Techie IT
  • २०८१ वैशाख १८, मंगलबार

लुम्बिनीका मुख्यमन्त्री महराद्वारा शपथ ग्रहण


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री महराले प्रदेश प्रमुख अमिक शेरचनसँग आज शपथ लिएका हुन् ।

माओवादी केन्द्रका महराले शपथ लिएसँगै तीन जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार पनि गरेका छन् । नवनियुक्त मन्त्रीहरूमा नेकपा एमालेबाट चेतनारायण आचार्य, नेकपा माओवादी केन्द्रबाट दीपेन्द्र पुन तथा जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर रहेका छन् । अर्घाखाँचीका आचार्य एमाले संसदीय दलका उपनेता हुन्।

आज नियुक्त भएका कुनै पनि मन्त्रीको मन्त्रालय तोकिएको छैन । पाँच वटा राजनीतिक दलका ४७ जना र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट