Techie IT
  • २०८१ वैशाख २०, बिहीबार

विचार विनाको पार्टीले देश विकास गर्न सक्दैन, अबको नेतृत्व माओवादीले गर्नुपर्छः उपमहासचिव पुन


काठमाडौं । नेकपा माओवादी केन्द्रका उप–महासचिव वर्षमान पुन अनन्तले विचार विनाको पार्टीले देशलाई विकास गर्न नसक्ने भन्दै आफ्नो पार्टीले तय गरेको सार्वजनिक,निजी र सहकारीको तीन खम्बे नीतिबाट अगाडि बढ्नुपर्ने धारणा राखेका छन् । जनतासँग माओवादी विषेश रुपान्तरण अभियान अन्तर्गत काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ ले आयोजना गरेको  कार्यक्रमलाई शनिबार बिहान सम्बोधन गर्दै अबको राजनीतिको नेतृत्व माओवादीले गर्नुपर्ने भएकाले जनतामा आएको उनले बताए ।

त्यस्तै उनले धर्मनिरपेक्षेतालाई परिमार्जन  सहित व्यवस्थित गर्ने जिम्मा नेकपा माओवादी लिनैपर्ने बताएका छन् । 
पुनले आफ्नो पार्टीले देशमा धर्म निरपेक्षता ल्याएपनि त्यसलाई व्यवस्थित गर्न नसकेको टिप्पणी  गरे । उनले त्यसलाई परिमार्जन गर्ने र व्यवस्थित गर्ने जिम्मा माओवादीकै भएको बताएका छन् । 

उनले भने, ‘धर्म निरपेक्षताको लागि लड्ने पार्टी हामी नै हौं । राज्य धर्मनिरपेक्षता भयो तर, यसलाई व्यवस्थित गर्ने जिम्मा पनि हाम्रो हो । मैले भन्दै थिए,अहिले जति उपलब्धिहरु भएका छन्,त्यसलाई फेरी परिमार्जन गर्ने जिम्मेवारी पनि माओवादी पार्टीको छ , यसलाई हामीले आत्मसाथ गर्नैपर्छ यसको जिम्मेवारी लिनै पर्छ।’
।  
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट