Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

काठमाडौंको भोटेवहालबाट १३ जना जुवाडे पक्राउ


काठमाडौं, ३० जेठ । काठमाडौं महानगरपालिका ११ भोटेवहाल शान्तिमार्गबाट १३ जना जुवाडे पक्राउ परेका छन् । शेर बहादुर शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा बाग्लुङ ढोरपाटन दिनेश शेरचनसहित १३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार रूपैयाँ, १६ बुक तास, जुवा खेल्न प्रयोग भएको विभिन्न रङ्को कोईन १ सय १९ थान र जुवाको हिसाब राखेको कपीसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट