Techie IT
  • २०८१ वैशाख २३, आइतबार

शिवपुरीमा यात्रुवाहक गाडी दुर्घटना हुँदा १३ जना घाइते


नुवाकोट, ३ मंसिर । नुवाकोटको शिवपुरीमा आइतबार यात्रुवाहक गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। शिवपुरी गाउँपालिका ६  गुर्जेभन्ज्याङमा ना१ज ६३३१ नम्बरको सुमो दुर्घटना भएको हो।

काठमाडौंबाट यात्रु बोकेर नुवाकोटतर्फ आइरहेको सुमो दुर्घटनामा परि घाइते भएकाहरुमध्ये ६ जना गम्भीर रहेका छन्। सात जना उपचारपछि घर फर्किएका छन् । गम्भीर घाइते भएका ६ जनाको धापासिस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको नुवाकोट प्रहरीले जनाएको छ।

अन्यिन्त्रित भएर दुर्घटना भएको टाटासुमो सडकदेखि ५ सय मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालय नुवाकोटले सिन्धुपाल्चोकको चौतारा नगरपालिका १३ का ३३ वर्षीय चालक भीमबहादुर तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट