काठमाडौं उपत्यकामा भएको दुर्घटनामा तीन जनाको मृत्यु

काठमाण्डौ, १० पुस । ललितपुर र भक्तपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गएको छ । ललितपुरको ग्वार्कोमा गाडीले ठक्कर दिँदा दुई जना पैदलयात्रुको ज्यान गएको प्रहरीले जनाएको छ । हिजो बेलुका वाग्मती प्रदेश ०३००१ च ०७१३ नम्बरको सुमोले ठक्कर दिएका हरिसिद्धी बस्ने ३४ वर्षकी सुनितासोती सापकोटा र ४५ वर्षका कृष्णप्रसाद तिमल्सिनाको ज्यान गएको हो ।
ठक्करबाट घाइते भएका सापकोटा र तिमल्सिनाको उपचारका क्रममा बीएण्डबी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । गाडी र चालक पक्राउ परेका छन् । त्यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका ८ आदर्शचोकमा ट्रक पल्टिँदा चालकको ज्यान गएको छ ।
ना ६ खा ३९८२ नम्बरको ट्रक पल्टिँदा च्यापिएर चालक पर्साको विरगञ्ज महानगरपालिका १२ का ३० वर्षका अजमद्धिन अन्सारीको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।
क्याटेगोरी : बाग्मती प्रदेश
ट्याग : #hot
प्रतिक्रिया