Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

'गरिबी परिचयपत्र वितरणको कार्य दुई वर्षभित्र सकिनेछ'


काठमाडौं, ५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले भाडामा लगाएका जग्गाहरुको अनुगमन गर्ने बताएका छन् । शुक्रबार संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लिजका जग्गाको अनुगमन गरिने बताएका हुन् । पौडेलले ढुंगाजन्य वस्तु नियमनका लागि अत्यावश्यक कानुनी व्यवस्था गरिने बताए । गरिबी परिचयपत्र वितरणको कार्य दुई वर्षभित्र वितरण गरिसक्ने सरकारको योजना रहेको बताए । सरकारले सहकारीहरुको नियमन गर्न सहकारी नीति परिमार्जन गरिने बताए । पौडेलले औद्योगिक क्षेत्रमा वैदेशिक लगानी बढाउन विदेशस्थित कुटनीतिक क्षेत्रबाट पहल थालिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । बन्द भएका हेटौंडा सिमेन्ट, गोरखकाली उद्योग सञ्चालनमा ल्याइने बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट