Techie IT
×
गृहपृष्ठसमाचारडीएसपी हुँ भन्दै धम्काउने तथा चोरी कार्यमा संलग्न मानिस पक्राउ

डीएसपी हुँ भन्दै धम्काउने तथा चोरी कार्यमा संलग्न मानिस पक्राउ


काठमाडौं, २५ असार । आफूलाई डीएसपी हुँ भन्दै धम्काउने तथा चोरी कार्यमा समेत संलग्न रहेको अभियोगमा रामेछाप उमाकुण्ड गाउँपालिका–२ बस्ने २६ वर्षीय राज कुमार सुनुवारलाई काठमाडौं महानगरपालिका–२६ बिजीमलस्थित सडकबाट बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

डीएसपी भन्दै धम्काउने र चोरी कार्यमा संलग्न रही भागी फरार रहेको भन्ने जनगुनासो आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंज समेतबाट खटिएको प्रहरीले बा.९७ प १६८३ नम्बरको मोटरसाइकलमा सवार उनलाई जाँच गर्दा चोरीका मोबाइल ११ थान समेत फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस