कुपण्डोलमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

ललितपुर, ६ पुस । ललितपुरको कुपण्डोलमा गुडिरहेको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।
नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट गएराति सडकमा बसीरहेका एक पुरुषको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ज्यान गुमाएका व्यक्तिको परिचय खुलेको छैन ।
ठक्कर दिने मोटरसाइकल र मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot
प्रतिक्रिया