Techie IT
  • २०८१ वैशाख २१, शुक्रबार

दुई जना गर्भवतीको हेलिकप्टरमार्फत् उद्धार


काठमाण्डौ : बाजुराको पूर्वी उत्तरी भेग बुढीनन्दा नगरपालिका–२ को कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट दुई जना गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । बुढीनन्दा नगरपालिका–१ जमसालकी २५ वर्षीया सम्झना खत्री र पिपलडालीकी २९ वर्षीया सरस्वती विष्टलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको डा. रञ्जित शाहले बताएका छन्।

खत्री र विष्टलाई तत्काल अप्रेसन गरी बच्चा झिक्नुपर्ने अवस्था रहेको हुँदा हिजो सुर्खेत पठाइएको डा. शाहको भनाइ रहेको छ । उनका अनुसार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जिल्ला अस्पताल बाजुराबाट अक्सिजन भरेर ल्याउने गरेको भए पनि अस्पतालमा अक्सिजन प्लान्ट बिग्रेपछि गर्भवतीलाई रिफर गर्नुपरेको हो ।

गर्भवतीको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन् । दुर्गम तथा विकट जिल्लाका गर्भवती र सुत्केरीको उद्धारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालनमा छ ।

आर्थिक वर्ष २०७५/०७६ देखि शुरु भएको यो कार्यक्रम गर्भवती र नवजात शिशु सुरक्षाका लागि केन्द्रित छ । यसको मुख्य उदेश्य मातृ शिशु मृत्युदर कम गर्ने रहेको छ । तोकिएका क्षेत्रका गर्भवती तथा सुत्केरी जोखिममा परे नजिकैका स्वास्थ्यकर्मीमार्फत् प्रमुख जिल्ला अधिकारी वा स्वास्थ्यका कार्यालय प्रमुखसँग सम्पर्क गरेपछि उनीहरूले हवाई उद्धार कार्यक्रमका व्यक्तिसँग सम्पर्क गरी सहजीकरण गर्छन् ।

त्यसपछि सेनासँग समन्वय गरी हेलिकप्टर पठाएर सम्बन्धित बिरामीलाई नजिकै रहेको सुविधासम्पन्न अस्पतालमा पठाउने गरिन्छ । नजिकको अस्पतालमा पनि उपचार सम्भव नभएमा काठमाण्डौ ल्याउनुपरे पनि सम्पूर्ण खर्च सरकारले  गर्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट