Techie IT
  • २०८१ वैशाख २०, बिहीबार

८ खर्बको जग्गा सरकारको नाममा फिर्ता आयो : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ८ खर्ब बराबरको जग्गा सरकारले फिर्ता ल्याएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द लिङ्गदेन नेतृत्वको प्रतिमण्डलसँगको भेटका क्रममा उनले ललिता निवास प्रकरणमा अनुसन्धान पूरा गरेर ८ खर्व बराबरको सरकारी जग्गा फिर्ता आएको बताएका हुन् ।

यसै क्रममा प्रचण्डले भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुन काण्डमा सरकार गम्भीर भएर छानविनमा लागेकोले सफलता मिलेको समेत बताएका थिए ।

प्रचण्डले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुन प्रकरणमा सरकारले गम्भीर कदम चालेका कारण नै अहिलेको फैसला सम्भव भएको हो । सरकारले अभियुक्तहरुलाई गिरफ्तार गरि अनुसन्धानको पक्रिया टुङ्ग्याएर फाईल अदालतमा पेश गरेको थियो, यसकै कारण अहिले अदालतले राम्रो फैसला गरेको छ । ललिता निवासको आठ खर्ब बराबरको जग्गा सरकारको नाममा फिर्ता आएको छ । ’  



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट