Techie IT
  • २०८१ वैशाख १८, मंगलबार

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति


मोरङ । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । आज सम्पन्न दुवै पक्षबीचको वार्तामा संविधानसम्मत प्रक्रियाबाट प्रदेशको नाम फेर्न राजनीतिक पहल गर्नेसहित पाँच बुँदे सहमति भएको वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले जानकारी दिए।

पहिचान पक्षधरहरूले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार, आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा प्रदेश सरकारले फिर्ता लिने र फागुन १० गते अगाडि दुवै पक्षको सहमतिमा पुनः वार्ताका लागि मिति तोक्ने सहमति भएको मन्त्री जबेगुले बताए ।

प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरेदेखि नै पहिचान पक्षधरहरूले आन्दोलन गर्दै आएका छन् । पटक पटक विराटनगरमा प्रदर्शन गर्दै आएका पहिचान पक्षधरहरूले प्रदेशका विभिन्न जिल्लामा नेताहरूमाथि आक्रमणसमेत गर्दै आएका छन् । प्रदर्शनका क्रममा झडप हुँदा पहिचान पक्षधरका एक जना प्रदर्शनकारीको ज्यान पनि गइसकेको छ ।

प्रदेश सरकार र आन्दोलनरत पक्षबीच भएको पाँचबुँदे सहमतिमा भनिएको छ:

  • प्रदेशको पुनः नामकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत छलफल एवं राजनीतिक पहल अघि बढाउने
  • आन्दोलनरत पक्षले आन्दोलनको स्वरूप परिवर्तन गरी शान्तिपूर्ण राजनीतिक गतिविधि अगाडि बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने
  • पहिचानको आन्दोलनका क्रममा भएका घाइतेहरूको उपचारको व्यवस्थापन र शहीद परिवारलाई क्षतिपूर्तिको व्यवस्थाको प्रबन्ध प्रदेश सरकारले गर्ने
  • पहिचानको आन्दोलनको क्रममा कारागारमा रहेकाहरूको रिहाइ मुद्दा लागेका व्यक्तिहरूको मुद्दा फिर्ताको प्रक्रिया प्रदेश सरकारले अगाडि बढाउने
  • दुवै पक्षका वार्ता समिति संयोजकहरूको समन्वयमा फागुन १० गतेभन्दा अगाडि अर्को वार्ताको मिति, समय र स्थान निर्धारण गर्ने।


तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट