Techie IT
  • २०८१ वैशाख २१, शुक्रबार

राष्ट्रिय ज्येष्ठ नागरिक दिवस : देशभरका विद्यालयहरूमा ज्येष्ठ नागरिकसम्बन्धी विषय पढाउन निर्देशन


काठमाडौं । आज तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै छ । नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको दिनको अवसरमा ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो । राष्ट्रिय ज्येष्ठ नागरिक कोषको पहलमा २०७८ सालदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन शुरु गरिएको हो ।

विसं २०५१ साल पुस ११ गतेदेखि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरिएको हो । २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले ७५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई प्रतिमहिना १ सय रूपैयाँ सामाजिक सुरक्षा भत्ता दिन शुरू गरेको थियो ।

एक एकसय रुपैयाँबाट शुरु भएको मासिक भत्ता सरकारले अहिले ४ हजार रुपैयाँ पुर्याएको छ । यसैबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी पाठ पढाउन निर्देशन दिएको छ ।

मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई बालबालिकाहरूमा ज्येष्ठ नागरिकका बारेमा जानकारी गराउने उद्देश्यले सामाजिक अध्ययन विषयको एउटा कक्षामा ज्येष्ठ नागरिक सम्बन्धी पढाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो । दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ मन्त्रालयले पनि विभिन्न कार्यक्रमहरू आयोजना गर्दैछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट