Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

विभिन्न क्षेत्रमा योगदान पुर्याएका ९८२ जना व्यक्तिहरुलाई राष्ट्रपतिद्वारा विभूषण प्रदान


काठमाडौं, १ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई विभूषण प्रदान गरेका छन् । शुक्रबार महाराजगञ्जस्थित राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा राष्ट्रपति पौडेलले ९८२ जनालाई विभूषण प्रदान गरेका हुन् असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणमध्ये नेपाल रत्न, राष्ट्र गौरब, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्राप्त गरेकालाई विभूषित गरिएको हो । विभूषण सुशोभन समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए ।  



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट