Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले जेठ ५ गते प्रस्तुत गर्ने


काठमाडौं, ३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नै यही जेठ ५ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । स्वास्थ्य समस्याका कारण भारतमा उपचार गराएर फर्किएपछि आराम गरिरहेका राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सक्ने÷नसक्नेमा यसअघि संशय थियो । सोही कारण राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्न सुरु गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकाउने तयारी गरिएको थियो । जेठ ५ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ । “सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले नै प्रस्तुत गर्नुहुनेछ,” राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने, “उहाँको स्वास्थ्यमा सुधार आएपछि राजकीय जिम्मेवारीका काम सुरु गरिसक्नुभएको छ ।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट