बझाङमा एक हप्ताको लागि निषेधाज्ञा सुरु
बझाङ, १८ भदौ । बझाङमा एक हप्ताको लागि निषेधाज्ञा सुरु भएको छ ।
सङ्क्रमितको संख्या बढ्दै गएपछि हिजो बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गएराति देखि २५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
बझाङमा चार सय १८ जना सङ्क्रमित रहेका छन् भने दुई सय ८१ जना निको भएका छन् । सङ्क्रमितमध्ये ११ जना समुदायमा भेटिएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
क्याटेगोरी :
समाचार,
सुदूरपश्चिम प्रदेश
ट्याग : #Corona,
#hot,
#निषेधाज्ञा