Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

'सरकार र गणतन्त्रप्रति नागरिकको भरोसा बढेको छ'


काठमाण्डौं, ५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार र गणतन्त्रप्रति नागरिकको भरोसा बढेको बताएका छन् । आज शुक्रवार सङ्घीय संसदमा सरकारको आउँदो आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम गर्दै राष्ट्रपति पौडेलले सरकार र गणतन्त्रप्रति नागरिकको भरोसा बढेको बताएका हन् । उनले भने, ‘राज्य र गणतन्त्रप्रति नागरिकको भरोसा बढेको छ । सुशासनमा कुनै सम्झौता हुने छैन । संविधान कार्यान्वयनको अभ्यास उत्साहजनक भएका छन् ।’ राष्ट्रपति पौडेलले सुशासनमा कुनै सम्झौता नहुने पनि बताए । संविधान कार्यान्वयनको अभ्यास उत्साहजनक भएको उनको भनाइ छ । सरकारले आज पेस गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभा र राष्ट्रिय सभामा आइतवारदेखि लगातार केही दिन छलफल हुनेछ । छलफलमा उठेको प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनेछन् । नीति तथा कार्यक्रम पारित भएपछि प्रत्येक वर्ष जेठ १५ गते अर्थमन्त्रीले सदनसमक्ष आउँदो आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत हुने संवैधानिक व्यवस्था छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट