Techie IT
  • २०८१ वैशाख २२, शनिबार

घरमा आगो सल्केपछि गहना निकाल्न जाँदा वृद्धाको मृत्यु


रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ नेपानेको दारकाट्यामा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ ।

आज दिउँसो स्थानीय ढारपाखा सामुदायिक वनबाट फैलिएको आगो गाउँमा पस्दा ७० वर्षीया बुदी कामीको ज्यान गएको वडाध्यक्ष तिलवीर केसीले जानकारी दिए । उनका अनुसार घरमा आगो सल्केपछि घरभित्र रहेका गहना निकाल्न भन्दै घरभित्र छिरेकी कामीको जलेर मृत्यु भएको हो ।

वन क्षेत्रबाट गाउँतर्फ फैलिएको आगोले तीन वटा घर जलेर नष्ट भएका छन् । अहिलेसम्म आगो निभाउन नसकेको वडाध्यक्ष केसीले बताए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट