Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

महाशिवरात्रि : पशुपतिनाथ मन्दिरमा लाखौँ दर्शनार्थीले गरे दर्शन


काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको मन्दिरमा लाखौँ दर्शनार्थीले दर्शन एवम् पूजाअर्चना गरेका छन । हिजो बिहान दुई बजेदेखि नै पशुपति क्षेत्रमा लागेको दर्शनार्थीको घुइँचो राति अबेरसम्म उस्तै रहेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिए ।

कोषले हिजो बिहान २ बजेदेखि आज बिहानसम्म २० लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको थियो । हिजो एकैपटकमा १० जनासम्मले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको थियो । शिवरात्रिका अवसरमा भारतबाट साधुसन्त र तीर्थयात्री पशुपति आएका छन् ।

यसवर्ष पशुपतिमा तीन हजारभन्दा बढी साधुसन्त आएका विकास कोषको अनुमान छ । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधिलाई सीसी क्यामरा तथा ड्रोनका माध्यमबाट निगरानी गरिएको छ ।

अवाञ्छित गतिविधिको निगरानीका लागि सुरक्षाकर्मी सहितको टोली परिचालन भएको विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । पशुपति क्षेत्रमा मात्रै चार हजार ९४ जना सुरक्षाकर्मी परिचालन गरेको विकास कोषले जनाएको छ । पशुपतिसहित हिजो देशभरका शिवालयहरुमा दर्शनार्थीहरुको घुइँचो थियो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट