Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

गोरखा घुम्ने पर्यटकलाई अब पृथ्वीनारायण शाहको मूर्ति उपहार


गोरखा, २८ जेठ । गोरखा घुम्ने पर्यटकलाई अब पृथ्वीनारायण शाहको मूर्ति उपहार दिइने भएको छ । गोरखा घुम्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई गोरखाको पहिचान र चिनारी झल्कने पृथ्वीनारायण शाहको मूर्ति मायाको चिनोका रूपमा दिइने गोरखा नगरपालिकाले जनाएको हो । नगरपालिकाले त्यसका लागि पालिका भित्रै मूर्ति बनाउन तालिम दिएको छ । १५ जना महिलाले मूर्ति बनाउन विशिष्ट तालिम लिएका मेयर कृष्णबहादुर रानामगरले जानकारी दिए । स्थानीयको आयआर्जन पनि बढाउने उद्देश्यले तालिम दिइएको उनले बताए । उनका अनुसार विशिष्ट तालिम अघि नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको मूर्ति तथा मूर्तिको फ्रेम बनाउन एकमहिने आधारभूत तालिम दिइएको थियो । गोरखा आएर फर्कने पर्यटकले गोरखामा उत्पादित तथा गोरखाको इतिहास जोडिएको मायाको चिनो प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले मूर्ति बनाउने तालिमको आयोजना गरिएको मेयर रानामगरले बताए । तालिमले रोजगारीको अवसरसमेत सिर्जना गरेको बताउँदै रानामगरले यसबाट महिलालाई दैनिक आयआर्जनका साथै आत्मनिर्भरसमेत बनाउने बताए । तालिम सञ्चालन गर्न नगरपालिकाले चालु आर्थिक वर्षमा तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट