Techie IT
  • २०८१ वैशाख २१, शुक्रबार

डा. गोविन्द केसीले आजदेखि सत्याग्रह गर्ने


डा. गोविन्द केसी । फाइल तस्बिर

काठमाडौं, २९ मंसिर । विभिन्न माग राख्दै गोविन्द केसीले सत्याग्रहको घोषणा गरेका छन्। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधारसहितका माग राख्दै आज बेलुकादेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेको जानकारी दिएका हुन् ।

उनले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउन माग गरेका छन्।

त्यस्तै सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउने चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने उनको माग छ ।  चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधारका लागि पटक पटक आन्दोलन गर्दा पनि इमान्दारीसाथ सम्झौताहरु कार्यान्वयन नभएकाले सत्याग्रह बस्नुपरेको उनले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट