काठमाडौं, ३१ असार । कमलामाई नगरपालिका–३ चपौली, तारुफेदीका कृषक ऋद्धि फुयालले गोरुबाट रोपाइँ गर्दा हरेक वर्ष साउन १५ सम्म समय लाग्नेमा यसपाली छोरा उपेन्द्र फुयालको अगुवाइमा हाते ट्याक्टर (मिनी टेलर) बाट रोपाइँ गरेपछि असार ३० मै भ्याए । अर्का कृषक रविन चौलागाईँ पनि अघिल्लो वर्षसम्म गोरुबाट रोपाइँ गर्दै आएकोमा यसपाली ट्याक्टरबाट सजिलोसँग रोपाइँ गर्न पाएकोमा मख्ख छन् ।
पहिला गाउँमा ट्याक्टरबाट रोपाइँ गर्न सकिन्छ भनेर योजना बनाउनेलाई गिल्ला गर्नेहरु नै अहिले ट्याक्टरबाट रोपाइँ गर्दा गोरुले गरेको भन्दा ६० प्रतिशत सजिलोसँग रोपाइँ हुने भएकाले दङ्ग भएको स्थानीय युवा बलराम अधिकारीले बताए । उनी भन्छन्, ‘०७३ सालमा गाउँमा ट्याक्टर भित्र्याउँदा गिल्ला गर्ने, गोरु बहेक ट्याक्टरबाट कसरी सम्भव हुन्छ भन्ने स्थानीय बासिन्दा नै यो वर्षदेखि असारे खेती लगाउँन पाएपछि छक्क र मख्ख परेका छन् ।’ उनी थप्छन्, ‘हिउँदे खेती चार वर्ष अघिदेखि नै ट्याक्टरबाट हुँदै आएकोमा यो वर्षदेखि असार लगाउने काम पनि चपौलीमा व्यापक रुपमा ट्याक्टरबाटै भएको छ ।’
सिन्धुली जिल्लाको ऐतहासिक स्थल सिन्धुली गढीबाट करिव १ घण्टाको पैदल दुरीमा पुगिने तथा विपी राजमार्गको खनियाखर्कबाट सिधा पारिपट्टी छर्लङ्ग देखिने ग्रमीण भेग चपौलीमा चिसो हावापानी भएकाले यहाँ जुनार, सुन्तला, निबुवा, कागती, नास्पाती, केरा लगायतका फलफुलहरुको समेत राम्रो उत्पादन हुने गर्दछ ।
स्थानीय प्रवेश फुयालका अनुसार गाउँमा पहिले घरैपिच्छे गोरु पाल्ने गरिएकामा अहिले तीन हल गोरु मात्र छन् भने हाते ट्याक्टर खरिद गर्ने किसाहरुको संख्या १० देखि १५ जना रहेको छ ।
सरकारी अुनदान पाएपछि ट्याक्टर खरिद गर्नेहरुको संख्या झन बढ्दै गएको कृषकहरुको भनाई छ । २०७३ सालमा पहिलो पटक बागमती प्रदेश सरकारले ९० प्रतिशत अनुदानमा खरिद गर्ने व्यवस्था मिलाएपछि कृषक प्रेमप्रसाद अधिकारी र विष्णुप्रसाद फुयालले जनही ९ हजार तिरेर गाउँमा पहिलो पटक ट्याक्टर भित्र्याएका थिए । हाल चपौलीमा प्रयोगमा आएका मिनी टेलरहरु अनुदानमा दिने निकायहरु कमलामाई नगरपालिका ५० प्रतिशत, बागमती प्रदेश सरकार ७५ प्रतिशत र जिल्ला घरेलु कार्यालय ८० प्रतिशत रहेको स्थानीय युवा बलराम अधिकारी बताउँछन् ।
अधिकारीका अनुसार मिनी टेलरको क्षमता ६ देखि ७ हर्ज पावर रहेको छ । डिजेलबाट सञ्चालन हुने यी टेलरहरु बिग्रिएको खण्डमा सामान्य मर्मत बाहेक अन्य पार्टपूर्जा फेर्ने कार्यका लागि जिल्ला सदरमुकाम सिन्धुली माढीमा नैं लैजानुपर्ने बाध्यात्मक अवस्था छ । डिजेल पनि सदरमुकामबाटै ल्याउनु पर्ने उनी बताउँछन् ।
२०७३ सालमा पहिलो पटक बागमती प्रदेश सरकारले ९० प्रतिशत अनुदानमा खरिद गर्ने व्यवस्था मिलाएपछि कृषक प्रेमप्रसाद अधिकारी र विष्णुप्रसाद फुयालले जनही ९ हजार तिरेर गाउँमा पहिलो पटक ट्याक्टर भित्र्याएका थिए ।
खेतीपाती गर्न गाउँमा ट्याक्टर भित्रिएपछि धेरै सहज र आनन्दको अनुभूती भएको बुढापाकाहरुको भनाई छ । ग्रामिण कृषिमा नवीन प्रबिधि प्रयोग भएकाले कृषिप्रति युवा पुस्तामा नयाँ जोश र जाँगर थपेको अर्का युवा कृषक मनोज अधिकारीले बताए । हिउँदमा आलु खेती गर्न सहज भएको र अहिले असारमा गोरु नहुँदा कसरी खेती लाग्दा भन्दै चिन्तामा रहेका निलप्रसाद अधिकारीलाई भतिज प्रेम अधिकारीले ट्याक्टर लगाएर रोपाइँ गरिदिएपछि धन्यवाद समेत दिएको चर्चा छ ।
चपौलीका खेतका गराहरु अधिकाँश साना छन् । कतिपय गरामा त हल गोरु छिराउनै मुस्किल पर्ने भएकाले पनि हाते टेलरप्रति कृषकहरु आकर्षित भएका हुन् । स्थानीय ऋद्धि फुयालका अनुसार एक हल गोरु लगाएर दिनभरी गर्ने काम टेलरले एकदेखि डेढ घण्टामै सक्ने भएकाले यसले खेतालाको संख्यामा कमि ल्याउनुका साथै समयको पनि बचावट गरिदिएको छ ।
चपौलीका खेतका गराहरु अधिकाँश साना छन् । कतिपय गरामा त हल गोरु छिराउनै मुस्किल पर्ने भएकाले पनि हाते टेलरप्रति कृषकहरु आकर्षित भएका हुन् । स्थानीय ऋद्धि फुयालका अनुसार एक हल गोरु लगाएर दिनभरी गर्ने काम टेलरले एकदेखि डेढ घण्टामै सक्ने भएकाले यसले खेतालाको संख्यामा कमि ल्याउनुका साथै समयको पनि बचावट गरिदिएको छ ।
चपौलीको तारुफेदी बाहेकका अन्य छिमेकी गाउँका कृषकहरु पनि बिस्तारै टेलरबाटै खेती गर्ने प्रयासतर्फ लागेका छन् । एक कृषकले भने ‘कार्की टोल, माख्लो चपौली, सिमपानी लगायतका किसानले यहाँकै जत्ति त टेलर खरिद गरेका छैनन्, फट्टफुट्ट छन्, आगामी वर्षेदेखि सायद अन्य गााउँका कृषकले पनि खरिद गर्लान् ।’
सिन्धुली जिल्लाको ऐतहासिक स्थल सिन्धुली गढीबाट करिव १ घण्टाको पैदल दुरीमा पुगिने तथा विपी राजमार्गको खनियाखर्कबाट सिधा पारिपट्टी छर्लङ्ग देखिने ग्रमीण भेग चपौलीमा चिसो हावापानी भएकाले यहाँ जुनार, सुन्तला, निबुवा, कागती, नास्पाती, केरा लगायतका फलफुलहरुको समेत राम्रो उत्पादन हुने गर्दछ । यहाँका नयाँ पिढीका युवा पुस्ता तथा कृषकहरु परम्परागत रुपमा खेतीपाती गर्नु भन्दा पनि आधुनिक प्रविधिमार्फत टनेलमा बेमौसमी गोलभेडा, काउली, खुर्सानी लगायतको खेतीतर्फ आकर्षित हुँदै आएका छन् ।
(चपौलीबाट बलराम अधिकारीको सहयोगमा ।)

तस्बिर सौजन्य : बलराम अधिकारी / प्रवेश फुयाल
क्याटेगोरी :
कृषि,
प्रदेश,
बाग्मती प्रदेश,
समाचार
ट्याग : #breaking,
#hot