Techie IT
  • २०८१ वैशाख २६, बुधबार

भ्रमपूर्ण ‘माओ विचारधारा’ खारेज गरौँ,

भ्रमपूर्ण ‘माओ विचारधारा’ खारेज गरौँ, स्पष्ट र वैज्ञानिक शब्द माओवादको प्रयोग गरौँ


भ्रमपूर्ण ‘माओ विचारधारा’ खारेज गरौँ खेम थपलिया नेकपा (एकता केन्द्र) को एकता राष्ट्रिय महाधिवेशन २०४८ मा पारित दस्तावेजमा माओको योगदानबारे यथेष्ट मात्रामा उल्लेख गरेको छ । समकालीनतामा कम्युनिस्ट क्रान्तिकारीहरूका लागि माओवादद्वारा माक्र्सवादका तीनवटै क्षेत्रमा गरिएका विकासको व्याख्या र माओवादको प्रयोगको सैद्धान्तिक महत्व झन्भन्दा झन् बढिरहेको छ ।  

माओद्वारा दर्शन, राजनीतिक अर्थशास्त्र एवम् वैज्ञानिक समाजवादका क्षेत्रमा गरिएका महत्वपूर्ण योगदानले माक्र्सवादलाई अझ माथि उठाएको छ । माओकृत महान् सर्वहारा सांस्कृतिक क्रान्तिको ऐतिहासिकता झन् आफ्नो ठाउँमा छँदैछ । समकालीनतामा पनि नेपाली कम्युनिस्ट आन्दोलनमा माओवाद पदावलीको प्रयोगको विपक्षमा उभिने, माओकै झन्डा ओढ्ने अनि फेरि त्यही माओका योगदानको अवमूल्यन गर्ने गरी ‘माओ विचारधारा’ को आबरणमा विभिन्न भ्रामक गतिविधि पनि भइरहेका छन्, जसको सशक्त प्रतिवाद गर्न जरुरी छ । सबै किसिमका संशोधनवादका विरुद्धको सङ्घर्षलाई उच्चस्तरमा उठाउन नयाँ ढङ्गको कम्युनिस्ट पार्टीको निर्माण आजको आवश्यकता हो । 

हेरौँ केही भ्रमात्मक 

तर्कहरू : 

१. केही मानिसहरूको तर्क छ, यसकारण माओवाद हुन सक्तैन कि, ‘वाद’ हुनका लागि एउटा सिङ्गो युगको प्रतिनिधित्व गरेको हुनुपर्दछ, माक्र्सवाद पुँजीवादी युगको उपज हो, लेनिनवाद साम्राज्यवादी युगको उपज हो तर माओको कुनै युग नै छैन आदि इत्यादि । 

२. केही मानिसहरू भन्छन् कि माओका खास कुनै मौलिक खोज नै छैनन्, त्यसकारण माओवाद शब्दको प्रयोग गर्न हुँदैन, माओले भनेका सबै कुराहरू लेनिनले पहिले नै भनिसक्नुभएको थियो आदि । 

३. कतिपय मानिसहरूको तर्क छ कि हतारिएर माओवाद भन्नुहुँदैन, त्यो शब्द स्थापित हुन पनि सक्दैन, त्यसले निश्चित समयको माग गर्दछ, यसले अनावश्यक विवाद निम्त्याउँछ आदि । (नोट- भ्रमपूर्ण ‘माओ विचारधारा’ खारेज गरौँ, स्पष्ट र वैज्ञानिक शब्द माओवादको प्रयोग गरौँ ।)



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट