Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

नागरिकता विधेयकका विषयमा कानुनविद्हरुसँग छलफल गर्दै राष्ट्रपति


काठमाडौं, २४ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकका विषयमा कानुनविद्हरुसँग छलफल थालेका छन् । संसद्ले दोस्रोपटक पारित गरेर पठाएको नागरिकता विधेयक गत भदौमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेर रोकेकी थिइन् । त्यसयता विधेयक अलपत्र छ भने नागरिकतासम्बन्धी विधेयक नआउँदा हजारौँ नेपाली नागरिकताविहीन छन् । नवनिर्वाचित राष्ट्रपति पौडेलले सोही नागरिकता विधेयकका सम्बन्धमा कानुनी परामर्श लिन लागेका हुन् । शनिबार बेलुका बसेको सत्ता गठबन्धनको बैठकमा त्यसबारे छलफल भएको थियो । सो छलफलमा कानुनविद्हरुसमेत सहभागी थिए । विगतमा राष्ट्रपतिले गरेका संविधान विपरीतका गतिविधिलाई वर्तमान राष्ट्रपतिले सच्याएर जानुपर्ने निष्कर्ष निकालेका सत्ता गठबन्धन दलले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेका छन् । अहिले पनि विगतमा नागरिकता विधेयक संसद्‌बाट पारित गराउने दलहरु नै सत्ता गठबन्धनमा छन् । सत्ता गठबन्धनको आग्रहपछि राष्ट्रपति पौडेलले आइतबारै कानूनविद्हरुसँग छलफल गर्न लागेका हुन् । दिउँसो १ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा कानूनविदहरुलाई छलफलका लागि बोलाइएको छ । छलफलमा त्यही विधेयकको अवस्था, कानुनी हैसियत के हुने भन्ने विषयमा छलफल हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट