Techie IT
  • २०८१ वैशाख २३, आइतबार

मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि हातपात


काठमाण्डौ: मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि बागलुङमा हातपातको भएको छ । नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ कार्यक्रममा बागलुङ गएका  दुर्गा प्रसाईँ माथि बागलुङ नगरपालिका ७ का ३७ वर्षीय रामकान्त गौतमले हातपात गरेका हुन् ।

बागलुङ बजारको लोकतान्त्रिक चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न दुर्गा प्रसाईँ मञ्चमा जाने क्रममा गौतमले हातपात गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताएका छन् । उनले भने्, दुर्गा प्रसाईँ मञ्चमा जाने क्रममा गौतमबाट हातपातको प्रयास भएको हो । प्रहरीले तत्कालै नियन्त्रणमा लियो । कुनै अप्रिय घटना हुन भने पाएन ।

गौतमलाई अहिले जिल्ला प्रहरी कार्यालय बागलुङमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक केसीले बताएका छन्। 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट