Techie IT
  • २०८१ वैशाख २२, शनिबार

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको मागसहित प्रदर्शन गर्ने १५ जना पक्राउ


काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आज सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्ने १५ जना पक्राउ परेका छन् ।

सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीको नेतृत्वमा सिंहदरबार अगाडि प्रदर्शन गरिरहेकाहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । पक्राउ पर्नेमा १० जना पुरुष र पाँच जना महिला छन् । उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

रुसी सेनामा भर्ना भएर ज्यान गुमाएकाहरूको शव स्वदेश ल्याउन, सम्पर्कविहीन भएकाको खोजी एवम् अलपत्र परेका नेपालीको उद्धार गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरेको थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट