Techie IT
  • २०८१ वैशाख २७, बिहीबार

नगर प्रहरीमाथि आक्रमण गर्ने फुटपाथ व्यवसायी नभएर एमाले कार्यकर्ता हुन् : मेयर साह


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गत बुधबार नगर प्रहरीले फुटपाथ व्यवसायीमाथि आक्रमण नगरेर आफ्नो आत्मरक्षा गरेको दाबी गरेका छन् । नगर प्रहरीमाथि रडले आक्रमण भएपछि बाध्य भएर उनीहरूले आत्मरक्षाका लागि बल प्रयोग गरेको बताएका  हुन् ।

मेयर साहले नगर प्रहरीमाथि आक्रमण गर्ने फुटपाथ व्यापारी नभएर एमालेका कार्यकर्ताहरू भएको बताए ।  ‘भिडियोमा देखिएकी महिला सडक बिक्रेता नभई एमाले पार्टी कार्यकर्ता हुन्,’ उनले समाजिक सञ्जाल इन्सटाग्राममा लेखेका छन् ।   उनले सामाजिक सञ्जालमा देखिएको भिडियो आधा मात्र भएको र यसअघिको भाग सरकारले मेटाएको आरोपसमेत लगाएका छन् ।

फुटपाथमा व्यवसाय गरी बस्ने स्वरोजगार मजदुरमाथि सुन्धारा क्षेत्रमा बुधबार साँझ काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले गरेको बल प्रयोगको बारेमा यतिबेला चौतर्फी आलोचना भइरहेको छ । झडपमा  महानगर प्रहरीका डिएसपी मनोज लामिछानेसहित ५ जना घाइते भएका महानगर प्रहरी प्रमुख राजु पाण्डेको भनाई छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट