Techie IT
  • २०८१ वैशाख ३०, आइतबार

पश्चिम तराईमा पनि मौसम बदली, पानी पर्ने सम्भावना


काठमाडौं । आजदेखि पश्चिम तराईमा पनि मौसम बदली सुरु भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । देशका अरू क्षेत्रमा पानी पर्दा मध्य र पश्चिम तराईमा लामो समयदेखि खडेरी र तातो हावा (लू) चलिरहेको छ । तर आज बेलुकादेखि भने पश्चिम तराईमा पनि बदली भएर केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । दिउँसो दाङ, बाँके र बर्दियाका केही ठाउँमा पानी परेको छ । बेलुका रुपन्देही, कपिलवस्तु, दाङलगायतका जिल्लाका केही ठाउँमा हल्का पानी पर्ने र भोलि (मङ्गलवार) रातिदेखि भने धेरैजसो ठाउँमा पानी पर्ने मौसमविद्को भनाइ छ । पूर्वी क्षेत्रमा मनसुन सक्रिय भएर ठूलो वर्षा हुन थालेको छ । आज राति कोशी प्रदेशका पहाडी क्षेत्रमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिइन् । यस्तै आज गण्डकी र बाग्मती प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षाको अनुमान गरिएको छ । तर मध्य र पश्चिम क्षेत्रमा भने लामो समयदेखिको खडेरीले नागरिक हैरान भएका छन् । बालीनालीमा ठूलो क्षति पुगेको छ । यस्तै काठमाण्डौ उपत्यकाका केही ठाउँमा अहिले हल्का पानी परिरहेको छ । काठमाण्डौसँगै लुम्बिनी, गण्डकी, बाग्मती र कोशी प्रदेशमा हल्का वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । यी ठाउँमा आज राति पनि हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । अहिले देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसैबीच अझै तीन दिन ताप्लेजुङ र पाँचथरमा बाढीको उच्च जोखिम रहेकोले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाकाअनुसार ताप्लेजुङ र पाँचथर भएर बग्ने नदी तथा खोलाहरूमा बाढी आउने जोखिम कायमै छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट