यसैले गर्दा पनि माओवादी आन्दोलनमा आम नेपाली जनताको साथ, समर्थन, सहयोग र सहभागिताले आज देशले काँचुली फेर्दै गइरहेका छ । माओवादी आन्दोलनको मुख्य उपलव्धि भनेको संविधान सभाबाट संविधान जारी गर्नु नै थियो । र, जुन पुरा गरेरै छाड्यो । संविधान जारी गर्ने ठुलो भुमिका नेकपा(माओवादी केन्द्र) कावर्तमान अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को रहेको छ भन्दा कसैलाई आपत्ति नहोला । 

संघीयतामा माओवादीको धारणा स्पष्ट रहेको छ । जुन स्थानीय निकाय नेताले विजयी हुने ठाँउ हैन, यो त केवल जनता विजयी हुने ठाँउ हो पनि भन्ने गरेको छ । माओवादी आन्दोलनबाट प्राप्त भएका उपलब्धिहरु संघीयता, धर्म निरपेक्षता, समावेशी, समानुपातिक जस्ता यावत् रहेका छन र जुन पुरा हुँदै पनिआइरहेका छन् । यी र यस्ता उपलब्धिहरुलाई अबको दिनमा सरकार–जनता एकआपसमा सद्भाव कायमगर्दै सफलपार्न अझ कसरत गर्दै जानु पर्दछ । उपलब्धि हातपार्न जति सजिलो छ, त्यसलाई कार्यान्वयन गर्ने पनि त्यती नै कठिन हुन्छ । प्राप्त भएका उपलब्धिहरुलाई संस्थागत गर्दै लैजानु हामी सबैको कर्तव्य पनि रहेको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट