Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

नरबहादुर कर्माचार्यः एक निष्ठावान् कम्युनिष्ट

विश्वका मजदुरहरु एक भएर समाजवादमा अघिबढ्न आह्वान गर्दै (भिडियाे सहित)


काठमाडौँ । नेपालको कम्युनिष्ट आन्दोलनका एक धरोहर कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको आज १० औं स्मृति दिवस । विभिन्न पार्टीका नेताहरुले आज उनको सम्झनामा आयोजित कार्यक्रममा उनको खुलेर प्रसंशा गरेका छन् । तर उनको स्मृति दिवसमा उनको योगदानको चर्चा गर्ने नेताहरु नै उनको जीवनबाट कति प्रभावित छन् भन्ने विषय भने उनीहरुको व्यवहारबाट प्रष्ट हुने कुरा हो । 
आखिर को थिए कर्माचार्य ?
बि.सं २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने हस्तीमध्येका एक नरबहादुर कर्माचार्य, बि.सं २००५ सालदेखि प्रजातन्त्र संघमा संलग्न भएर राणा विरोधी आन्दोलन र मजदुर आन्दोलनमा सक्रिय भएका थिए । राणा विरोधी र मजदूर आन्दोलनमा सक्रिय रहँदा  जेल सजाय मात्र होइन, निर्वासित जीवन समेत विताएका उनले त्यतिबेला राष्ट्रिय कांग्रेसका नेताहरूलाई मिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। 
२००६ साल वैशाख १० गते पुष्पलाल श्रेष्ठको नेतृत्वमा नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य र कर्माचार्य मिलेर भारतको कलकत्तामा अवस्थित बडाबजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका उनी मजदुर संगठन संस्थापक अध्यक्ष भएका थिए।
२०१६ सालमा तत्कालिन ललितपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका कर्माचार्य  वि.सं २०१९ सालमा तेस्रो महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। त्यसपछि पार्टीमा आएको विभाजनको श्रृखला बढेपछि, उनले विभाजित समूहहरूलाई एकीकृत बनाउन निरन्तर पहल र प्रयत्न गरे । यही क्रममा चौंथो महाधिवेशनमा केन्द्रीय सदस्य पनि भए । नेकपा एकता केन्द्र निर्माण हुँदा उनी एकता केन्द्र तदर्थ समितिको अध्यक्ष समेत भए । एकीकृत नेकपा माओवादीको संरक्षक भएका कर्माचार्य जीवनको अन्तिम क्षणसम्म पनि सक्रिय भैई रहे ।
कम्युनिष्ट झण्डा र मजदुरका प्रिय 
पुँजीवादी व्यवस्थाका विरोधी रहेका नरबहादुर कर्माचार्य मजदुर संगठनको बलमा राज्य सक्ता परिर्वतन गर्न सकिनेमा दृढ देखिन्थे । 
काठमाडौंमा १२३ औं मजदुर दिवसको सन्र्दभमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले भनेका थिए  ‘जबसम्म यो पुँजीवादी व्यवस्थालाई खतम गर्न सक्दैनौ, तबसम्म जनतालाई उचालिँ रहन्छौ, यो झण्डालाई उचाल्दै उचाल्दै विश्वका मजदुरहरुलाई संगठीत गर्दै साम्राज्यवादी र पुँजीवादी व्यवस्थालाई हामी खतम गर्छौ भन्ने प्रण गर्दै अगाडि बढेको दिन हो । ’
कम्युनिष्टहरुको रातो झण्डाप्रति अगाध प्रेम राख्ने उनले अन्य कम्युनिष्ट जस्तै साम्राज्यवाद विरुद्ध आगो ओकल्ने गरेका थिए । ‘यो रातो झण्डा, रगतले पुसिएको कपडालाई लठ्ठीमा राखेर झण्डा उचाल्दै  गर्दा त्यसैले हाम्रो कम्युनिष्ट पार्टीको झण्डा र मजदुरको झण्डा त्यही रगतले मुसिएको रातो झण्डा हो । जबसम्म विश्वका पुँजीवादी व्यवस्थालाई खतम गर्न सक्दैन्, जबसम्म साम्राज्यवादी शक्तिहरुलाई खतम गर्न सक्दैन्, तबसम्म विश्वका मजदुरहरु एक भएर अगाडि बढ्दै समाजवादको आवहान गर्नुपर्छ । ’
जीवन यात्रा 
विक्रम सम्बत १९८१ साल कात्तिक १४ गते भाइटीकाका दिन बुबा चन्द्रबहादुर कर्माचार्य र आमा कुमारी कर्माचार्यको कोखबाट जन्मीएका कर्माचार्य पार्टी र क्रान्तिमै  लाग्दा जीवनभर अविवाहित रहे ।  जण्डिस र निमोनियाका कारण को निधन आजका दिन अर्थात् वि.सं २०७० साल साउन ९ गते ८९ वर्षको उमेरमा उनको निधन भएको थियो।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट