Techie IT
  • २०८१ वैशाख ६, बिहीबार

भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानको परिसरमा राखिँदै


काठमाडौं । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिने भएको छ । बिहान ९ बजेदेखि परिसरमा राख्ने र आजै अन्तिम संस्कार गर्ने तयारी छ ।

आचार्यको निधनप्रति सङ्गीतकर्मी, सर्वसाधारण तथा राजनीतिक दलका नेतालगायतले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । उहाँ १९९९ साल असोज १६ मा धनकुटामा जन्मिएका हुन् । आचार्यको परिवार धनकुटाबाट भारतको कालिम्पोङ डुम्सीपाडामा बसाइँ सरेको थियो ।

जम्मा १६ वर्ष मात्रै साङ्गीतिक जीवनमा सक्रिय भक्तराज आचार्यका झण्डै साढे चार सय गीत रेकर्ड भएका छन् । आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्नेलगायतका गीतमा उनको आवाज गुन्जिन्छ ।

‘भजन शिरोमणि’ उपाधि पाएका उनका भजनदेखि आधुनिक, गजल, राष्ट्रिय, बालगीतलगायत छन् । २०४६ साल मङ्सिरमा बौद्धको एक रेष्टुरेन्ट नजिक उनी आक्रमणमा परेका थिए ।

टाउकोमा गहिरो चोट लागेका उनको वीर अस्पतालमा उपचार गरिएको थियो । पछि २०४९ सालमा क्यान्सर देखियो । क्यान्सरका कारण उनको जिब्रो काट्नुपरेको थियो । त्यसपछि उनले गाउन र राम्रोसँग बोल्न सकेनन् । आचार्यको श्रीमती, दुई छोरा–बुहारी र दुई नाति छन् । दुई छोरा सत्यराज र स्वरूपराज पनि साङ्गीतिक क्षेत्रमै क्रियाशील छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट