Techie IT
  • २०८१ वैशाख २०, बिहीबार

नेपाल–अमेरिका गिद्धे सम्बन्ध


करिव ८० वर्ष अगाडिदेखि अमेरिकी साम्राज्यको आँखा नेपालमाथि परेको परै छ । दोस्रो विश्व युद्धको लगत्तै नेपाल र अमेरिकाको दौत्य सम्बन्ध कायम हुनु एउटा संयोग मात्र होइन । भारतमा वेलायती साम्राज्यको पतनपछि राणा शाषकहरुले बलियो साम्राज्यसंग सम्बन्ध स्थापित गर्न चाहेकोले, राणाहरुले आफ्नो सत्ता जोगाउन अमेरिकाको छत्रछाँया खोजेकोले दौत्यसम्बन्ध स्थापित भएको अनेकान तर्क आउने गर्छ । तर, यी तर्कनाहरुसंग अमेरिका नेपाल दौत्यसम्बन्धको कुनै अर्थ खुल्दैन । बरु अमेरिकाले धेरैवर्ष अगाडिदेखि दक्षिण एसियाको राजनैतिक आर्थिक पुनर्जागरण हुने सम्भावना देखेकोले नै अमेरिकाले यो क्षेत्रमा उतिबेलै आँखा गाडेको देखिन्छ । एसियाका उदयिमान र ठूलो जनसंख्या भएका भारत र चीनको बीचमा रहेको नेपाल भू–राजनीतिको दृष्टिले रणनैतिक महत्वको हुने भएकोले त्यतिखेरै दौत्यसम्बन्ध स्थापित भएकोमा दूईमत रहेन । यतिखेर चीनको द्रुत आर्थिक तथा सामारिक विकास, भारतको उच्च आर्थिक विकास हुनसक्ने सम्भावना त्यतिखेरै अमेरिकी प्रशासनले अन्दाज गरेर नै नेपालसंग दौत्यसम्बन्ध स्थापित गरेकोमा यतिखेर आएर प्रस्ट हुन्छ । अमेरिकाले हिन्द–प्रशान्त रणनीति अघि सारेपछि त दौत्य सम्बन्धको गुढ रहस्य खुल्छ ।
दोस्रो विश्व युद्धको पूर्ण समाप्ति भैसकेको थिएन अर्थात जापानको हिरोसिमा र नागासाकीमा एटम बम पड्किन बाँकी नै थियो । १२ अप्रिल १९४५ मा अमेरिकी राष्ट्रपति फ्रेन्कलिन डि रुजबेल्टको मृत्यु हुन्छ । उनको मृत्यु पछाडि उपराष्ट्रपति रहेका हेरी एस ट्रुमान कार्यवाहक राष्ट्रपति हुन्छन् । उनी कार्यवाहक भएपछि नै सन् १९४५ अगस्त ६ र ९ तारिखमा क्रमसः हिरोसिमा र नागासाकीमा एटमबम गिराएर अमेरिकाले जापानलाइ आत्मसमर्पण गर्न बाध्य बनाएको हो । यसरी अमेरिकाले ठूलो मानवता विरोधी आतंक गरेकोले उसको विश्वमै ठूलो आलोचना भयो । पुरै एसियामा अमेरिका युद्ध सरदारको रुपमा आलोचित बन्यो । यस्तो अवस्थामा उसलाइ एसियामा खुट्टा टेक्ने ठाउँ नभएको बेला सानो र तत्कालीन समयमा कुनै महत्व नभएको नेपालसंग दौत्य सम्बन्ध कायम गर्न इच्छुक भएको घटनाक्रमहरुले सिद्ध गर्दछ । सन् १९४८ ९विसं २००४० मा नेपालसंग दौत्य सम्बन्ध राख्नुको पछाडि अर्को पनि तथ्य छ । त्यो तथ्य भनेको बेलायती साम्राज्यको उपनिवेशको विरोधमा भारतीय जनता आन्दोलित थिए । त्यहि बेलायतसंग अमेरिकाको विश्व युद्धमा साँठगाँठ थियो । अर्को चीनमा चलिरहेको गृह युद्धमा ट्रुमान प्रशासनले कम्युनिष्ट विरोधी कित्ताका च्याङ काई सेकलाइ आर्थिक, भौतिक तथा सैनिक सहयोग गरिरहेका थिए । तर च्याङ काई सेकको पतन निश्चित हुँदै गएको थियो । यो कारणले पनि नेपालसंग दौत्य सम्बन्ध स्थापित गर्न अमेरिका बाध्य भएको थियो । तत्कालीन अमेरिकाकालागि नेपालका राजदूत केशरसम्सेर राणाले ओहोदाको प्रमाणपत्र बुझाउँदा ट्रुमानले बोलेको वाक्यले प्रस्ट पार्छ कि नेपालको भू–राजनीतिक अवस्थितिकै कारण उनले दौत्य सम्बन्ध स्थापित गरेका थिए । उनले त्यतिखेर भनेका थिए, ‘विश्व शान्ति र स्वतन्त्रताको सम्बद्र्धनको लागि नेपालको सहयोगको अपेक्षा गरेकोे छु ।’ यो यति खतरनाक पदावली बोल्नु पछिको रहस्य यतिखेर हिन्द–प्रशान्त रणनीतिमा आएर पटाक्षेप भएको छ ।

को हुन ट्रुमान ?
ट्रुमान अमेरिकी सेनाका अवकास प्राप्त अधिकृत हुन । रुजबेल्टको कार्यकालमा उनी उपराष्ट्रपति निर्वाचित भए । सिनेटर हुँदै उनको राजनैतिक यात्रा अमेरिकाको राष्ट्रपतिसम्म भएको थियो । दोस्रो विश्व युद्धमा रुजबेल्टको नाम आएपनि युद्धको कि मेकर ट्रुमान नै थिए । उनले कम्युनिष्ट विरोधी अन्तराष्ट्रवादको सिद्धान्त प्रतिपादन गरेका थिए । यहि सिद्धान्तमार्फत उनले ठूलो राजनैतिक आर्थिक सहयोग गर्दथे । कोरियाको विभाजन तथा हिन्दचीनमा कम्युनिष्ट विरोधी युद्ध सरदारको भूमिकामा ट्रुमान  थिए । अमेरिकी खुपीया एजेन्सी सिआइएका रचनाकार ट्रुमान  नाटोका रणनीतिकार पनि हुन । उनैको पालामा नेपालसंग दौत्य सम्बन्ध कायम गरिएको हो । उनी सन् १९५३ सम्म अमेरिकाको नेतृत्व गर्ने ३३ औं राष्ट्रपति हुन ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट