Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

तीन वटा जहाज किन्ने प्रक्रिया थालेपछि म विरुद्ध घेराबन्दी सुरु भयोः मन्त्री किराती


खोटाङ, २५ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जहाज किन्न नदिन आफू विरुद्ध घेराबन्दी सुरु गरिएको बताएका छन् । बिहीवार खोटाङको दिक्तेलबजारमा बनाइएको अग्नि नियन्त्रण यन्त्र उद्घाटनका क्रममा मन्त्री किरातीले तीन वटा सानो जहाज किन्ने प्रक्रिया थालेपछि घेराबन्दी सुरु गरिरहेको बताएका हुन् । मन्त्री किरातीले खरिद गरेर ल्याइने दुई वटा जहाज पश्चिम नेपालमा र एक वटा पूर्वी नेपालको विराटनगरमा राखेर उडान भर्ने व्यवस्था मिलाइने जानकारी दिए । जहाज अभावमा गौचरणमा परिणत भएका देशका २२ वटा विमानस्थलमा एक जना सुत्केरी भए पनि उडान भर्ने मन्त्री किरातीले बताए । मन्त्री किरातीले मन्त्रालय सम्हालेको करिब तीन महिनामै चार अर्ब ऋण घटाइएको चर्चा गरे ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट