Techie IT
  • २०८१ वैशाख २३, आइतबार

स्वास्थ्य बीमा गरेकाहरुलाई अस्पतालको बहिरङ्ग र इमर्जेन्सी सेवा टिकट शुल्क घट्यो


काठमाण्डौ : स्वास्थ्य बीमा गरेकाहरुलाई अस्पतालको बहिरङ्ग र इमर्जेन्सी सेवा टिकट शुल्क घटेको छ ।

बीमितको आर्थिक अवस्थालाई ध्यान दिँदै अस्पतालमा लाग्ने बहिरङ्ग र इमर्जेन्सी सेवाका लागि लाग्ने टिकट शुल्क घटाउने निर्णय भएको स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले बताएका छन् । उनका अनुसार बहिरङ्ग सेवा  ५० रुपैयाँ र इमर्जेन्सी सेवाबापतको शुल्क  १ सय रुपैयाँ कायम गर्ने निर्णय भएको हो ।

बहिरङ्ग सेवा र इमर्जेन्सी सेवामा घटाइएको शुल्क यही माघ ८ गतेदेखि लागू हुने उनले बताएका छन् । यसअघि बहिरङ्ग सेवा शुल्क १  सय र इमर्जेन्सी सेवा शुल्क ४ सय रुपैयाँ  थियो । स्वास्थ्य बीमा नवीकरण गरेका तर वर्षभरीमा कुनै पनि स्वास्थ्य बीमा सुविधा उपभोग नगरेका वीमितलाई नवीकरण गर्दा १० प्रतिशत रकम छुट गरिएको पनि उनले बताएका छन् ।

यस्तै, स्वास्थ्य बीमा कार्यक्रममा दर्ता भएपछि सेवा शुरु हुने समय ३ महिनाको रहेकामा त्यसलाई घटाएर २ महिना कायम गरिएको छ ।  # तस्बिर: सामािजक स‌‌ञ्जाल



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट