Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता


नयाँ दिल्ली, १८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ। बिहीबार बिहान हैदरावाद हाउसमा प्रचण्ड र मोदीबीच भेटवार्ता भएको हो। उनीहरुबीच द्विपक्षीय हितका विषयमा छलफल हुनेछ। त्यसलगत्तै मध्याह्न १२ बजे दुई देशबीच विभिन्न विषयमा सम्झौता हुने कार्यक्रम छ। भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर, परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने कार्यतालिका छ । भारतीय प्रधानमन्त्री मोदीलाई भेट्नु अगाडि बिहीबार बिहान प्रचण्डले गान्धीको समाधिस्थलमा पुगेर गान्धीप्रति पूष्पगुच्छा अर्पण गरेका थिए । उनले महात्मा गान्धीको सम्मान र स्मरणमा एक मिनेट मौनधारणसमेत गरे। प्रधानमन्त्री प्रचण्डले अपराह्न ४ बजे भारतीय उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने भएका छन्। उनी शुक्रबार ४ः३५ बजे राष्ट्रपति भवन पुग्नेछन्। त्यहाँ उनले राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यसपछि उनी ८ः३० बजे मध्यप्रदेशको इन्दोर प्रस्थान गर्नेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट