Techie IT
  • २०८१ वैशाख १८, मंगलबार

जुम्लामा हिउँमा फसेकाहरूको हेलिकप्टरबाट उद्धार


सुर्खेत । जुम्ला तातोपानी गाउँपालिका—४, को बजेडी पाटनको हिउँमा फसेकाहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ । प्रदेश सरकारका प्रवक्ता एवम् कानुन मन्त्री कृष्णबहादुर जिसीले हिउँमा फसेका ८ जनाकै सकुशल उद्धार गरिएको जानकारी दिएका हुन् ।

उनका अनुसार तातोपानी गाउँपालिका–७, का दिया रावत, हरिशोभा रावत, सशिला रावत, गोरी रावत, जगमति रोकाया र वडा नम्बर ८ का अत रावत, संसार रावत, गोरी रावत सहित ८ जना रहेका छन् । जडीबुटी सङ्कलनका लागि पाटन गएका उनीहरू बाक्लो हिउँ जमेपछि पाटनमै फसेका थिए । दुई दिन अघि सम्पर्कमा आएर एउटा ओडारमा बसेको जानकारी गराएका थिए ।

खाद्यान्न सकिएको र ८ फिट हिउँ जमेकोले आउने स्थिति नभएको र स्वास्थ्यमा समस्या आएको भन्दै उनीहरूले उद्धारको माग गरेका थिए । सोही अनुसार प्रदेश सरकारले उनीहरूको उद्धार गरेको हो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट