Techie IT
  • २०८१ वैशाख १७, सोमबार

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने संभावना


काठमाडौं । देशका धेरै ठाउँमा आज पनि हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले नेपालमा स्थानीय वायुको प्रभाव रहेकाले देशभर बदली र केही ठाउँमा वर्षा भएको हो । बाग्मती र गण्डकी प्रदेशको पहाडी भेगका थोरै ठाउँहरुमा हल्का पानी परिरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो  कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका थोरै ठाउँहरुमा तथा बाँकी प्रदेशका एक, दुईं ठाउँमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरुमा हल्का हिमपातको सम्भावना छ । राति पनि पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि र पर्सि पनि बदली र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट