Techie IT
  • २०८१ वैशाख २०, बिहीबार

नेपालमा जनविद्रोह : सम्भावना र चुनौती


१.विषयप्रवेश
नेपालमा जनविद्रोहको चर्चापरिचर्चाहरू विविध कोणहरूबाट भइरहेका छन् । सङ्क्रमणकालको करिबकरिब समाप्ति र भावी राजनीतिक परिदृश्यहरू सफासँग नेपाली राजनीतिक आकासमा नदेखिएको यो क्षण जनविद्रोहलाई आशा र आतङ्कका रूपमा हेर्ने थुप्रै मानिसहरू छन् । अझ एकीकृत नेकपा (माओवादी) ले अहिलेको सङ्क्रमणकाललाई जनताका विरोधीहरूले प्रतिगमनतिर लैजाने दुस्साहस गरे भने विद्रोहको आँधीबेहरी उठ्ने र पार्टीले त्यसको नेतृत्व गर्ने घोषित लक्ष्य स्पष्ट गरेपछि सार्वजनिकरूपमै क्रियाप्रतिक्रिया भइरहेको छ । विद्रोह आवश्यक छ कि छैन ? विद्रोह आतङ्कवाद हो कि क्रान्तिकारिता ? विद्रोह सफल होला कि विफल ? विद्रोहलाई प्रतिविद्रोहले प्रतिस्थापना गर्ला ? यी र यस्तै प्रश्नहरू नेपाली जनताको मनमा बारम्बार उठिरहेका छन् । 
विश्वका ठूलाठूला विद्रोह र प्रतिविद्रोहका अनगिन्ती चक्रहरूबाट गुज्रिएका छन् । दासयुगदेखि अहिलेको पुँजीवाद (साम्राज्यवाद) सम्म जनताले शासनसत्ता आफ्नो हातमा लिन गर्ने विद्रोह र तिनलाई प्रतिक्रियावादीले गर्ने प्रतिविद्रोहका थुप्रै फेहरिस्त विश्वइतिहासमा पढ्न र सुन्न पाउँछौं । रोममा दास स्पार्टाकसले नेतृत्व गरेको पहिलो आदिम विद्रोह र त्यसलाई रोम साम्राज्यले कुल्चिएको परिघटनादेखि सामन्तवादका विरूद्ध फ्रान्सको राज्यक्रान्ति, अङ्गे्रजको क्रान्ति, पुँजीवादका विरूद्ध रूसको क्रान्ति, चिनियाँ जनवादी क्रान्ति, क्युवा, कोरिया र भियतनामका क्रान्तिहरू सबै विद्रोहका इतिहासहरू हुन् । प्रस्तुत लेखमा पुँजीवादका विरूद्ध कम्युनिस्ट क्रान्तिकारीहरूले जनविद्रोहमार्फत सत्तामा पुगेका र पुनः सत्ताच्युत भएका उन्नाईसौं र बीसौं शताब्दीका अनुभवहरूका आधारमा नेपालमा बढेको जनयुद्ध र यसको अन्तिम बिन्दु जनविद्रोहको सम्भावना र समस्याहरूका बारेमा सङ्क्षिप्त चर्चा गर्ने प्रयत्न गरिएको छ । 
विद्रोहलाई सामान्यतः दुई रूपमा बुझ्ने गरिएको छ । एउटा कुनै संस्था, सत्ता वा स्थापित संरचनाका विरूद्ध सम्बन्धविच्छेदको अर्थमा विद्रोहलाई परिभाषित गरिन्छ । अर्काे सशस्त्र सङ्घर्षमार्फत राज्यसत्ता पल्टाएर जनताले आफ्नो हातमा सत्ता ल्याइन्छन्, त्यसलाई जनविद्रोह (Insurrection) भनिन्छ । २०५२ सालमा नेकपा (माओवादी) ले यस्तै विद्रोह (Revolt) प्रतिक्रियावादी राज्यसत्ताका विरूद्ध गरेको थियो । आगामी दिनमा एनेकपा (माओवादी) ले गर्न खोजेको यही जनविद्रोह (Insurrection) हो । प्रस्तुत लेख पनि यही जनविद्रोह (Insurrection) सँग सम्बन्धित रहेको छ । 
२ जनविद्रोहको अन्तर्राष्ट्रिय अनुभव
२.१ माक्र्स–एङ्गेल्स र जनविद्रोह
माक्र्सवादका संस्थापकहरूले विद्रोहका बारेमा यसको आवश्यकता र महŒवका बारेमा प्रशस्त चर्चा गर्नुभएको छ । कम्युनिस्ट पार्टीको घोषणापत्र व्यवस्थितरूपले कम्युनिस्टहरूका विचार सार्वजनिक भएको पहिलो कृति हो । यसै घोषणापत्रबाट माक्र्स–एङ्गेल्सले पुँजीवादको ध्वंस र समाजवादको स्थापना गर्न विद्रोहको अनिवार्य आवश्यकतालाई जोड दिनुभएको छ ।  सो घोषणापत्रमा लेखिएको छ—“सर्वहारावर्गको विकासका सबैभन्दा सामान्य अवस्थाहरूको वर्णन गरेर हामीले आधुनिक समाजभित्र कमवेसी छद्म रूपमा रहेको गृहयुद्धलाई त्यो स्थानसम्म हेर्दैगयौ“ । जहाँ त्यो खुलमखुला क्रान्तिमा परिणत हुन्छ र सर्वहारावर्गले बलप्रयोगद्वारा बुर्जुवावर्गलाई हटाएर आफ्नो सत्ता कायम गर्दछ”१ (माक्र्स–एङ्गेल्स, सङ्कलित रचना खण्ड १, ( काठमाडौ : ऐरावती प्रकाशन प्रालि. २०६४), पृ, ६० । पुँजीवादी शोषणको अन्त्य गरी त्यो भन्दा उन्नत सामाजिक व्यवस्था निर्माण गर्न माक्र्स–एङ्गेल्सको समयमा विविध रङ्गीचङ्गी विचारधाराहरू क्रियाशील थिए । वहाँहरूले सही र वैज्ञानिक विचारहरूलाई स्थापित गर्न नै आफ्नो राजनैतिक जीवनको थुप्रै समय खर्चिनु्पर्‍यो । पुँजीवाद विकासको उत्कर्षकाल भएकाले र सर्वहारावर्ग भर्खरै भर्खरै वैचारिक, राजनीतिक र फौजी दृष्टिले बामे सर्दै अगाडि बढिरहेकोले यो कालमा सकभर कार्ल माक्र्स  अन्तिम मुठभेडबाट सर्वहारावर्गलाई बचाएर शक्तिसञ्चयतिर लाग्ने सही सोचाइ बनाउनु भएको देखिन्छ । किनकि केही सङ्घर्षले फाइदाभन्दा बेफाइदा त्यसबेला पु¥याइरहेका थिए । यहाँ फ्रान्सको परिघटनाको सार खिच्दै माक्र्स भन्नुहुन्छ–“सर्वहारावर्गको कुनै गम्भीर विद्रोहले बुर्जुवावर्गमा नयाँ जीवनको सञ्चार गथ्र्याे, सेनासँग त्यसको (बुर्जुवावर्ग) मिलोमतो हुन्थ्यो र मजदुरहरूका लागि जुन पराजयको पुनरावृत्ति सुनिश्चित हुन्थ्यो ।”२ ( कार्ल माक्र्स, लुई बोनापार्टको १८ औ“ ब्रुमेर, अनु. राजेन्द्र मास्के, ( काठमाडौ : प्रगति पुस्तक सदन, २०६४),  पृ.८७ ।  वैचारिक, राजनैतिक रूपले तात्कालिक अवस्थामा युरोपको पुँजीवादविरोधी सङ्घर्षमा देखिएका गलत प्रस्थापनाहरूलाई सापेक्षिक रूपमा पराजित गर्ने क्रममै सर्वहारावर्गले आफ्नो स्वतन्त्र विचार, राजनीति, सङ्गठन र अन्य उपयोगी प्रस्थापनाहरू स्थापित गर्न सफल भयो । यही क्रममा माक्र्स–एङ्गेल्सले सर्वहारावर्गका लागि ‘युरोपव्यापी विद्रोह’ को पहिलो फौजी कार्यदिशा प्रस्तुत गर्नुभयो । वहाँहरूको तर्क थियो सर्वहारावर्गले कुनै एउटा देशमा विद्रोह गरेर त्यसलाई सफल बनाउन र टिकाउन सक्तैन । पुँजीवाद अझै साम्राज्यवादमा पतन भइनसकेको सन्दर्भमा सर्वहारावर्गको आन्दोलनले पूर्ण विजय हासिल गरून् भन्ने हेतुले माक्र्स–एङ्गेल्सले यो कार्यदिशा लिनुभएको देखिन्छ । के यो क्रान्ति कुनै एउटा देशमा सम्पन्न हुन सक्दछ ? एङ्गेल्स भन्नुहुन्छ— “बृहत् उद्योगले विश्वबजारको निर्माण गरेको छ । यसैद्वारा उसले भूमण्डलका सबै जातहरू खासगरी सभ्य जनतालाई आपसमा कसरी एकताबद्ध गरेको छ भने उनीहरू एकअर्काको स्थितिमाथि निर्भर रहन्छन् । फेरि बृहत् उद्योगले सबै सभ्य मुलुकहरूलाई सामाजिक विकासलाई कुन किसिमबाट सरोबर तुल्याएको छ भने जताततै पुँजीजीवीवर्ग र सर्वहारावर्ग नै समाजका निर्णायक वर्ग बनेका छन् र उनीहरूकाबीचको सङ्घर्ष नै हाम्रो जमानाको मुख्य सङ्घर्ष रहेको छ । यसै उसले साम्यवादी क्रान्ति राष्ट्रियमात्र हुने छैन, त्यो सबै सभ्य देशहरूमा अर्थात् कम्तीमा पनि इङ्ल्याण्ड, अमेरिका, फ्रान्स र जर्मनीमा एकैसाथ हुनेछ ।”३ (एङ्गेल्स : ‘कम्युनिज्मको सिद्धान्त’, कम्युनिष्ट पार्टीको घोषणा पत्र, अनु.कृष्णदास श्रेष्ठ, : काठमाडौ : प्रगति पुस्तक सदन, २०६४), पृ.७२ ।
माक्र्स–एङ्गेल्सले सुरूदेखि नै एकातिर समाजवादी आन्दोलनमा घुसेका अराजकतावादीहरू, जसले केही मुठ्ठीभर विद्रोहीले षड्यन्त्र र धोकापूर्ण तरिकाले विद्रोह गर्ने कुराको वकालत गर्दथे, अर्काेतिर लासाल र प्रुधो“जस्ता दक्षिणपन्थीहरू, जसले समाजको श्रमिक विकासमात्र देख्दथे, का विरूद्ध सङ्घर्ष गर्दै माक्र्सवादी अवधारणा विकास गर्ने काम गर्नुभयो । बाकुनिन र ब्लाङ्कीको अराजकतावाद र केही मुठ्ठीभर वीरहरू क्रान्ति र विद्रोह सम्पन्न गर्नसक्छन् भन्ने अवधारणाका विरूद्ध वहाँहरूले लामो र कठिन सङ्घर्ष सञ्चालन गर्नुभयो । क्रान्ति कसरी हुन्छ ? माक्र्स भन्नुहुन्छ— “आफ्नो विकासको एक खास चरणमा पुगेपछि समाजका भौतिक उत्पादनशक्तिहरू तत्कालीन उत्पादनसम्बन्धहरूसँग टकराउँछन् र तिनका लागि बाधक बन्नजान्छन् । अनि सामाजिक क्रान्तिको युग सुरु हुन्छ ।”४  उधृत्, लेनिन, सङ्कलित रचना, भाग १–४, ( काठमाडौ : ऐरावती प्रकाशन, २०६६), पृ.३७७ ।  अराजकतावादी पुँजीवादी शोषणको कारकको रूपमा राज्यकै उन्मुलनको हावादारी कुरा गरिरहँदा माक्र्सले राज्य समाजवाद कालभरि सर्वहाराको अधिनायकत्व कायम गर्न आवश्यक परिरहने तथ्यलाई पुष्टि गर्नुभयो । साथै दक्षिणपन्थीहरू क्रमिक विकासको भडुँवा विकासवादी सोचाइका विरूद्ध माक्र्सले क्रान्ति र विद्रोहलाई सचेततापूर्वक अंगाल्नुपर्ने तथ्यहरूतिर जोड दिइरहनुभयो । एङ्गेल्स लेख्नुहुन्छ “... कि इतिहासमा बलप्रयोगको (अनिष्ठकर्ताको भूमिकाको अतिरिक्त) अर्काे भूमिका पनि छ  अर्थात् क्रान्तिकारी भूमिका, माक्र्सको शब्दमा, त्यो नयाँलाई गर्भमा धारण गर्ने प्रत्येक पुरानो समाजको सुडेनी हो । बलप्रयोग नै यस्तो अस्त्र हो जसको मद्दतद्वारा सामाजिक प्रगतिले आफ्नो बाटो प्रशस्त पार्दछ र जड तथा मृत राजनैतिक रूपहरूलाई चकनाचुर पार्दछ । छ  लेनिन,  ऐजन ।    माक्र्स–एङ्गेल्सले आफ्ना प्रस्थापनालाई व्यवहारमा उतार्न र त्यहाँबाट आफ्ना  प्रस्थापनाहरूलाई परिमार्जन गर्न पाउनुभएको  पेरिस कम्युनबाट हो । यो विद्रोह वहाँहरूले एकदेशमा मात्र विद्रोह सफल र टिक्न सक्तैन भन्ने प्रस्थापनाको अपवादजस्तो देखिन्छ । हुन त वहाँले फ्रान्सका मजदुरहरू परिपक्व भइसकेका छैनन् तसर्थ अहिले नै विद्रोहको पहल गरिहाल्नु मूर्खता हुन्छ भन्ने चेतावनी पेरिस कम्युन सुरु हुनुभन्दा आधा वर्षभन्दा पहिला नै दिनुभएको थियो । अन्तर्राष्ट्रिय मजदुर सङ्घका युरोप र संयुक्त राज्य अमेरिकाका सदस्यहरूलाई लेखिएको आब्ह्वान–पत्र जुन ६–९ सेप्टेम्बर १८७० मा जारी गरिएको थियो, त्यहाँ माक्र्सले फ्रान्सका मजदुरहरूलाई चेतावनी दिंदै भन्नुभएको थियो—“फ्रान्सको मजदुरवर्गले अति जटिल अवस्थामा काम गर्नुपरेको छ । वर्तमान सङ्कटावस्थामा जब शत्रु सेना झण्डै पेरिसको ढोका घच्घच्याउन थालिएको छ, नयाँ सरकार पल्टाउने प्रयास नैराश्यपूर्ण मूर्खता मात्र ठहरिनेछ ।....... उनीहरूले अतितलाई दोहो¥याउने होइन, भविष्यको निर्माण गर्नुपरेको छ”।६ माक्र्स–एङ्गेल्स–पेरिस कम्युन, अनु राजेन्द्र मास्के, ( काठमाडौं विवेक सिर्जनशील प्रा.लि. २०६३), पृ.५५ । माक्र्सको उक्त चेतावनीलाई बेवास्ता गर्दै फ्रान्सको समाजवादी आन्दोलनमा हावी रहेको ब्लाङ्की र प्रुधोँहरुले विद्रोह सुरु गरेपछि माक्र्सले त्यसको उच्च मूल्याङ्कन गर्नुभयो । पेरिस कम्युन प्रतिविद्रोहद्वारा नदबाउदासम्म उचित राय सल्लाह र निर्देशन दिइरहनुभयो  । ती सल्लाहहरू विद्रोही नेताहरूले मानेनन् र असफल भए । कम्युन ७२ दिनपछि ध्वंस भयो वहा“ले त्यसको युगान्तकारी भूमिका रहेको भनेर प्रशंसा गर्नुभयो । 
२.२. लेनिन र जनविद्रोह 
विद्रोहका बारेमा माक्र्स– एङ्गेल्सका विचारहरूलाई अगाडि बढाउन र त्यसलाई विकास गर्ने काम वहाँका सच्चा उत्तराधिकारी लेनिनले विस्तृत रूपमा गर्नुभएको छ । आज कम्युनिस्टहरूले विद्रोहको रूसी मोडेल भनेर जेलाई भन्दछन् त्यो मुलतः लेनिनले वैचारिक, राजनैतिक र व्यावहारिक रूपमा रूसमा विकास गर्नुभएको योगदान नै हो । पुँजीवाद साम्राज्यवादमा विकास भएको विस्तृत संश्लेषण गर्दै लेनिनले ‘एक देशमा पनि क्रान्ति सम्भव छ’ र ‘अब त्यो पश्चिम युरोपमा हैन सापेक्षिक कम विकसित पूर्वी युरोप रूसमा सम्भव छ’ भन्ने प्रस्थापना अघि सार्दै त्यसलाई मूर्त रूप दिनुभयो । यसको पहिलो प्रयोग १९०५–०६ मा भयो । यद्यपि त्यो सफल हुन सकेन । तर त्यहाँबाट वहाँले महत्वपूर्ण निष्कर्ष निकाल्नुभयो । ‘मास्को विद्रोहको शिक्षा’ लगायतका आफ्ना लेखहरूमा लेनिनले जनविद्रोह कसरी गर्ने र कसरी टिकाउने भन्ने कुरामा ध्यान दिनुभएको छ । वहाँले जनविद्रोहबारे आमजनतामा व्यापक प्रचार गरिनुपर्छ र कुनै पनि बहानामा यस प्रश्नलाई दबाउने वा कुनै अन्य किसिमले धमिल्याउने प्रयास गर्नु हुँदैन भन्नुभयो । लेनिन भन्नुहुन्छ— “तत्कालीन लक्ष्य शत्रुलाई खतम गर्नका लागि एउटा भयङ्कर, रक्तपातपूर्ण युद्ध गर्नुपर्ने हुन्छ भन्ने कुरालाई हामीले जनताबाट लुकायौ“ भने हामीले आफू र जनता दुवैलाई धोका दिनेछौ“ ।७” लेनिन– क्रान्तिकारी सेना र क्रान्तिकारी सरकार, अनु. देवेन्द्र तिम्ला, ( काठमाडौ“ : रक्तिम प्रकाशन २०६३), पृ.८७ । यसैगरी उक्त असफल विद्रोहको समुचित संश्लेषण गर्दै लेनिन भन्नुहुन्छ– “आमजनताले जान्नुपर्छ कि त्यो (रुसी क्रान्ति–शब्द मेरो) सशस्त्र, रक्तरञ्जित तथा भयानक सङ्घर्षको क्रममा प्रवेश गरिरहेको छ । आममानिसहरूबीच मृत्युप्रति तिरस्कारको भावना व्यापक रूपले फैलनुपर्छ, त्यसैले जीत सुनिश्चित बन्दछ । शत्रुको विरूद्ध बढीभन्दा बढी जोडले हमला गर्नुपर्छ, आमजनताको नारा रक्षात्मक होइन, आक्रामक हुनुपर्छ, शत्रुको निमर्ममतासाथ निर्मूल त्यसको काम हुनेछ, सङ्घर्षलाई गतिशील तथा लचिलो बनाउनुपर्छ, सैनिकहरूभित्र भएका अस्तव्यस्त तत्वहरूलाई सक्रिय सङ्घर्षको दायरामा ल्याउनुपर्छ र यस निर्णायक सङ्घर्षको दौरानमा वर्गसचेत सर्वहारावर्गको पार्टीले पूर्ण रूपमा आफ्नो कर्तव्य पूरा गर्नुपर्छ ।”८ लेनिन,  ऐजन ।
पछि लेनिनले रूस जस्ता पुँजीवादी देशमा विद्रोहको वस्तुगत र आत्मगत परिस्थितिका बारेमा गरिएको निष्कर्ष नै विश्वकम्युनिस्ट आन्दोलनका लागि शास्त्रीय मोडल बन्नपुग्यो । बोल्सेबिक क्रान्तिको सफलताभन्दा ठीक एक महिनाअगाडि लेनिनले आफ्नो ‘माक्र्सवाद र विद्रोह’ नामक लेखमा विद्रोहको लागि आवश्यक सर्तका बारेमा प्रकाश पार्नुभएको छ । लेनिन लेख्नुहुन्छ— “विद्रोह सफल हुनका लागि यो कुनै षडयन्त्र अथवा कुनै एक पार्टीमा आधारित नभएर अग्रगामी वर्गमाथि आधारित भएको हुनुपर्छ । विद्रोह जनताको उत्साहमा आधारित हुनुपर्छ, विद्रोह उर्लदो क्रान्तिकारी इतिहासको एक त्यस्तो सङ्क्रमणकालीन बिन्दुमा आधारित हुनुपर्छ, जब जनताको अग्रपङ्क्तिको सक्रियता आफ्नो पराकाष्ठामा पुगेको हुन्छ, जब शत्रुपङ्क्तिमा तथा क्रान्तिका कमजोर, हिच्किचाउँदा, अदृश्य मित्रहरूको पङ्क्तिमा सबैभन्दा बढी डाँवाडोल हुनथाल्छ ।९” लेनिन, सङ्कलित रचना भाग ५–८ (काठमाडौ : ऐरावती प्रकाशन ०६३), पृ.११ । यसैगरी वहाँले ‘दोश्रो इन्टरनेशनलको पतन’ नामक आफ्नो कृतिमा विद्रोहका लागि तीनवटा वस्तुगत परिस्थिति निर्मित भएको हुनुपर्छ भन्नुभएको छ । जसअनुसार—१. जब शासक वर्गहरूका लागि बिनाकुनै परिवर्तन आफ्नो शासन कायम राख्न असम्भव होस्, जब कुनै न कुनै रूपमा ‘उच्च’ वर्गहरूभित्र, सङ्कट पैदा भएको होस्, शासक वर्गहरूका नीतिमा सङ्कट देखियोस्, जसको कारण एउटा यस्तो खाडल उत्पन्न होस्, जसका बीचबाट उत्पीडित वर्गहरूको असन्तोष तथा आक्रोस विस्फोटित हुन जाओस् । क्रान्ति हुनका लागि आमरूपमा तल्लो वर्गले पुरानो ढङ्गले रहन असमर्थ बनोस्, २. जब उत्पीडित वर्गको दुःख तथा गरिबी सामान्यभन्दा बढी तीक्ष्ण होस् र ३. जब उपरोक्त कारणहरूको फलस्वरूप ती जनसमुदायहरूको गतिविधि निकै वृद्धि आओस् ‘जो शान्तिपूर्ण’ कालमा बिनाविरोध आफूलाई लुट्न दिन्छन्, अपितु आँधीमय अवधिमा सङ्कटका तमाम परिस्थितिहरूद्वारा तथा स्वयम् ‘उच्च वर्गहरू’ द्वारा पनि स्वाधीन ऐतिहासिक कारबाहीमा तानिन्छन् ।  उपयुक्र्त वस्तुगत स्थितिले मात्र कुनै देशमा क्रान्ति र विद्रोह सफल हुँदैन वस्तुगत परिस्थितिको कारणबाट मात्र विद्रोहको परिकल्पना गर्नु स्वस्फुर्तवाद हो, माक्र्सवाद हैन । विद्रोहको लागि वस्तुगत परिस्थितिका साथै अर्काे आत्मगत परिस्थितिको पनि आवश्यकता पर्दछ । यो भनेको पार्टी, नेतृत्व, तयारी, शक्तिविन्यास आदि सचेतन पक्षसँग सम्बन्धित छ । वस्तुगत परिस्थितिले विद्रोहको सफलताका लागि सम्भावना मात्र दिन्छ । परन्तु यी सम्भावनाहरूलाई वास्तविकतामा परिणत गर्नका लागि मनोगत तत्व पनि सोहीअनुपातमा परिपक्व भएको हुनुपर्छ । लेनिन भन्नुहुन्छ— “हामीले सबैभन्दा पहिला आफ्नो राजनैतिक कार्यनीतिलाई उर्लदो विद्रोहको परिस्थितिअनुकुल ढाल्नुपर्छ, ... बोल्सेबिक दललाई सुदृढ बनाउनुपर्छ, हामीले सङ्ख्यात्मक वृद्धिको चक्करमा फस्नु हुँदैन र अन्काउँदाहरूलाई उनीहरूकै शिविरमा रहन दिनुबाट हिच्किचाउनु हुन्न । उनीहरू दृढसङ्कल्पी तथा अडिग योद्धाहरूको शिविरमा भन्दा त्यही“ क्रान्तिको उद्देश्यको लागि बढी उपयोगी ठहरिनेछन् ।११”लेनिन, ऐजन, पृ. १५ । विद्रोह माथि उल्लेखित वस्तुगत र आत्मगत अवस्थाको मेलबाट उत्पन्न हुन्छ । यी दुवै परिस्थिति परिपक्व भएपश्चात् सर्वहारावर्गको पार्टीले विद्रोहलाई अब कलाको रूपमा प्रयोग गर्न सिपालु बन्नुपर्छ । विद्रोहलाई खालि विज्ञानको अर्थमा मात्र होइन, यसलाई युद्ध र विद्रोहलाई कलात्मक रूपमा लागू गर्न दक्ष भएर मात्र कुनै देशको विद्रोह सफल हुन्छ । माक्र्स र लेनिनले विद्रोहलाई कलाका रूपमा लिनु भन्नाले निम्न तत्वहरूलाई आत्मसात गरिनुपर्छ :
१ विद्रोह त्यसबेलासम्म सुरू नगरियोस् जबसम्म वस्तुगत रूपमा परिपक्व हुँदैन । 
२) निर्णायक क्षणमा, निर्णायक स्थलमा आफ्नो मुख्य शक्तिहरूलाई एकत्रित पार्ने र हमला गर्ने  ।
३) जब विद्रोह सुरू हुन्छ, तब दृढसङ्कल्पका साथ, अदम्य ढङ्गले आक्रमण गर्नुपर्छ । प्रतिरक्षा सशस्त्र विद्रोहको मृत्यु हो ।
४) दैनिक (विद्रोहका दिनमा) कुनै न कुनै सफलता हासिल गर्न प्रयत्नरत भइरहने, चाहे ती जतिसुकै ससाना किन नहोऊन् ।  यसले उत्साह र मनोबल उच्च बनाउँछ ।ज्ञद्द  लेनिन माक्र्सवाद–लेनिनवाद क्या है व. बुजुयेव, व. गोरोदनोव, ( मास्को :  प्रगति प्रकाशन ?), पृ. १९१ ।  
२.३. माओ र जनविद्रोह
    कमरेड माओले तेस्रो विश्वका देशहरूमा लेनिनको क्रान्तिको मोडेल लागू हुन नसक्ने र त्यो फरक ढङ्गले लागू हुने सिद्धान्त र व्यवहा“रद्वारा देखाउनुभयो । सशस्त्र विद्रोहको यो चिनियाँ मोडेलका रूपमा स्थापित छ । लेनिनले पुँजीवादी देशमा सङ्घर्षको सुरुको रूप शान्तिपूर्ण र कानुनी हुने त्यहाँ जनसङ्गठनहरूको व्यापक जालो फैलाएर, ससाना आर्थिक सङ्घर्ष, राजनैतिक सङ्घर्षलाई विकसित गर्दै त्यसलाई राजनैतिक आमहडतालमा विकसित गरी अन्त्यमा माथि बताइएअनुसार वस्तुगत र आत्मगत परिस्थितिको परिपक्वता भएपछि आमसशस्त्र जनविद्रोहमार्फत सत्ता कब्जा गर्ने तरिका सुझाउनुभयो । तर अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकमा जहाँ मजदुरहरूको उपस्थिति अत्यन्त न्यून रहेको र वैधानिक सङ्घर्ष सुरुमा प्रभावकारिता त्यति हुँदैन, त्यहाँ सङ्घर्षको फरक तरिका अवलम्बन हुन्छ । ‘सङ्गठनको रूप फौज र सङ्घर्षको रूप युद्ध’ का रूपमा यसको उठान हुँदै आधारइलाको स्थापना गर्दै दीर्घकालीन जनयुद्धमार्फत रक्षा, सन्तुलन र प्रत्याक्रमणको चरण पार गर्दै शत्रु सेनामाथि सम्पूर्ण रूपले श्रेष्ठ भएपछि विद्रोहमार्फत सत्ता कब्जा गर्ने रणनीति र कार्यनीति अवलम्बन गरिएको हुन्छ । हरेक कामकारबाही र कार्यनीतिहरूलाई युद्धमातहात र युद्धको सेवामा लगाइएको हुन्छ, वैधानिक सङ्घर्ष, दुस्मनसँग गरिने वार्ता र कुटनीतिलगायत यावत क्रियाकलाप दुस्मन सेनालाई धरासायी, छिन्नभिन्न र समाप्त पार्नका लागि उपयोग गरिन्छ । । चीनमा देशव्यापी सत्ता लिनेबारेमा सोच्न थालेको जापानविरोधी राष्ट्रिय युद्ध विजयमा टुङ्गिएपछि हो । यही समयमा च्याङ काइ सेकसँग सत्ताको साझेदारी र संयुक्त सरकारको अवधाणासहित माओ, चाओले १९४५ अक्टोबर १९ मा ‘शान्ति र राष्ट्रिय पुनर्निर्माण’को लागि सम्झौता र सहमति पनि भयो । तर च्याङ काइ सेकले उक्त सम्झौता तोडी गृहयुद्ध आरम्भ गरेपछि माओ र चिनिया“ कम्युनिस्ट पार्टीले त्यसको सशक्त प्रतिरोधको नीति लियो । यसबीच ठूलठूला फौजी अभियानहरू सञ्चालन भए । च्याङ काइ सेकलाई अमेरिकी सहयोग प्राप्त भयो,  तर माओहरूले “कोदो र राइफल” का भरमा विजयी अभियान अघि बढाइरहे । सन् १९४८ सम्म आइपुग्दा चीन रणनैतिक प्रत्याक्रमणको अन्तिम बिन्दु जनविद्रोहको तयारीसम्म आइपुग्यो । यही बेला पुनः एकपल्ट प्रतिक्रियावादी च्याङ काइ शेकसँग वार्ता र कुटनीतिकको प्रक्रिया अघि बढ्यो । पुन केही सम्झौता भए, तर ती पनि कार्यान्वयन भएनन् र अन्ततः विद्रोहको अन्तिम योजना सफलपार्न जनमुक्ति सेनाको ऐतिहासिक केन्द्रीकरण गरी ठूलठूला शहरहरू कब्जा गर्दै अन्ततः फौजी ढङ्गले अन्तिम लडाइ“हरू माओले लड्नुभयो र तिनमा विजय हासिल गरी जनविद्रोहलाई सफल बनाउनुभयो । भियतनाम, कोरिया, कम्युचिया लगायतका देशमा यही तरिकाबाट विद्रोह र क्रान्ति सम्पन्न भएको पाउँछौ“ । 
२.४. माओपछि र जनविद्रोह
    माओको निधनपश्चात् हालसम्म कुनै पनि देशमा विद्रोह सफल भएको छैन । पुँजीवादी र गैरपुँजीवादी दुवै मुलुकहरूमा क्रान्तिका गम्भीर पहल भएका छन् । दसौ“ लाख जनताले बलिदान दिई पनि सके तर जनविद्रोह सफल हुनसकेको छैन । मलाया, चिली, इण्डोनेशिया, श्रीलङ्का, बङ्गलादेश, भारत लगायतका देशमा क्रान्तिका गम्भीर प्रयत्न भए, त्यहाँ लाखौ“को सहादत पनि भयो तर, विद्रोहबाट जनसत्ता स्थापना हुनसकेको छैन । पछिल्लो प्रयत्नका रूपमा पेरू र कमरेड गोञ्जालोले त्यहाँको जनयुद्धलाई रणनैतिक आक्रमण र विद्रोहको तयारीसम्म त पु¥यायो तर त्यसले पनि प्रतिधक्का खानपुग्यो । अन्य देशका कतिपय युद्ध त प्रत्याक्रमणमा नपुग्दै सुरुकै चरणमा ध्वस्त बन्नपुगे । 
रुस चीनलगायतका देशहरूमा प्रतिक्रान्ति भएपछिको बीसौ“ शताब्दीको सत्तरीको दशकमा आउँदा नआउँदा कम्युनिस्टहरू पराजीत र कमजोर बने । नयाँ शिराबाट केही प्रयत्नहरू भए, तर ती पनि सफल नभइसकेपछि विभिन्न ठाउँमा जातीय र धार्मिक युद्धतिर मानिसहरू आकर्षित भए । थुप्रै पार्टीहरूले ‘शान्ति’ को राग अलापिरहे, तर युद्ध रोकिएन । जातीय मुक्तिसङ्घर्ष र धार्मिक स्वतन्त्रताका नाममा आतङ्कवादी शैलीमा ठूलाठूला घटनाहरू भइरहे । तर यी सबैले सही विचारबाट निर्देशित नभएकाले तिनले विश्वमा आतङ्क मच्चाउन, शासकहरूलाई केही कमजोर बनाउन त सहयोगी बने तर विद्रोह र क्रान्तितिर ती कुनै पनि जान सकेनन् र सक्तैनन् पनि । 
नेपालको जनयुद्ध विगत डेढ सय वर्षदेखि सर्वहारावर्गले प्राप्त गरेको विजय र पराजयलाई गम्भीर अध्ययन गरेर सञ्चालन र विकसित भएको नवीनतम् प्रयास हो । यो अहिले दस वर्षको महान् जनयुद्धबाट रणनैतिक प्रत्याक्रमण र विद्रोहको तयारी र चार वर्षको सापेक्षित शान्तिपूर्ण अवधि पार गर्दै जनविद्रोहमार्फत नेपालमा नयाँ जनवादी राज्यव्यवस्था निर्माण गर्ने सङ्घारमा उभिएको छ । यसले जनविद्रोहको विगतका कतिपय शास्त्रीय मान्यतालाई उल्लङ्घन गरिसकेको छ र यसको पूर्णतासम्म पुग्दा अझ थुप्रै मान्यतालाई भत्काउने निश्चित छ । क्रान्तिको विकास हुने र पुनरावृत्ति नहुने माक्र्सवादको वैज्ञानिक सच्चाइलाई आत्मसात गर्दै यो अघि बढिरहेको छ । 
३. नेपाल र जनविद्रोह
नेपाल एकीकरण भएपछि यसकोे आधुनिक युगको सुरुवात मानिन्छ । त्यसपछिका करिब दुई शताब्दीसम्म यहाँ थुप्रै प्रकृत्तिका हिंसात्मक झडपहरू भएका छन्, कोतपर्वजस्ता नरसंहार भएको छ । तरबार र बन्दुकको बलमा सरकार परिवर्तन भएका छन् । तर, ती प्रायः सबै अन्यायपूर्ण सङ्घर्ष र लडाइ“हरू थिए । तिनको नेपाली जनताको प्रगति र भविष्यसँग केही पनि मतलब थिएन, न त ती लडाइ“मा जनताको प्रत्यक्ष सहभागिता र चासो नै थियो । ती सबै प्रतिक्रियावादीकै यो वा त्यो गुट र यो वा त्यो व्यक्तिलाई सत्ताको शीर्ष स्थानमा पु¥याउने विभत्स षड्यन्त्रबाहेक अरू केही पनि थिएनन् । 
सामन्ती शासनका विरूद्ध जनताका छोराछोरीहरूको पनि संलग्नतामा भएको पहिलो लडाइ“ नेपाली काङ्ग्रेसको नेतृत्वमा २००७ मा भएको पाइन्छ । यो पहिलो व्यवस्थित विद्रोह (च्भखयति) थियो । यद्यपि लखन थापा, प्रजापरिषद्को नेतृत्वमा भएका केही प्रयत्न विगतमा नभएका होइनन् । तर, तिनले राष्ट्रव्यापी जागरण ल्याउनसकेका थिएनन् । २००७ सालमा देशमा यसले जागरण पैदा ग¥यो । जनताका छोराछोरी बन्दुक लिएर मुक्तिवाहिनी सेना निर्माण गरी युद्धमा हामफाले । तर, नेतृत्वको वर्गचरित्र र सीमाका कारण त्यो देशव्यापी जनविद्रोहमा रूपान्तरित हुन सकेन । बरू उल्टै त्यो दिल्ली सम्झौतामा गएर टुङ्गियो । कम्युनिस्टइतरबाट चलाइएको यो नै सबैभन्दा ठूलो विद्रोह (च्भखयति) थियो । त्यसपछि के आई सिंह, भीमदत्त पन्त, नेपाली काङ्ग्रेसकै नेतृत्वमा ०१७ सालपछि भएका केही प्रयत्न यहाँ विशेष स्मरणीय छन् । तर अहिले साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा जनविद्रोहको वास्तविक नेता र पहलकर्ता कम्युनिस्ट पार्टी मात्र हुन्छ भन्ने विश्व र नेपालकै घटनाक्रमबाट पुष्टि भएको छ । वैचारिक कोणबाट जनविद्रोह कम्युनिस्ट पार्टीको गठनसँगै आएको भए तापनि त्यसले व्यावहा“रिक रूप दिन सकेको पाइदै“न । यहाँ व्यावहा“रिक रूप भन्नाले त्यो क्षणमै जनविद्रोहमा जानुपर्दथ्यो र जान सकिन्छ भन्न खोजिएको होइन, परन्तु जनविद्रोहलाई लक्ष्य बनाएर नेपालको ठोस वस्तुस्थितिअनुसारको क्रान्तिको प्रारम्भिक कामहरूको व्यवस्थित सुरुवात भन्न खोजिएको हो । पार्टीगठनको शैशवास्थामा पूर्वी तराईका केही जिल्लामा सञ्चालित सामान्य प्रकारका किसान सङ्घर्षलाई समेत नेतृत्व दिन तत्कालीन नेपाल कम्युनिस्ट पार्टी अक्षम भयो । यही प्रकरणपश्चात् दुस्मनको प्रतिरोधलाई चिर्न नसकी सामन्ती शासकका सामु आत्मसमर्पण गरी सिङ्गो पार्टीलाई नै दक्षिणपन्थी बनाइसकेपछि जनविद्रोहको त के कुरा सामान्य जनसङ्घर्षको पनि क्रान्तिकारी ढङ्गले गर्न नसक्ने अवस्थामा तत्कालीन नेतृत्व पुग्यो । 
जनविद्रोहका बारेमा नेपालका कम्युनिस्टहरूले व्यवस्थित अध्ययन,  छलफल र बहस गरेको भनेको रूस र चीनबीच साठीको दशकमा चलेको  महान् बहस (न्चभबत म्भदबतभ) बाट नै हो । नेपाली क्रान्ति रूस र चीनमध्ये कसको बाटोबाट गएर पूरा हुन्छ भन्नेमा प्रत्यक्ष र अप्रत्यक्ष बहसहरू भए र त्यसैको फलस्वरूप  कम्युनिस्ट पार्टीमा दुईवटा ठूला चिरा परे । केशरजङ्ग, तुलसीलाल, मानन्धर, वर्मालगायतका नेताहरूले रूसी बाटो ? (वास्तवमा त्यो महान् लेनिनले प्रतिपादन गर्नुभएको सशस्त्र विद्रोहको बाटो नभई खु्रस्चेबको शान्तिपूर्ण सङ्क्रमणको संशोधनवादी बाटो नै थियो) लाई पछ्याए भने पुष्पलाल, झापाली र चौमले चिनियाँ बाटो अङ्गिकार गरे । यी बहसहरू ती बेला वैचारिक राजनैतिक तहमा मात्र थिए, तर एकाध अपवादबाहेक ती कार्यान्वयनको तहमा गएनन्, जसले रूसको पक्ष लिए ती या त दरबारको सेवामा आफूलाई लगाए या खुला घोर दक्षिणपन्थी सुधारवादी बने । अर्काेतिर झापाली युवा क्रान्तिकारीले विद्यमान राज्यसत्ताका विरूद्ध विद्रोह (चभखयति )सम्म सङ्घर्षलाई पु¥यायो । केही भूमिगत सशस्त्र गतिविधिहरू चलायो, तर त्यो दीर्घकालीन जनयुद्धको मूल मर्मअनुरूप चल्न सकेन र त्यसले पनि गति लिएन । र, अन्ततः त्यो पनि शान्तिपूर्ण सङ्क्रमणको खु्रस्चेबी संशोधनवादमा पतन भयो । पुष्पलालहरूले व्यावहा“रिक काममा विचारलाई जनसमक्ष पु¥याउन सकेनन् । केही प्रयत्न रूपलालहरूले गरे । जुगेडी–जुटपानी किसान सङ्घर्ष, पूर्तिघाट बैङ्ककब्जा आदि केही काम भए, तर ती पनि निरन्तरतामा हुन सकेनन् । 
नेपालको कम्युनिस्ट आन्दोलन लामो समयसम्म सङ्घर्षको वैज्ञानिक कार्ययोजना निर्माण गर्न पूर्णतः असफल भइरहेको स्थितिमा चौथो महाधिवेशनभित्र कमरेड किरण, कमरेड प्रचण्ड, कमरेड वादल, कमरेड भक्तबहादुर, कमरेड गौरवलगायतको युवा क्रान्तिकारी टिम नयाँ ढङ्गले बहस गर्दै अगाडि आयो । यही टिमले लामो वैचारिक सङ्घर्ष र सबैखाले अवसरवादलाई पराजित गरी नेपालमा दीर्घकालीन जनयुद्धको स्पष्ट कार्यदिशासहित पञ्चायतको अन्त्यकालमै जनयुद्ध थालनीको अन्तिम तयारीमा सङ्घर्षलाई पु¥यायो  । ज्ञघ (विस्तृत अध्ययनका लागि हेर्नुहोस्– सूर्य सुवेदी ‘ पथिक’, ‘नेपालमा माओवादी विश्वविद्यालय ः सङ्घर्ष र निरन्तरता’, समयबद्ध  ३ ः ३ : ८ : ( मङ्सिर/पुस, २०६७), पृ.१२४–१४६ । पछि कमरेड प्रचण्डको नेतृत्वमा निर्मित नेकपा (एकता केन्द्र) भित्र लामो वैचारिक–राजनैतिक सङ्घर्षका क्रममा जनयुद्धको कार्यदिशा खारिएर यो व्यावहारिक कार्यन्वयनको तहसम्म आइपुग्यो । 
४. नेकपा (माओवादी) र जनविद्रोह
४.१. जनविद्रोहबारे सामान्य अवधारणाको विकासक्रम
माओले विकास गर्नुभएको दीर्घकालीन जनयुद्धको कार्यदिशालाई नेपालको ठोस सन्दर्भमा लागू गर्दै नेपालका माओवादीले ०५२ सालबाट युद्धलाई बढाए । २०५७ सालसम्म आइपुग्दा जनयुद्धका पाँच वर्षसम्मका अनुभवहरूलाई समेत संश्लेषित गर्दै ‘दीर्घकालीन जनयुद्धमा सशस्त्र विद्रोहका कतिपय कार्यनीतिको समायोजन’ को नयाँ र तेस्रो कार्यदिशाको रूपमा विकास गरिएको घोषणा गरियो, जसअनुसार अर्धसामन्ती, अर्धऔपनिवेशिक मुलुकमा दीर्घकालीन जनयुद्धको चिनिया“ मोडेल मुख्य कार्यदिशा हुँदाहुँदै पनि सुरुदेखि नै सशस्त्र जनविद्रोहका (रुसी मोडेल) कतिपय कार्यनीतिहरूलाई समावेश गरिएको समायोजित कार्यदिशा अङ्गिकार भयो । यही राष्ट्रिय सम्मेलनबाट जनविद्रोहका बारेमा कसरी व्यावहा“रिक रूप दिन सकिन्छ भनेर समीक्षा गर्न खोजिएको पाइन्छ । दोश्रो राष्ट्रिय सम्मेलन भन्दछ— “...दीर्घकालीन जनयुद्धका रणनीतिक चरणहरूको विकासप्रक्रियामा विशिष्ट खालको प्रभावअन्तर्गत यसबाट बाह्य साम्राज्यवादी सैन्यहस्तक्षेप नभएको स्थितिमा सामान्यतः रणनीतिक रक्षाको चरणअन्तर्गत नै आधारइलाकाहरूको विकास तथा अन्तिम विद्रोहको तयारी अगाडि बढाउनुपर्ने तथा सन्तुलन र आक्रमणको चरण सापेक्षिक रूपले अत्यन्त तीव्र छोटो एवम् विद्रोहात्मक बन्ने कुरा देख्न सकिन्छ । पेरूको जनयुद्धमा  लागेको पछिल्लो धक्काको अनुभवका पृष्ठभूमिमा समेत यस विषयको गम्भीरतालाई बुझ्न सकिन्छ । यदि बाह्य सैन्यहस्तक्षेप भएमा त्यसले राष्ट्रिय युद्धको रूप लिनेछ र त्यहाँ पनि यसको विकास प्रक्रिया मूलतः यही दिशा पकड्ने छ ।”ज्ञद्ध प्रचण्ड, छानिएका रचनाहरू खण्ड २ (काठमाडौ : जनदिशा प्रकाशन,  २०६४), पृ. ३२४ ।  
जनयुद्धको रणनैतिक रक्षाको अन्तिम चरणतिर देशमा विकास भएको समग्र लडाइहरूको संश्लेषण गर्दै भावी चरणहरू र जनविद्रोहको प्रारम्भिक खाका पेश गरिएको यहाँ पाइन्छ । यद्यपि दोस्रो राष्ट्रिय सम्मेलनले अनुमान गरेभन्दा भिन्न ढङ्गले सन्तुलन र प्रत्याक्रमणको चरणहरू पनि नेपालमा पट्यारलाग्दा र लामा नै बनेको र बन्दैगएको हो तापनि त्यहाँ गृहयुद्ध वा राष्ट्रिय युद्ध हुँदा जनविद्रोह र लडाइको स्वरूपबारे दिइएका कतिपय सश्लेषणलाई अहिले पनि विशेष ध्यान दिनयोग्य देखिन्छ । 
पहिलो वार्ताकालपूर्व त्यसको तयारीका सन्दर्भमा बसेको नेकपा (माओवादी) को सिलिगुडी केन्द्रीय समितिको बैठकले समग्र शक्तिसन्तुलनलाई विचार गरी युद्ध रणनैतिक सन्तुलनमा प्रवेश गरेको निष्कर्ष निकाल्यो । दुस्मन पङ्क्तिको मुख्य शक्ति शाही नेपाली सेनासँग एउटा पनि लडाइ“ नलडी विशिष्ट ढङ्गले नेपाली मौलिकतामा उक्त चरणमा पुगिएको संश्लेषण गर्न पुगेको थियो । सोही बैठकले पहिलो पटक वार्ताको टेबुलद्वारा प्रतिक्रियावादी शिविरमा मनोबल गिराउने र जनतालाई आमजनविद्रोहमा उतार्न प्रयत्न गर्ने निर्णय ग¥यो । यही बैठकले देशभरिबाट पाँच लाखभन्दा बढी जनतालाई राजधानीमा उतार्ने र जनविद्रोहको अभ्यास गर्ने नीति लियो । केन्द्रीय समितिको उक्त दस्तावेजले भनेको छ— “पुरानो सत्तासँगको वार्ताप्रक्रियालाई जनताको विजयमा बदल्न तथा सो असफल भएमा विद्रोहमा बदल्न आमजनसमुदायलाई व्यापक रूपले परिचालन गर्नु ।”ज्ञछ प्रचण्ड, ऐजन, पृ.३५६ । तत्कालीन शक्तिसन्तुलनको अवस्थाले पार्टीको उक्त निर्णय लागू हुन सकेन । प्रतिक्रियावादीले जनतालाई काठमाडौ“ जानबाट रोक्न निषेधाज्ञा लागू ग¥यो । फलतः पार्टीले आफ्नो कार्यक्रम फिर्ता लियो र वार्तापछि फौजी अभियानलाई तीव्र बनायो । यसपछिका करिब तीन वर्ष लगातार रणनीतिक सन्तुलनमा रही शाही सेनासँग जीवनमरणका ठूलठूला फौजी मुठभेडहरू भए र यिनमा जनमुक्ति सेना मुलतः विजयी बन्यो । यही परिवेशमा २०६१ मा रोल्पा फुन्टीवाङमा बसेको केन्द्रीय समितिको बैठकले ‘क्रान्तिकारी रूपान्तरणको प्रक्रियालाई नयाँ उँचाइमा उठाउँदै रणनीतिक प्रत्याक्रमणको चरणमा प्रवेश गरौ“’ नामक दस्तावेज पास ग¥यो । उक्त दस्तावेजमा जनविद्रोहको केही रेखाङ्कन गर्ने काम भएको छ । खासगरी शाही नेपाली सेनालाई साम्राज्यवादी–विस्तारवादीले आड र टेको नदिएको भए नेपालमा जनविद्रोह सफल भइसक्ने आकलन गर्दै कुनै पनि बेला देशमा विद्रोह भड्कन सक्छ, तसर्थ पार्टी तमतयार भएर बस्नुपर्छ भन्ने निष्कर्ष निकालेको थियो । तर, यसो हुँदाहँुदै पनि रणनैतिक प्रत्याक्रमण र जनविद्रोह एउटै कुरा नभएको र प्रत्याक्रमणको केही वर्षहरूका योजनाहरू पार गरिसकेपछि मात्र जनविद्रोहमा जान सकिने कुरातर्फ उक्त बैठकले औ“ल्याएको थियो । 
४.२. चुनवाङ बैठक र जनविद्रोह
हाम्रो पार्टीको २०६२ असोज कात्तिकमा सम्पन्न प्रसिद्ध चुनवाङ बैठकमा कतिपय निर्णयहरूका बारेमा अहिलेसम्म पनि काफी वादविवाद र अन्तर्सङ्घर्ष विद्यमान् छन् । अहिले त्यसबारेको वास्तविक बुझाइबारे हामी गम्भीर बहसमा छौं । यथोचित समयमा हामी सही संश्लेषणमा पुगौला । अहिले धेरै चर्चा नगरौं । तर, चुनवाङ बैठकले विगतमा गरेका कतिपय निर्णयहरूलाई पुनर्मूल्याङ्कन गर्दै नयाँ ढङ्गले जनविद्रोहको परिकल्पना गरेको छ । हामी अहिले यही प्रसङ्गमा ध्यान बढी केन्द्रित गर्न लागिरहेका छौं । चुनवाङले भावी जनविद्रोहको परिकल्पना गर्दा अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय परिस्थितिको केही नयाँ समीक्षा गरेको पाइन्छ । खासगरी युद्धका दृष्टिले भियतनाम युद्धपश्चात् साम्राज्यवादले दीर्घकालीन जनयुद्धमाथि फौजी श्रेष्ठता हासिल गरेको चुनवाङको ठम्याइ रहेको छ । साम्राज्यवादका नीतिनिर्माताहरूले दीर्घकालीन जनयुद्धलाई ग्रामीण क्षेत्रमा लामो समयसम्म चलाउन दिइरहने तर शहरहरू मजबुत रूपमा सुरक्षित गरिरहने र कम्युनिस्टहरूलाई थकाएर, जनतासँग अन्तर्विरोध पैदा गराइदिएर ध्वंस गर्न सकिन्छ भन्ने उनीहरूको धारणा रहेको चुनवाङ बैठकको निष्कर्ष रहेको छ । यस दृष्टिले दीर्घकालीन जनयुद्ध र माओवादी फौजी रणनीति दीर्घकालीन दृष्टिले पार्टीको लागि त्यति सुविधाजनक नरहेको तसर्थ फ्यूजन (fusion) को कार्यदिशाको पनि विकास गरेर मात्र २१ औ“ शदीको मोर्चामा विजय हासिल गर्न सकिन्छ भन्ने निष्कर्ष दिंदै सशस्त्र जनविद्रोहपूर्व नै शहरमा पनि समानान्तर ढङ्गले प्रवेश र हस्तक्षेपको फौजी र राजनैतिक कार्यक्रमको माग चुनवाङले देखायो । यहाँ लोकतान्त्रिक गणतन्त्रको राजनैतिक कार्यक्रमबारे धेरैलाई थाहा भए पनि त्यसकोे फौजी कार्यनीति ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ बारे अलि कमलाई नै थाहा छ । यदि १२ बुँदे सहमति, वार्ता र शान्तिप्रक्रिया नभएको भए हामीले फौजी गतिविधिलाई अलि नयाँ ढङ्गले परिचालन गर्ने र जनविद्रोहबारे पनि अलि नयाँ संश्लेषण गरिने निश्चित थियो । वस्तुस्थितिले हामीलाई १२ बुँदे र नयाँ राजनीतिक यात्रातर्फ डो¥यायो । यति हुँदाहुँदै पनि लोकतान्त्रिक गणतन्त्रमा प्रवेश चुनवाङ बैठक र त्यसपछि जनविद्रोहको बारेमा अवधारणाहरू लगातार आइरहे । तर, ती योजनाबद्धभन्दा पनि मूल राजनैतिक कार्यनैतिकअन्तर्गत प्रतिक्रियावादीसँग गरेको वार्ता र कुटनीतिमा केही कुरा नमिलेपछि वा त्यहाँ असफलतातिर जाने स्थिति भएपछि सडक र विद्रोहलाई प्रयोग गर्ने पूरक कार्यनीतिका अर्थमा लगातार प्रयोग भइरह्यो । 
चुनवाङदेखिका केही वर्षको कार्यनीतिमा शान्तिपूर्ण तवरले संविधानसभाबाट जनताको संविधान निर्माण गर्न सकिने, यसरी देशको आर्थिक, राजनीतिक÷सामाजिक पुनर्संरचना गरी सामन्तवादबाट नयाँ जनवादी राज्यसत्तामा पुग्ने परिकल्पना गरिएको बढी देखिन्छ । यसकालमा क्रान्तिकारी हिंसालाई पूर्ण बन्देज नलगाइए तापनि त्यसको सम्भावनालाई कम गर्दै लगिएको पाइन्छ । त्यस प्रक्रियालाई ‘क्रान्तिको शान्तिपूर्ण विकास’को रूपमा लिइयो । खासगरी सामन्तवाद र त्यसको नाइके राजतन्त्रका विरूद्धको सङ्घर्षका क्रममा संसदवादी राजतन्त्रविरोधी सबै राष्ट्रिय शक्तिहरू माओवादीको संयुक्त मोर्चाकालमा यो कार्यनीतिले नेपालमा प्रगतिशील भूमिका खेल्यो । गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, अभूतपूर्व राष्ट्रिय जागरण र त्यसको नेतृत्व गर्ने लोकतान्त्रिक गणतन्त्र प्राप्त भयो । 
४.३. खरिपाटी राष्ट्रिय भेला र जनविद्रोह
राजतन्त्र समाप्तिसँगै वस्तुस्थितिमा परिवर्तन भई चुनवाङ बैठकले लिएको कार्यनीति मूलतः पूरा भएको र नयाँ कार्यनीति निर्माण गर्नुपर्ने अभिभारा नेकपा (माओवादी) मा आइपुग्यो । यही बिन्दुबाट अगाडि कसरी बढ्ने विषयमा पार्टीभित्र तीव्र दुई लाइन सङ्घर्ष सञ्चालन भयो । पार्टीभित्रका विभिन्न प्रवृत्तिहरूले भिन्नभिन्न दृष्टिकोण र अवधारणा पेश गरे । एक थरी लोकतान्त्रिक गणतन्त्रकै कार्यनीतिको निरन्तरता र विकासका रूपमा देखापरे भने अर्का थरी जनगणतन्त्रको कार्यनीति अवलम्बन गर्ने माग गर्नपुगे । तेस्रो थरी अकर्मण्यता, ढुलमूल र बीचबचाउको रूपमा आए । केही महिना चलेको यो तीव्र वैचारिक राजनैतिक बहस खरिपाटी राष्ट्रिय भेलामा आएर संश्लेषित हुनपुग्यो । त्यही भेलाबाट लोकतान्त्रिक गणतन्त्रको कार्यनीति पूरा भएको र अब जनगणतन्त्रको कार्यनीति अवलम्बन गरिएको घोषणा गरियो । नयाँ जनवादी क्रान्तिको यो अन्तिम कार्यनीतिका अर्थमा परिभाषित गर्दै रणनीति र कार्यनीति एउटै बन्नपुगेको घोषणा गरियो । यो कार्यनीति प्राप्त गर्न जनविद्रोहलाई मूल केन्द्रमा राखेर अन्य कार्यनीतिक शृङ्खलाको विकास गर्न दिशानिर्देश ग¥यो । 
वैचारिक, राजनैतिक दृष्टिले खरिपाटीमा संश्लेषण गरिएको कार्यनीतिको दूरगामी महत्व रहेको छ । यही भेलाबाट पार्टीमा व्याप्त सुधारवाद, सम्झौतावाद, राष्ट्रिय आत्मसमर्पणवादी रूझान र अकर्मण्यतावादको खतराबाट पार्टी र आन्दोलनलाई मुक्त गर्दै सही दिशा निर्देश ग¥यो । यही भेलाले पहिलो पटक नेपालको सर्वहारा वर्गसङ्घर्षको सबैभन्दा उच्च चरण जनविद्रोहमा प्रवेश गरेको घोषणा ग¥यो । यो रूप भलै त्यसबेला तत्कालीन कार्यान्वयनका रूपमा कार्ययोजना र कार्यक्रमिक रूपमा आउन सकेन ।  तर, यसले क्रान्तिकारीहरूलाई बलियो वैचारिक—राजनैतिक नेतृत्व प्रदान गरिरह्यो । पछि पार्टीएकीकरण र एकीकृत नेकपा (माओवादी) को निर्माणपछि पनि जनताको सङ्घीय गणतन्त्र र यसलाई प्राप्त गर्ने जनविद्रोहको योजनाले निरन्तरता पाई नै रह्यो । 
एनेकपा (माओवादी) ले ०६५ मा सम्पन्न चार महिने केन्द्रीय समितिको जनविद्रोहको ठोस कार्ययोजना निर्माण गर्ने प्रयत्न ग¥यो । यही बैठकबाट योजनाबद्ध ढङ्गले तीन धक्काका रूपमा सङ्घर्षलाई मुर्त गर्दै व्यापक पहलकदमी लिने काम भयो । देशव्यापी सङ्घर्षको अभूतपूर्व जनलहर उर्लियो । सङ्घर्षको अन्तिम चरणमा राजधानीलगायतका मुख्यमुख्य शहरमा लाखौ“ जनता केन्द्रित भएर एक हप्तासम्म आमहडताललगायतका सङ्घर्षका कार्यक्रम सम्पन्न गरे । तर, आमराजनैतिक हडताललाई अझ विकसित गरेर जनविद्रोहको रूप दिन पार्टी सफल भएन । जनविद्रोहको अन्तिम निर्णय गर्नुपूर्व वस्तुगत र आत्मगत रूपमा तयारीका न्यूनतम पाटाहरू पूरा नभएका कारण सङ्घर्षको अन्तिम रूपमा जानु आत्महत्या हुने नै थियो । यही सङ्घर्षका कारण विद्रोह नै नभए तापनि माधव गुटको पतन, संविधानसभाको म्याद एक वर्ष बढ्ने र भारतीय विस्तारवादका विरूद्ध राम्रो जनमत बन्ने उल्लेख्य सफलता हासिल भयो ।
४.४ पालुङटार विस्ताररित बैठक र जनविद्रोह
तीन धक्काको कार्ययोजना लक्ष्यअनुरूप जान नसकेपछि पुनः त्यसको गम्भीर समीक्षामा पार्टी लाग्यो । उक्त कार्ययोजना लक्ष्यमा नपुग्नुका अन्य थुपै कारणहरूमध्ये पार्टीभित्र र त्यसमा पनि सर्वाेच्च नेतृत्व टिममा एकरूप बुझाइको अभाव भन्ने  देखाप¥यो । यसलाई हल गर्न काफी प्रयत्नहरू भए । तत्काल हल भएको जस्तो पनि देखियो । पुन उच्च योजनाहरू बने, तर योजना बन्दानबन्दै पुनः अन्तर्सङ्घर्ष भित्रमात्र होइन, छताछुल्ल बजारमा पोखियो । केन्द्रीय समिति समस्या समाधान गर्न सम्पूर्ण रूपले सफल बन्न सकेन । माओवादीको विशेषता ‘जति ठूलो समस्या त्यति ठूलो जनवाद’ अनुसार नै छ, हजार नेता—कार्यकर्ताको केन्द्रीकरणमा छैटौ“ विस्तारित बैठकको आयोजना गरियो । उक्त बैठकले यसअघि नै कमरेड प्रचण्ड, कमरेड किरण र कमरेड बाबुराम भट्टराईद्वारा पेश गरिएका छुट्टाछुट्टै प्रस्तावउपर पार्टीभित्र व्यापक छलफलसहित पालुङ्टार बैठकमा प्रतिनिधि पुगेका थिए । दस्तावेजमाथि सार्वजनिक टीकाटिप्पणी आलोचना र सुझावहरूसमेत आइरहेका थिए । बजारमा पार्टी फुट्ने व्यापक हल्ला चलिरहेको थियो । एनेकपा (माओवादी) भने अत्यन्त शालीनताका साथ देशको भावी क्रान्तिको रेखा कोर्न व्यस्त रह्यो । अत्यन्त उच्च जनवादको प्रयोगमार्फत देशभरिका कार्यकर्ताहरूको भावना केन्द्रित रह्यो । ‘एकता, रूपान्तरण र जनविद्रोह’ का रूपमा विस्तारित बैठकले आफ्नो निष्कर्ष सुनायो । यद्यपि त्यहाँ समग्र पार्टी एकमतमा पुग्न सकेन र पुनः केन्द्रीय समितिलाई नै आफ्नो उपयुक्र्त  म्यान्डेटअनुसार हल गर्न सुझाव दियो । पछि पार्टीले शान्ति, संविधान र सरकारको कार्यनीतिक शृङ्खलाहरूलाई पूरा गर्न प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अन्तिम धक्काका लागि समग्र रूपमा लाग्ने बहुमतका साथ निर्णय लियो । यो निर्णय अहिलेको देशको क्रान्तिको सन्दर्भमा एकमतले गर्नुपर्ने थियो तर त्यसअनुरूप हुन सकेन । वस्तुगत रूपमा देश क्रान्ति र विद्रोहतिर क्रमशः धकलि“दै गइरहेको परिप्रेक्ष्यमा तद्नुरूप आफ्नो पार्टीलाई समग्ररूपमा तयार पार्ने अभिभारामा यसले काफी प्रश्नहरू ते¥स्याएको छ । अहिले क्रान्तिका लागि पार्टीभित्रका विविध प्रवृत्तिहरूलाई एकअर्काको पूरक बनाउन सक्छ कि सक्तैन निकै ठूलो जोखिमका बीच पार्टी अघि बढिरहेको छ । अहिलेसम्मका गतिविधिहरू हेर्दा आन्तरिक पक्षमा झन् एकरूपता र रूपान्तरण होला भन्दा उल्टो दिशा समातेको जस्तो पाइन्छ । क्रान्तिको सबैभन्दा गम्भीर, संवेदनशील र निर्णायक क्षणमा यस प्रकृतिको अन्तर्सङ्घर्ष हुनु हाम्रो पार्टीका लागि दुर्भाग्य नै हो । एक ढिक्काका साथ निर्णायक धक्कामा जाने बेलामा दुई लाइन सङ्घर्षमा पनि शक्ति अलि बढी खर्चिनु  चुनौतीपूर्ण नै छ । यो विषय नेपाली क्रान्ति र जनविद्रोह र यसलाई सफल बनाउने सन्दर्भमा निर्णायक तत्वको बनेरआएको छ । 
५.जनविद्रोहको तयारीसँग जोडिएका पक्षहरू
जनविद्रोहका समग्र अन्तर्राष्ट्रिय अनुभवहरूका आधारमा र विगत केही वर्षयता हाम्रो पार्टीले विकास गर्दैगएको यससम्बन्धी विशिष्ट योजनाहरूलाई नयाँ ढङ्गले संश्लेषित गर्दै पार्टीले केही प्रस्थापनाहरू अघि सारेको छ । क्रान्ति, विद्रोहलाई सफल बनाउन लागिपर्ने सबैले यसलाई गम्भीरताका साथ मनन गर्न जरूरी छ । यससँग जोडिएका केही पक्षहरूका बारेमा सङ्क्षिप्त चर्चा गरौ“ ।  
५.१. वैचारिक पक्ष
शान्तिपूर्ण तवरले नेपालमा लोकतान्त्रिक गणतन्त्रबाट जनताको सङ्घीय गणतन्त्र अर्थात् नयाँ जनवादी गणतन्त्रमा पुग्न सकि“दैन भन्ने विचारलाई दृढतापूर्वक आमपार्टी पङ्क्ति र जनतामा स्थापित गर्न जरूरी छ । दीर्घकालीन जनयुद्धमा मुख्य रूपमा टेकेर सशस्त्र आमविद्रोहको कार्यनीतिलाई समावेश गर्ने राजनैतिक एवम् फौजी कार्यदिशामा दृढतापूर्वक उभिएर यसलाई लागू गर्ने प्रश्नमा स्पष्ट हुनु सर्वाधिक महŒवपूर्ण विषय हो । जनविद्रोह भित्रभित्र भूमिगत ढङ्गले नेतृत्वको सानो टिमले सम्पन्न गर्ने नभई आमजनताले सचेततापूर्वक भाग लिने महान् प्रक्रिया हो । यस विषयमा देखिएको दक्षिणपन्थी अवसरवाद र सारसङ्ग्रहवादसँगको लडाइ“मा विजय प्राप्त गरेर मात्र हामीले यससम्बन्धी तयारी गर्नसक्छौ“ भन्ने कुरा बुझ्न जरुरी छ । यससम्बन्धी शान्तिप्रक्रियामा प्रवेशसँगै निकै ठूलो भ्रम र अन्तर्विरोध विगतमा देखाप¥यो । पालुङ्टार छैटौ“ विस्तारित बैठक र तत्पश्चात् बसेको एमाओवादीको केन्द्रीय समितिको बैठकले धेरै भ्रमहरूलाई हटाएको छ । ‘जनयुद्धको जगमा जनविद्रोह’को नयाँ संश्लेषणमा हामी आइपुगेका छौ“ । यसकोे अर्थ जनयुद्धलाई मुख्य आधार बनाएर विगतमा टुटेका कडीहरूलाई जोड्दै विशाल ग्रामीण क्षेत्रहरूमा नयाँ ढङ्गले पार्टी, सेना र सत्ताका कामलाई व्यवस्थित पार्दै शहरलाई घेराबन्दी गर्ने, राजधानी र शहरमा ठूलठूला सङ्घर्षमार्फत जनविद्रोह सङ्गठित गर्दै गाउँलाई त्योसँग जोड्ने विषयलाई गम्भीरतापूर्वक आत्मसात गर्दै अघि बढ्नेमा स्पष्ट हुने । यो वैज्ञानिक बुझाइले विगतमा गरिएका कतिपय संश्लेषणलाई बुझ्नेमा रहेको थुप्रै भ्रमहरू सबै हटेका छन् । खासगरी नेपाली क्रान्तिको नयाँ मोडेल भनेर व्याख्या गरिएका ‘जनयुद्ध, जनआन्दोलन, वार्ता र कुटनीति, र सदन, सडक र सरकार’ आदि सबै माथिकै विचारसँग नमिल्ने हदसम्म अमान्य भएको यथार्थतालाई हामीले मनन गर्न जरूरी छ । संविधानसभाभित्र चलिरहेको दुई वर्गको सङ्घर्षलाई उत्कर्षमा पु¥याउन गम्भीरतापूर्वक लागिपर्नु त्यहाँबाट जनताको सङ्घीय गणतन्त्रको स्पष्ट खाकासहित देशका सबै जनपक्षीय वर्ग, जाति क्षेत्र र लिङ्गका जनसमुदायको अधिकतम हितका लागि सङ्घर्ष गर्ने । यही प्रक्रियामा जनताका बैरीहरू न देशमा शान्ति चाहन्छन् न त उनीहरू वास्तविक अर्थमा जनताको पक्षमा रहेको संविधान चाहन्छन् भन्ने कुरालाई व्यावहा“रिक रूपमै पुष्टि गर्ने । सङ्घर्षले नेपाली जनतालाई हाम्रो पार्टीको वरिपरि गोलबन्द गर्न र व्यापक संयुक्त मोर्चा निर्माण गर्न बलियो राजनैतिक आधारहरू दिन्छ । 
‘जनयुद्धको जगमा जनविद्रोह’ को सैद्धान्तिक बुझाइ मात्र पर्याप्त हुँदैन । नेपालजस्तो अर्धऔपनिवेशिक र अर्धसामन्ती अवस्थालाई हल गर्ने, साम्राज्यवादी थिचोमिचोलाई अन्त्य गरी स्वाधीन राष्ट्र बनाउन गर्ने, सङ्घर्षमा पनि पर्याप्त स्पष्टता भएको हुनुपर्छ । साम्राज्यवाद हाम्रो देशमा भारतीय विस्तारवादमार्फत प्रवेश गरिरहेको र अहिले त्यो देशीय शासकसँग घुलमिल भएर एउटै बनिरहेको सन्दर्भमा राष्ट्रिय स्वाधीनताको लडाइ“लाई नयाँ ढङ्गले उठाउने विषयमा पनि प्रस्ट रहन जरूरी छ । जनविद्रोहको कार्यनीतिलाई अबलम्बन गरिरहँदा साम्राज्यवादसँगको राष्ट्रिय युद्धको सम्भावनालाई विशेष ध्यान दिन जरूरी छ । जनविद्रोहले देशका दलालवर्गलाई समाप्त पार्ने भएकाले तिनका मालिकहरू यस्ता क्रान्तिमा हस्तक्षेपकारी भूमिकासहित देखिएका विश्वका थुप्रै क्रान्तिहरूमा देखिएकाले यहाँ पनि त्यो दोहोरिन पूरै सम्भावना रहन्छ । तसर्थ राष्ट्रिय मुक्तिआन्दोलनलाई अहिलेदेखि नै जोडेर तयारीमा जानु आवश्यक पर्दछ । 
यसको साथसाथै जनविद्रोह अनिश्चयको क्षेत्र हो  । यहाँ सधै“ जित मात्र हुँदैन । गम्भीर हार पनि हुनसक्छ अथवा विद्रोहको नपुगी पछि फर्कनुपर्ने बाध्यता पनि रहन सक्छ । पछि कता फर्किने ? उही १९०५ को रूसी तरिकाले हैन दीर्घकालीन जनयुद्धको दिशातिर जानु अनिवार्य छ । यसबारेमा देखापर्ने विभिन्न गलत प्रवृत्तिका विरुद्ध लडेर वैचारिक प्रस्टता तत्काल आवश्यक छ । 
५.२.राजनीतिक पक्ष
लोकतान्त्रिक गणतन्त्रको कार्यनीति समाप्त भए तापनि त्यसले ल्याएको शृङ्खला संविधानसभा, सेनासमायोजन आदि पक्षहरू क्रियाशील भइरहेका छन् । आगामी क्रान्तिका सन्दर्भमा यी कार्यनीतिक शृङ्खलालाई जनविद्रोहको मातहत कसरी परिचालन गर्ने अहिलेको एउटा प्रमुख समस्या यही रहेको छ । यही विषयमा विगतमा पार्टीमा एकरूप बुझाइ नहुँदा गम्भीर समस्या देखाप¥यो । एक थरी यी कार्यनीतिक शृङ्खला नेपाली राजनीतिमा क्रियाशील र प्रभावकारी भूमिका खेलिरहेको कारण चुनवाङको कार्यनीति लोकतान्त्रिक गणतन्त्रकै निरन्तरता रहेको जिकिर गर्ने र अर्का थरी राजतन्त्रको अन्त्यपश्चात् कार्यनीतिको मूल पक्ष कार्यान्वयन भइसकेको तर्क गर्ने र तेस्रो पक्ष अकर्मण्यता र बीचबचाउमा लाग्ने हुन्थ्यो । पालुङ्टार र त्यसपछिको गत केन्द्रीय समितिको बैठकले खरिपाटी भेलाले दिएको निष्कर्षलाई पुनर्पुष्टि गर्दै जनगणतन्त्रको मूल कार्यनीति पास ग¥यो । र, त्यसका बाँकी शृङ्खलालाई जनताको सङ्घीय गणतन्त्र प्राप्तिको मूल कार्यनीतिमातहत ल्यायो । यसको यो अर्थ निस्कने भयो कि जुन हदसम्म विकसित कार्यनीतिलाई सघाउ पु¥याउनेछ,  त्यही हदसम्म उपरोक्त कार्यनीतिक शृङ्खलाहरूलाई पार्टीले प्रयोग गर्छ । यदि ती शृङ्खलाहरू मूल कार्यनीतिको कार्यान्वयनमा बाधक हुन्छन् भने तिनलाई दृढतापूर्वक छोड्न र अस्वीकार गर्न पनि क्रान्तिकारीहरू तयार हुने सुस्पष्ट मार्गदर्शन गरेको छ । लेनिनले आफै“ले अक्टोबर क्रान्तिभन्दा अगाडि निकै जोड दिएर गठन भएको संविधानसभा पछि अग्रगमनको लागि अवरोधक साबित भएपछि आफै“ले भङ्ग गरेको ऐतिहासिक परिघटनालाई हामीले गम्भीर ढङ्गले मनन गर्न जरूरी छ । 
पार्टीले जनताको सङ्घीय गणतन्त्र र त्यसको लागि जनविद्रोहको नयाँ कार्यनीति अवलम्बन गर्दा पुरानो कार्यनीतिका केही अवशेषलाई स्वाभाविक रूपमा आत्मसात गर्नुपर्छ र केहीलाई दृढतापूर्वक छोड्नुपर्दछ । सामन्तका विरूद्धको सङ्घर्षमा गरिएको कार्यगत एकता र त्यसमा निर्मित विविध सहमतिहरूका थुप्रै पाटाहरू अहिले पुरानो भइसकेको छ । प्रधान अन्तर्विरोधमा परिवर्तन आइसकेको छ । सामन्तको ठाउँमा दलाल र नोकरसाही पुँजीपतिले लिइरहेको र त्यसलाई भारतीय शासकहरूले आड र भरोसा दिइरहेको अहिलेको स्थितिमा पुरानै एकतालाई र पुरानै प्रकारको सहकार्य र सङ्घर्षले समस्याको समाधान नगर्ने निश्चित छ । तसर्थ पार्टीले ‘राष्ट्रिय स्वाधीनता र जनताको सङ्घीय गणतन्त्र’का पक्षमा आउने सबै शक्तिलाई गोलबन्द गर्दै दलाल र नोकरसाही पुँजीपति र सामन्तको राज्यसत्ताका विरूद्ध सङ्घर्षको लागि नयाँ मोर्चाको आवश्यकता महसुस गर्दै त्यसका लागि गम्भीर पहल गरिरहेको छ । मूल लक्ष्यलाई हासिल गर्न सरकार संविधानसभा र शान्तिका कार्यनीतिक शृङ्खलाहरूको परिचालन सोही उद्देश्य पूर्तिका लागि गरिनुपर्छ । पुरानो कार्यनीतिक शृङ्खला भए तापनि अब तिनले लोकतान्त्रिक गणतन्त्रको हैन, जनताको सङ्घीय गणतन्त्र र जनविद्रोहको सेवा गर्नुपर्छ र तिनलाई त्यसैमा लगाउनुपर्छ । यसले यान्त्रिकता होइन, कलात्मकता र सिर्जनशीलताको माग गर्दछ ।
यतिमात्र हैन, नयाँ कार्यनीतिले स्वाभाविक रूपमा नयाँ शृङ्खलाहरूको माग गर्दछ । अहिले पार्टीले उठाएका राष्ट्रिय स्वाधीनता, शान्ति र जनसंविधान, देशभक्तहरूको नेतृत्वमा सरकारसहित जनयुद्धको जग निर्माणका कार्यक्रमहरू अहिलेका हाम्रा शृङ्खलाहरू हुन् । यिनको दृढतापूर्वक कार्यान्वयनकै क्रममा जनविद्रोहको लागि मलिलो भूमि तयार भइरहेको हुनेछ । यहाँ यी शृङ्खलाहरूको कार्यान्वयनले स्वतः जनविद्रोहमा पुगिहालिन्छ भनेर सोचिहाल्नु गलत हुन्छ । हामीले यिनको कार्यान्वयनले जनविद्रोहको लागि अनुकूल राजनैतिक परिस्थिति तयार हुन्छ भन्ने बुझ्नुपर्दछ । 
५.३.सङ्गठनात्मक पक्ष
जनविद्रोहको कार्यनीतिले सोहीअनुसारको सङ्गठनको माग गर्दछ । विगत चार वर्षदेखि पार्टीमा संसदीय वा सुधारको कार्यनीति (बेलाबेलामा विद्रोहको तयारी भने तापनि वस्तुतः हामी त्यता गएनौं) प्रयोगमा भएकाले सङ्गठन पनि भारीभरकम, संसदीय र सुधारवादी प्रकारको बन्दैगएको छ । सङ्गठनका क्षेत्रमा दर्दनाक समस्याहरू छन् । वस्तुगत रूपमा जनविद्रोहका लागि जति अनुकूल वातावरण बन्दै गएको छ त्यसलाई नेतृत्व गर्नलायक पार्टी अझै हाम्रो बन्न सकेको छैन । वैचारिक राजनैतिक सापेक्षिक एकरूपताको मात्र समस्या होइन, पार्टीमा गैरसर्वहारा चरित्र, चिन्तन र कार्यशैलीमा निकै ठूलो समस्या सिर्जना भएको छ । सर्वप्रथमतः हामीले पार्टीलाई जनविद्रोहको नेतृत्व गर्नलायक पार्टीमा रूपान्तरित गर्न जरूरी छ । यति गरिसकेपछि जनविद्रोहको नेतृत्व गर्ने नयाँनयाँ सङ्गठनका अन्य रूपलाई पनि विकसित गरिनुपर्छ । विगतमा हामीले विकसित गरेका जनमुक्ति सेना, योङ् कम्युनिस्ट लिगले पुरानो आवश्यकता पूरा गरे । अब आगामी जनविद्रोहका लागि एकीकृत र केन्द्रीकृत रूपमा परिचालित हुने तीभन्दा पनि उच्च रूपमा सङ्गठनको आवश्यकता पर्दछ । यो बाहेक प्राविधिक तयारी र अर्थसङ्कलन आदि योजनाहरूका कामहरू पनि अगाडि बढाइएको हुनुपर्दछ । 
५.४.सङ्घर्षको पक्ष
उपर्युक्त तयारीलाई पूरा गरिसकेपछि नेपालमा जनविद्रोहको लक्ष्य हासिल गर्न कार्यनीतिक शृङ्खलाका आधारमा चरणबद्ध सङ्घर्ष अगाडि बढ्नेछ । रूस र चीनभन्दा भिन्नै ढङ्गले सुरुमा सापेक्षिक शान्तिपूर्ण किसिमले जनसङ्घर्षको रूपमा यो विकसित हुँदैजान्छ । पार्टीले ग्रामीण क्षेत्रमा चलाउने ग्रामीण वर्गसङ्घर्ष र शहरमा सञ्चालन हुने राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सङ्घर्षहरूले विस्तारै बृहत् जनआन्दोलनको रूप लिनेछ । शान्ति र सम्विधानको सङ्घर्षको प्रक्रिया पनि एउटा बिन्दुमा यही जनआन्दोलनमा जोडिन आइपुग्नेछ । पार्टीले यसबीचमा गर्ने जनताबीचका काम, सङ्गठित शक्तिको निर्माण र विकाससँग जोडिएको काम, प्रतिक्रियावादी शिविरभित्रको काम र अन्तर्राष्ट्रिय जगतका काम जसलाई चार आधार भनेर परिभाषित गरिएको छ, यी पनि यही प्रक्रियामा जोडिन्छन् र एउटा आँधीबेहरी नेपालमा देखापर्नेछ । 
र, अन्त्यमा
नेपालको सङ्क्रमणकाल निकट भविष्यमा समाप्त हुँदैछ । सङ्क्रमणकालको समाप्तिसँगै नेपाल र नेपालीका दुईवटा सम्भावनाहरू देखापरेका छन् । व्यापक जनताको जागृत हस्तक्षेप, पहलकदमी र त्यसलाई जनपक्षीय शक्तिहरूद्वारा यथोचित नेतृत्व दिइयो भने स्वाधीन, आत्मनिर्भर नयाँ नेपाल निर्माण हुनेछ । साम्राज्यवादी, विस्तारवादी र तिनका दलालहरूको नेपाल राष्ट्र र जनताका विरूद्धको षड्यन्त्र, जालझेल र दमन सफल भयो भने पुरानो नेपाल पुनस्र्थापित हुनेछ । नेपालको अहिलेको वस्तुस्थिति, नेपाली जनताको चेतनास्तर, आन्दोलनको स्तर, प्रतिक्रियावादी शक्तिबीचको फुट र कलह, अन्तर्साम्राज्यवादी अन्तर्विरोधको नेपालमा परेको सकारात्मक प्रभाव, भारतीय विस्तारवादका विरूद्ध देशभित्र पैदा भएको राष्ट्रिय जागरणको स्तर र त्यसका विरूद्ध अन्तर्राष्ट्रिय घेराबन्दी आदि सबैले पहिलो सम्भावनाको प्रवलतालाई नै देखाइरहेको छ । एनेकपा (माओवादी)ले आफ्ना नीति र कार्यान्वयनमा गल्ती गरेन भने, दृढतापूर्वक र साहसपूर्वक यो परिस्थितिको क्रान्तिकारी किसिमले नेतृत्व गर्ने हिम्मत ग¥यो भने, आफ्नो पार्टी र जनसमुदायलाई एक ढिक्का बनाउन सक्यो भने, चार तयारी र चार आधारहरूलाई पूरा गर्न भगीरथ प्रयत्न ग¥यो भने नेपालमा क्रान्ति र जनविद्रोह सफल बन्ने पूर्ण सम्भावना रहेको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट