Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

दुई अतिवादले निम्त्याउने दुर्दशा


नेपाल बहुजाति, बहुभाषि, बहुधार्मिक र बहुसास्कृतिक मुलुक हो तथापि यस मुलुकमा बहुलताभित्र एकता र सहिष्णुता थियो । पूर्वका लिम्बु र माझ किराँतका खम्बू कर्णालीमा देउडा नाच्न हिचकिचाउँदैथे भने सुदूरपश्मिका खस–आर्य, मगर र गुरुङ सुदूर पूर्वमा धान नाच्न गाह्रो मान्दैनथे । तराईको होली काठमाडौका मैचाले मनाउँथे भने हिमालमा गाउने सेलो सिराहका गुड्डुले गुनगुनाउँथे । यस्तो अनुपम सहिष्णुतामा बिस्तारै अतिवादको भडखालो पर्न थालेको छ । यो अतिवादको विष वृक्ष स्वार्थ समूहका प्रतिनिधिहरूले २०४६ सालको जनआन्दोल र २०५२ सालको सशस्त्र जनयुद्धको जगमा टेकेर हुर्काएको तथ्य नकार्न सकिदैन ।

नेपालीहरूको गरिबी र अशिक्षाको फाइदा उठाएर विभिन्न गैर सरकारी संघ संस्था र मिसिनरीहरूले जनचेतना र मानव विकासको नौटङ्की सिर्जना गरेर धार्मिक तथा जातिय भडकाव शुरुवात गरे भने नेपाली शासक, नीति निर्माताहरू धर्म निरपेक्षताको भट्टीमा आ–आफ्नो ताउलो बसाएर खिर पकाउनमा व्यस्त भए । सनातन हिन्दू संस्कार रगतमा मिसिएका नेतागणको दोहोरो चरित्रले बिस्तारै दुई अतिवादका विषवृक्ष हुर्कदै गए, धार्मिक र जातिय अतिवाद ।

यी दुई अतिवादलाई नेपाली राजनीतिमा सत्तारोहणको सोपान बनाउन थालियो । धर्म निरपेक्षताको हौवा पिटेर सत्तामा पुगेका जनताका प्रतिनिधिहरूले अनेक बखेडा झिक्दै जनताको दैनिक गुजाराको विषयमा चासो नदिएर “राम अयोध्यामा होईन पर्साको ठोरीमा जन्मेका” भन्ने विवादास्पद विचार पस्कने र कोरोना कहरले जनता आक्रान्त भएको बेला करोडाँै मूल्य पर्ने १० के जी सुनको जलहरी पशुपतिमा चढाउने, धर्म निरपेक्षताको वकालत गर्देै एकल धर्मको प्रचार र उत्थानमा लाग्ने नेपाली वाम राजनीतिका पाका नेताहरूको विवादित छविका कारण पुस्तौदेखि हिन्दू अतिवादको वर्णाश्रम व्यवस्थाले आक्रान्त बनाएका मानिसहरूमाझ स्वार्थ समूहले खेल्ने मौका पाएको देखिन्छ । सत्ता स्वार्थ र विदेश मोहमा परेर पादरीहरूले आयोजना गरेका धार्मिक सभामा होलीवाइन पिउन लामबद्ध भईदिँदा “धर्म अफिमको नसा हो” भन्ने माक्र्सको वाणी बिर्सिएको देखिन्छ ।

खुवालुङको ऐतिहासिक बिरासत मेट्न खोज्दा आगो ओकल्ने किरात सम्प्रदाय यो किरात सभ्यताको केन्द्र विजयपुरमा रहेका धार्मिक, सास्कृतिक र पुरातात्विक सम्पदामाथि धावा बोल्दा पनि चुप रहनु आश्चर्य लाग्छ ।  हिन्दू अतिवादबाट आजित समुह/ समुदाय जो जसले चर्च बनाएर प्रतिशोध लिन खोजेपनि आफ्नो मौलिकपन र पुर्खाको बिरासतमा दाग लाग्ने हुँदा “सौताका रिसले पोइको काख हग्ने” उखान चरितार्थ भएको देखिन्छ । हुन त “भोको मानिसलाई राष्ट्रियता, ईजत, प्रतिष्ठा, धन दौलतभन्दा एक टुक्रा रोटी प्यारो हुन्छ ।” अभाव, थिचोमिचो र गरिबीले गर्दा हामीलाई आफ्नो धमर्, संस्कृति, मूल्य मान्यताभन्दा छाना, नाना र खाना अभाव भएकोले डलरको चाङमा छिर्न र क्रसको चिन्ह भिर्न बाध्य बनाएको भएपनि आफ्नो संस्कार र परम्परालाई लात मार्नु बेइमानी हुन जान्छ ।

विश्व रङ्गमञ्चमा राज्य सञ्चालकको दही चिउरे आदत र सानो कमजोरीले निहत्था मानिसको संहार हुने कुरा सेप्टेम्बर ६, सन १९९२ को राममन्दिर र बाबरी मस्जिद काण्डले प्रष्ट पारेको छ । मुगल शासनको आरम्भकर्ता बाबरको आदेशमा सन १५२८ मा उत्तर प्रदेशको अयोध्यामा रहेको राम मन्दिर भत्काएर बाबरले आफ्नो नामबाट बाबरी मस्जिद निर्माण गरी हिन्दूहरूको आस्थामा चोट पुर्याएपछि भड्किएको हिंसामा एक लाख ७४ हजार जनाले ज्यान गुमाए भने जयराजकुमारी सिंहको नेतृत्वमा तीन हजार महिलाले जीवन आहुती गरे । लगभग चर सय ६४ वर्षपछि ३० अक्टोबर १९९० मा मुलायम सिंह यादव मुख्यमन्त्री भएको बेला विश्व हिन्दु परिषदका नेता अशोक सिंघल, भाजपा नेता लालकृष्ण आडवाणी आदिको अगुवाइमा बाबरी मस्जिद ध्वंस्त बनाउदा पुनः हिन्दू मुस्लिम युद्ध चर्किएर थुप्रै मानिसको मृत्यु भयो । धर्मका नाममा भएको यो हिंसाको अझै पनि स्थायी समाधान हुन सकको छैन । बाबार शक्तिमा आउँदा हिंसामार्फत् राममन्दिर तोडेर निर्माण भएको बाबरी मस्जिद भाजपा सत्तामा आउँदा तोडियो र अदालतको आदेशमा राम मन्दिर निर्माण गरियो । यो शक्ति संघर्षको छिनाझम्टीले धार्मिक सहिष्णुतामा खलल पारिरहेको छ र यो धर्म नामको अफिमले निकै मनिसको कत्लेआम गरेको इतिहास साक्षी छ ।

जसरी बाबारले राममन्दिर नभत्काइ नहुने र त्यही ठाउँमा मस्जिद नबनाई नहुने अहम देखाएकाले लाखौ मानिस पुरोडाश भए भने नेपालमा पनि शासककै अहमले हिन्दू र क्रिश्चियनबिच यस्तै प्रकृतिको घटना घट्ने सम्भावना देखिएको छ । एकसय वर्ष पुरानो धार्मिक र ऐतिहासिक महत्वको बालगोपाल मन्दिर र शिवशक्ति कल्याणी के
न्द्रबाट ३० फिट अगाडि सिंहदेवी मन्दिरबाट १०० मिटर माथि चर्च बनाउदा सरकार बेखबर छ । अझ प्राचीन किरात सभ्यताको केन्द्र बिजयपुर, बुढासुब्बाको अवशेष र धनुषको प्रतीक टृप्पो नभएको बाँस, किरात शासक बुद्धिकर्णको दरबार जस्ता निश्चित वर्ग र समुदायको बिरासत बोकेका मानव सभ्यताको अन्वेषण, उत्खनन र अध्ययन गर्ने स्थानमा बनेको चर्चले अध्ययन अनुशीलन र अन्वेषणलाई असर पार्न सक्छ भने यसको मौलिक स्वरुप बिगार्ने मात्र होइन धामिैक हिंसा हुन सक्छ ।

खुवालुङको ऐतिहासिक बिरासत मेट्न खोज्दा आगो ओकल्ने किरात सम्प्रदाय यो किरात सभ्यताको केन्द्र विजयपुरमा रहेका धार्मिक, सास्कृतिक र पुरातात्विक सम्पदामाथि धावा बोल्दा पनि चुप रहनु आश्चर्य लाग्छ ।  हिन्दू अतिवादबाट आजित समुह/ समुदाय जो जसले चर्च बनाएर प्रतिशोध लिन खोजेपनि आफ्नो मौलिकपन र पुर्खाको बिरासतमा दाग लाग्ने हुँदा “सौताका रिसले पोइको काख हग्ने” उखान चरितार्थ भएको देखिन्छ । हुन त “भोको मानिसलाई राष्ट्रियता, ईजत, प्रतिष्ठा, धन दौलतभन्दा एक टुक्रा रोटी प्यारो हुन्छ ।” अभाव, थिचोमिचो र गरिबीले गर्दा हामीलाई आफ्नो धमर्, संस्कृति, मूल्य मान्यताभन्दा छाना, नाना र खाना अभाव भएकोले डलरको चाङमा छिर्न र क्रसको चिन्ह भिर्न बाध्य बनाएको भएपनि आफ्नो संस्कार र परम्परालाई लात मार्नु बेइमानी हुन जान्छ ।

पैसाको प्रलोभनमा पारेर सामाजिक सदभाव बिथोल्न खोज्ने र एउटा सम्प्रदायको आस्थाको केन्द्रमा अतिक्रमण गरेर उसको धार्मिक ऐतिहासिक र पुरातात्विक धरोहरमाथि हमला गर्ने कुचेष्टा गर्नु र गर्न लगाउनु धार्मिक अतिवाद हो । एउटा अतिवादलाई परास्त गरेर अर्को अतिवाद स्थापना गर्न खोज्नु केवल प्रतिशोध मात्र हो । “अतिवादी विचार र प्रतिशोधी व्यबहारले समाजमा कचिंगल निम्त्याउँछ ।” “मूल ढोकाबाट स्याल पसेर बिज्याईं गर्छ भनी ढोकामा बसिरहँदा जस्केलाबाट बाघ छिरेर घरबाट नै लखेट्न सक्छ ।” आज हिन्दू अतिवाद भयो भनेर आफ्नो सभ्यता र सम्पदामाथि फिरङ्गीको ढलीमली गराउँदा भोलीका दिनमा किरात सभ्यता र किरात धर्म नै कोमामा पुग्ने सम्भावना देखिन्छ । अदृष्य रुपबाट प्रवेश गरेको धार्मिक अतिवादलाई समयमै पहिचान गर्न नसके कुनै दिन तीन चुलाको महात्म्य र खुवालुङको महिमा हिन्दू अतिवादले भन्दा मिसिनरी दयाभावले खर्लप्प बनाउने निश्चित छ, सर्पले भ्यागुतो निलेजसरी । तसर्थ “नाक काटेको र सिगान पुछेको” हामी सबैले थाह पाउनुपर्छ । 

मंगोल, खस–आर्य, मधेसी, पहाडिया जो जहाँ भए पनि कसैको प्रलोभन र उक्साटले निम्त्याउने भयावह अवस्थाको आकलन गरी आपसी सदभाव कायम गर्न नसके रुवान्डाका हुतु र तुत्सी नभइएला भन्न सकिदैन । आफ्नो वास्तविक धरातल बिर्सिएर स्वार्थ समुहहरूको महाजालमा बहकियौँ भने अयोध्याका हिन्दू र मुस्लिमको अवस्था नआउला भन्न सकिदैन तसर्थ वर्तमान परिस्थतिमा देखा परेका दुई अतिवादको व्यवस्थापनमा विलम्ब भए नेपाल कुरुक्षेत्र बन्ने निश्चित छ । स्वार्थको ढडिया थापेर सत्ताको भ¥याङ चढ्ने दुराशय नगरी सबैको भावनामा चोट नपुग्ने मध्यमार्गी कानुनी बाटो खोज्न सके दुबै अतिवाद व्यवस्थापन हुने निश्चित छ ।

बहु जातिको बसोबास रहेको नेपालमा जातिय सहिष्णुताको बाँध भत्किसकेको छ । नेपाल भूमिमा को पहिला आयो या यो भूमिमा कसले अगाडि पाइला हाल्यो भन्ने सवाल पेचिलो बनेको देखिन्छ । यहाँका किरात,लिम्बू, सुनार, तामाङ, आदि समुदायको पदाार्पण पहिला भएको र खस–आर्यहरूको आगमन पछि भएको हुदा यस भूमिको अधिपति हामी हौं तापनि राज्यका सबै अङगमा शरणर्थी खस–आर्यको हालिमुहाली भयो भनी भित्रभित्र सल्किएको ईष्र्याको आगो सतहमा आयो, धरानको गोरु काण्डले । खस—आर्यहरूले गौमाताको रुपमा पूजा गर्ने गाई गैर हिन्दूले काटेर खान पाउनु पर्छ भन्ने आन्तरिक इगो सार्वजनिक स्थानमा गोरु काटेपछि छताछुल्ल भएको देखिन्छ । गाई, गोरु खानु अन्य जनावर खाएसरह नै हो तथापि कसैको आस्थाको प्रतीक भएकोले उक्त सम्प्रदायको भावनामा ठेस नपुग्ने गरी खान सकिन्थ्यो भने २०७२ को नेपालको संविधानको भाग १, धारा (९) को उपधारा (३) मा नेपालको राष्ट्रिय जनावरमा दर्ज गरिएको छ ।

यो संविधान सर्वपक्षीय सम्झौताको उपज भएकोले यसमा सबै जात, धर्म, वर्ग र सम्प्रदायको अपनत्व छ  तथापि सामाजिक र संवैधानिक पाटोलाई कुल्चेर सामजिक सञ्जालमा चुनौतिपूर्ण भाषा प्रयोग गर्दै गोरु काटेर खानु् र भदौ ९ गते धरानमा भेला भएर गौ हत्या गर्न सार्वजनिक सूचना जारी गर्नू, सनातनी हिन्दूहरूले यसको विरुद्धमा इटहरीबाट निकालेको विरोध ¥याली र त्यस ¥यालीमा राधिका दासीले “धरान सिद्धिन केहीबेर पनि लाग्दैन” भन्ने उत्तेजक अभिव्यक्ति दिने दुबै पक्षले देखाएको अहङ्कारयुक्त जातिय  अतिवादको चरम रुप हो । दुबै पक्षमा देखिएको असहिष्णु र आवेगको ज्वालामा बत्तीका पुतली झै पखेटा फरफराउने मानव सागरले अर्को गौर हत्याकाण्डको सम्भावना बोकेको देखिन्थ्यो । समयमै राज्यले यी दुबै अतिवाद निस्तेज नगर्ने हो भने अर्को कुरुक्षेत्र नबन्ला भन्न सकिन्न ।

वास्तवमा कुनै पनि धर्मममा हत्या हिंसा निषेध गरिएको छ तर समाजको नेतृत्व गर्ने राजनीतिज्ञ, धर्म गुरुहरूको विवादित व्यबहार घातक भएको छ । मंगोल समुदायका महान हस्ती, विश्लेष, विचारक फाल्गुनन्द, ओमननद, आत्मनन्द, स्वामी प्रपन्नचार्य, चन्द्रकुमार शेर्मा आदिले कतै पनि गौमांस भक्षण गर्ने कुरा उठाएको देखिदैन भने हिन्दूवादी खस–आर्य समुदायका विद्रान, विश्लेषक मोदनाथ प्रश्रितले रन्तीदेवले दैनिक दुईहजार गाई काटेर ब्रमहणहरूलाई भोज लगाउने शास्त्रीय मत राखेका छन भने होलीवाइनलाई बालुवाटार छिराएर नेतारुको हुर्मत लिने एकनाथ ढकालहरूको छेपारे प्रवृत्ति समस्याको गुदी हो । राष्ट्रिय राजनीतिका हस्ती मानिने खस–आर्य समुदायका अधिकांश नेताहरू धर्म निरपेक्षता र लोकतन्त्रको दुहाई दिदैछन् भने मंगोल समुदायका राजनेताहरू राजासहितको हिन्दू राज्यको वकालत गर्दै गो वध अपराध हो भनिरहेका छन् । गोमांस सेवन र गो हत्याको विरुद्धमा थुप्रै मंगोल समुदायका मानिस मैदानमा उत्रिएका छन्भने गौमांस सेवन र गो हत्या अधिकार हो भनेर केही खस–आर्य समुदायका मानिसहरू मैदानमा देखिएका छन् । गो रक्षा र गो वध तथा हिन्दू र गैर हिन्दूको विषयमा देखिएको  मिश्रित धारणाबाट नेपाली समाज कुइराको काग भएको छ । यहाँ जात र धर्मको कुराभन्दा पनि इगो र स्वार्थको खेती गर्नेहरूको ताउलो तातेको अनुमान गर्न कठिन छैन । यही अन्योलतामा टेकेर अन्तर्राष्ट्रिय स्वार्थ समूहले जेहाद छेडाउन बेर लगाउँदैन भने सबै समुदायको अन्तर चक्षु नखुले प्राप्त उपलब्धी आर्यघाटमा विश्राम गर्न सक्ने सम्भावना प्रवल छ ।

सम्भवतः नेपालको वर्तमान परिस्थिति पनि रुवान्डासित मिल्न गएको छ । नेपालको जातिय र क्षेत्रीय सदभाव बिथोलेर मंगोल, खस–आर्य, मधेसी आदिमा बिभाजन गरिरहेको देखिन्छ । हुतु र तुत्सी जस्तै मंगोललाई रैथाने वा मूलबासीको दर्जा दिइसकिएको छभने खस–आर्यहरू आर्यवर्त र खसानबाट आएका भन्ने भ्रम छरिएको छ । तुत्सी जस्तै अल्पसंख्यक खस–आर्यहरूले शासन सत्ता कब्जा गरेको, अदिबासी मंगोलहरूको धर्म संस्कार र अधिकार खोसेको आरोप पनि लागिसकेको छ ।

धर्म, जात, लिङ्ग आदिमा देखिएका सामान्य मतभेदका छिद्र खोतल्दै ब्रम्हाण्ड लुट्न पल्केकाहरूले गृह कलह गराएर कसरी हिंसा फैलाउँछन् भन्ने दृष्टान्त विश्वभरि ताजै छन् । राम मन्दिर र बाबरी मस्जिदमा  हिन्दू मुसलमान विवाद मिलाउन ईष्ट इन्डिया कम्पनी सरकारले सन १९५९ मा कम्पाउण्डभित्र मुसलमान र बाहिर हिन्दूले प्रार्थना गर्ने मेसो मिलाएको थियो । यही विवाद चुलिएपछि धर्मको आडमा भारतबाट पाकिस्तान अलग भयो आज पनि दुई राष्ट्रको कटुतापूर्ण व्यहारले निरन्तर हिंसा मच्चाउँदै छ । अफगानिस्तानबाट आफू प्रतिकुल रुस समर्थक सत्ता ढालेर युरोनियम लुट्ने अभिप्रायले मुल्लाह ओमरलाई गुरिल्ला बनाउँदै सत्तामा पुर्याउने  अमेरिकाले स्वार्थ नमिल्दा ओमरकै कत्लेआम गरेको थियो । युद्ध गराएर हतियारको व्यापार गर्दै ५औँ शताब्दीको ५६ मिटर अग्ला बामियन बुद्धका दुई मूर्ति ध्वस्त बनाउदा  विश्व मौन बस्यो । अन्तमा मतलब साध्य गरेपछि रातारात भाग्यो । आजादीका नाममा अमेरिकाको उक्सहटमा लाग्दा लाखौ अफगानीको ज्यान गयो भने मुलुक खरानी भयो । ईराकमा सद्दामलाई सत्तामा पुर्याएर तेल ओसार्न नपाउँदा सद्दामसहित ईराक खरानी बनाउने, तेलका लागि इराकविरद्ध कुवेतलाई सघाउने लोकतन्त्रको दुहाई दिने त्यही अमेरिका बर्मामा सुकीलाई नजरबन्द गर्दा होस् वा रोहिङ्गियामाथिको अत्याचार होस् कुनै विषयमा नबोल्ने धुरी देशको स्वार्थी र कुटलि नीतिको शिकार नेपाल पनि भइरहेको छ । 

गरिबी, अशिक्षा र अज्ञानताको खुड्किलो टेकेर स्वार्थको ताउलो बसाउन सिपालु धुरी राष्ट्रहरूले  युगान्डा, बुरुण्डी, इरान, इराक, सोमालिया आदि मुलुकमा गृहयुद्ध चर्काएर हतियारको व्यापार गरे भने रुवाण्डालाई जातिय हिंसामा उतार्न हुतु र तुत्सी दुई समुदायमा वैमनस्यता गराए । हुतुहरूलाई मुलबासी हौ भनेर उचालियो र तुत्सीहरुलाई आगन्तुक भनेर चिढाइयो । अल्पसंख्यक आगन्तुक तुत्सीले राज्य सत्ता कब्जा गरेको हौवा पिटाएर सन १९५९ मा हुतु राजतन्त्रको अन्त्य गराइयो । देश छोडेर निर्वासनमा गएका तुत्सीहरूले १९९० को दसकबाट थालेको संघर्ष १९९३ मा समझौतामा टुङिगयो तर ६ अप्रिल १९९४ को राती रुवान्डा र बुरुन्डीका राष्ट्रपति चढेको विमान खसालेर हत्या भएपछि मच्चिएको मारकाटबाट करिब सय दिनमा ८ लाख तुत्सी र उदारवादी हुतुको हत्या भयो । यतिसम्म कि तुत्सी समुदायका महिला हुतु समुदायको बुहारी छन्भने श्रीमानले आफ्नै श्रीमतिको समेत हत्या गरे भने कैंयौं तुत्सी महिलालाई बन्धक बनाएर यौन शोषण गरे । 

सम्भवतः नेपालको वर्तमान परिस्थिति पनि रुवान्डासित मिल्न गएको छ । नेपालको जातिय र क्षेत्रीय सदभाव बिथोलेर मंगोल, खस–आर्य, मधेसी आदिमा बिभाजन गरिरहेको देखिन्छ । हुतु र तुत्सी जस्तै मंगोललाई रैथाने वा मूलबासीको दर्जा दिइसकिएको छभने खस–आर्यहरू आर्यवर्त र खसानबाट आएका भन्ने भ्रम छरिएको छ । तुत्सी जस्तै अल्पसंख्यक खस–आर्यहरूले शासन सत्ता कब्जा गरेको, अदिबासी मंगोलहरूको धर्म संस्कार र अधिकार खोसेको आरोप पनि लागिसकेको छ ।

राजतन्त्रको समाप्ति र पुनःस्थापनाको प्रयास पनि भइरहेको छ । मन्दिरका अगाडि चर्च बनाउने, अनेक अश्लिल गाली गलौज गर्ने, आस्थाको प्रतीक गाई काट्ने जस्ता गतिबिधि हुबहु रुवाण्डा घटना सित मेल खाएका छन् । मंगोल, खस–आर्य, मधेसी, पहाडिया जो जहाँ भए पनि कसैको प्रलोभन र उक्साटले निम्त्याउने भयावह अवस्थाको आकलन गरी आपसी सदभाव कायम गर्न नसके रुवान्डाका हुतु र तुत्सी नभइएला भन्न सकिदैन । आफ्नो वास्तविक धरातल बिर्सिएर स्वार्थ समुहहरूको महाजालमा बहकियौँ भने अयोध्याका हिन्दू र मुस्लिमको अवस्था नआउला भन्न सकिदैन तसर्थ वर्तमान परिस्थतिमा देखा परेका दुई अतिवादको व्यवस्थापनमा विलम्ब भए नेपाल कुरुक्षेत्र बन्ने निश्चित छ । स्वार्थको ढडिया थापेर सत्ताको भ¥याङ चढ्ने दुराशय नगरी सबैको भावनामा चोट नपुग्ने मध्यमार्गी कानुनी बाटो खोज्न सके दुबै अतिवाद व्यवस्थापन हुने निश्चित छ । समयमा यसको स्थायी निरुपण नगरिए रुवान्डाको दुदर्शा आउन खतरा सुनिश्चित भइसकेको छ  । दिरुम नपा ८, खोटाङ

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट