Techie IT
  • २०८१ वैशाख ३०, आइतबार

यूएईलाई सात विकेटले पराजित गर्दै नेपाल एसिया कपका लागि छनोट


काठमाडौं, १९ वैशाख । एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई सात विकेटले पराजित गर्दै नेपाल एसिया कपका लागि छनोट भएको छ। पाकिस्तानले आयोजना गर्ने एसिया कप सेप्टेम्बरमा हुनेछ। एसिया कपमा नेपालले विश्व क्रिकेटका बलिया टोली भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ। एसिया कपमा पाकिस्तान, भारत र नेपाल समूह ए मा हुनेछन्। समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। नेपाल दोस्रो पटक एसिया कपका लागि छनोट भएको हो। नेपाल यसअघि सन् २००२ मा एसिया कपका लागि छनोट भएको थियो। सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा पुग्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। त्यो समयमा भारत र पाकिस्तानको कार्गिल युद्ध चलिरहेका कारण एसिया कप हुन सकेन। यूएईले दिएको १ सय १८ रनको सामान्य लक्ष्य नेपालले ३०।२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। चौथो विकेटका लागि गुलशन झा र भीम सार्कीले रनको ९६ रनको अविजित साझेदारी गरे। गुलशन झा ६७ र भीम सार्की ३६ रनमा नटआउट रहे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट