Techie IT
  • २०८१ वैशाख १८, मंगलबार

बागमतीका नवनियुक्त ४ जना मन्त्रीले शपथ लिए


काठमाडौं । बागमती प्रदेशका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेकपा एमालेबाट मन्त्री बनेका केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई आज शपथ गराए ।

मुख्यमन्त्री जम्कट्टेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरी चार जना मन्त्री समावेश गरेका थिए । केशवप्रसाद पोखरेलले वन तथा वातावरण, रामेश्वर श्रेष्ठले स्वास्थ्य, एकालाल श्रेष्ठले खानेपानी सिँचाइ तथा उर्जा र प्रकाश श्रेष्ठले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसैबीच प्रदेश प्रमुख शर्माले नेकपा एकीकृत समाजवादीका तर्फबाट रमा आले मगरलाई विनाविभागीय मन्त्रीमा शपथ गराएका हुन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट